Khaptad Malika News
संसदमा आज बजेटको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारी
Khaptad Malika News
सरकारले आजको संसद बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधबार नै बजेट अध्यादेश संसदमा पेश गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । आज पनि एमालेको अवरोध कायमै रहने संकेत देखिएको छ । तर अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरु हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरुको भनाइ छ । प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी भएपछि चालू बजेटको निकासा रोकिएको




