
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: देउडाकाे पहिचान बेग्लै छ।सुदूरकाे ढुकढुकी संग प्रत्यक्ष जाेडिएकाे संस्कृति हाे देउडा । जसले परम्परागत संस्कृतिकाे पहिचान झल्काएकाे छ।बाजुरा आफैमा संस्कृतिले भरिपूर्ण जिल्ला।दुर्गम तर संस्कृतिले चिनिएकाे क्षेत्र। पश्चिम नेपालका मेला,चाडपर्व,जात्रामा गाइने एक गीत देउडा ।

बाजुरा देउडा क्षेत्रबाटै चिनिएकाे छ । देउडाबाटै बाजुराका अन्य पुराना संस्कृति पनि जिवित छन्।प्रविधिकाे विकासले अन्य क्षेत्रमा विस्तारै देउडा लाेप हुने अवस्थामा छ । प्रविधिकाे प्रभावबाट बाजुरा पनि अछुत छैन्। देउडा भने जिवित छ। यहाँका कलाकर्मी र स्थानीयले देउडाकाे मर्म मर्न दिएका छैनन्।
बाजुराकाे देउडा क्षेत्रकाे पहिचानलाई उचाइमा पुर्याउन यहाँका देउडा कलाकारहरुकाे ठुलाे हात छ। जसका कारण यहाँकाे देउडा देश देखि विदेशसम्म झल्किएकाे छ । बाजुराकाे देउडा यहाँका नागरिककाे ढुकढुकी बनेकाे छ । कयौं देउडा कलाकार बाजुराले जन्माएकाे छ।
बाजुराकाे देउडा कलाकार भन्ने वितिक्कै सबैकाे मानसपटलमा छाउने नाम हाे,चर्चित लाेक तथा देउडा गायक प्रकाश थापा।देउडा तथा ठाडीभाका गितमा समधुर श्वर दिएर एकछत्र राज गर्न सफल थापा “काेकलकण्ठी श्वरका धनी” देउडा क्षेत्रका बादशाह उपनामले चिनिन्छन्।सुदूरपश्चिमका शान, देउडा क्षेत्रका हस्तीकाे रुपमा समेत गायक थापालाई लिन सकिन्छ।
उनै देउडा क्षेत्रका हस्ती गायक थापाकाे नयाँ देउडा गित “काँ झुल्की झुलुक्क”नामक बाेलकाे देउडा गित (भिडियाेसहित) सांगीतिक बजारमा आएकाे छ।गायक थापाकै शब्द संगीतमा रहेकाे उक्त गित विहिवार गायक थापाकाे अफिसियल युउटुब च्यानलबाट सार्वजनिक गरिएको हाे।गायक थापा र समधुर श्वरकी धनी देवी घर्ती मगरकाे समधुर आवाजमा गित सजिएकाे छ।
भिम थापाकाे निर्देशनमा बनेकाे गितमा राजेन्द्र बाजुरेलीले ऐरेञ्जर गरेका छन्। अमृत उपाध्यायले छायांकन गरेकाे गितमा सागर बाजुरेलीले गित रेकर्डिङमा सहयाेग गरेका छन्। मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा माेडल राज कुमार सिंह,बबिता सिंह ठकुरीले अभिनयकाे भुमिका निर्वाह गरेका छन् ।
गितमा परम्परागत कला,संस्कृति, भेषभुशा,चालचलन,
विभिन्न ठाउँका सुन्दर दृश्य,बाजुरेली देउडा संस्कृतिलाई झल्काईएकाे छ। साथै गितमा माया,ममता,प्रेमिल भावहरु समेटिएका छन्।गित सार्वजनिक पछि गायक थापाले खप्तड मालिका न्युजसंग कुराकानी गर्दै दर्शक श्राेताकाे अपार माया,साथ सहयोग पाउने अपेक्षा आफूले लिएको बताए।
‘माैलिक देउडा गितले देउडा संस्कृतिकाे जगेर्नामा ईटा थप्ने काम गर्ने छ।गितमा माैलिकपन,माया,प्रेम,परम्परागत कला,संस्कृति यथार्थ रुपमा झल्किने गरि प्रस्तुत गरिएको छ’,उनले भने,‘ देउडा सुदूरकाे शान र पहिचान हाे।देउडाकाे आत्मा मर्न दिनु हुन्न।मैले आफूले आफ्नो सिंगाे जीवन नै देउडा क्षेत्रमै व्यथित गरेकाे छु।देउडा हाम्रो ढुकढुकी हाे। ’
जिन्दगीका भाेगाई,थकान तथा सुख,दु:ख साटासाट गर्न देउडालाई प्रमुख माध्यमकाे रुपमा लिईन्छ। सुदूरकाे देउडा संस्कृतिकाे जगेर्ना तथा परम्परागत संस्कृतिलाई निरन्तरता दिन देउडा क्षेत्र अत्यन्तै महत्त्वपूर्ण रहेकाे बुढापाखाकाे भनाइ छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर