महेन्द्रनगर :- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । नाइस टेलिभिजको रिपोर्टर बताउने गोबिन्द बिसी र सन्तोष भट्टले महेन्द्रनगरको साई मोवाईल केयर ग्यालरीबाट नगद ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
महेन्द्रनगरको गल्ली नंम्बर ४ मा रहेको साई मोबाईल ग्यालरीमा बुधबार बेलुका ६ बजेको समयमा पसल दर्ता भए नभए विषयमा बार्गेनिङ्ग गर्दै २५ हजार रकम अशुली गरेका छन् । उनीहरुले मोवाईल ग्यालरीबाट दुई ओटा पावर बैंक समेत लगेको पसल संचालक अवदेश श्रीवास्तवले बताए ।
उनीहरुले बार्गेनिङ्ग सहित रकम लिएको सिसिटिभि क्यामेरामा कैद भएको छ ।
श्रीवास्तव भारतको बनवासा निवासी व्यपारी हुन । उनले कैलालीको सुख्खडबाट भागरथी धामीसंग विवाह गरेका छन । उनले श्रीमतीकै नामबाट महेन्द्रनगरको गल्ली नं.४ मा साई मोबाईल केयर दर्ता गरी सञ्चालन गर्दै आएका छन । दुई लाख दिन नसक्ने भएपछि दुई वटा पावर बैंक र २५ हजारमा बार्गेनिङ्ग भएको श्रीवास्तवले बताए ।
यता, जिल्ला प्रहरी कर्यालय कत्तचनपुरका डिएसपी शिद्धराज न्यौपानेले सोधपुछका लागि दुबै जनालाई ल्याईएको र उनीहरु आधिकारीक रुपमा पत्रकार हो होईन भनेर अनुसन्धान भईरहेको बताए ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर