धनगढी : विवादकै बीच डडेलधुराका स्थानीय तहमा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु गरिएको छ। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा अधिवेशन सुरु भएको हो।
निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटै वडामा अधिवेशनको प्रक्रिया अगाडि बढेको छ। ‘सबै वडामा अधिवेशन अगाडि बढेको छ, ५२ मध्ये आधा वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी आएको छ,’ बमले भने।
निर्वाचन समितिले अधिवेशन सुरु गरे पनि जिल्ला सभापति कर्णबहादुर मल्ल समूहले भने बहिस्कार गरेको छ। ‘सदूरपश्चिमका ९ जिल्लाबाट सुरक्षाकर्मी ल्याएर एक पक्षीय रुपमा अधिवेशन भइरहेको सुनेका छौँ,’ मल्लले भने, ‘केन्द्रबाटै वडा सभापतिका उम्मेदवार तय भएका छन्। त्यस्तो अधिवेशनमा हामी सहभागी हुँदैनौँ।’ प्रहरी लगाएर पार्टीको अधिवेशन गराउने गलत प्रयत्न भइरहेको उनले बताए।
यता देउवा निकट पक्षले भने झण्डै ४५ वडाका सभापतिले विज्ञप्ति जारी गरेरै अधिवेशनमा सहभागी जनाइसकेको दाबी गरेको छ। जिल्ला सभापतिका दाबेदार भीम बहादुर साउँदले शान्त वातावरणमा अधिवेशन भइरहेको दाबी गरे। ‘सबै भातृ तथा शुभेच्छुक संस्था र जनप्रतिनिधिको सहभागिता रहेको छ,’ उनले भने, ‘विभिन्न वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ।’
क्रियाशील सदस्यता विवादले वडा अधिवेशन अनिश्चित बनिरहेको डडेल्धुरामा नेपाली कांग्रेसको विवाद थप चर्किँदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्ष र जिल्ला सभापति कर्ण मल्ल पक्षले आ–आफ्नै अडान राख्न थालेपछि जिल्लामा विवाद पेचिलो बनेको हो।
जिल्ला कार्यसमितिले क्रियाशीलका लागि ५ हजार ८ सय ४ जनाको नामावली पठाएकोमा छानबिन समितिले ४ सय ४४ जनाको नाम हटाइदिएको छ। तर, आफू अनुकूलका ३ सय १२ जना थपिएको हुँदा विवादको अवस्था बनेको जिल्ला सभापति मल्लले बताएका छन्। तर जिल्लामा देउवा निकट पक्षले भने कर्ण मल्लले केन्द्रमा नाम पठाउँदा नै अन्याय गरेको बताएका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर