सरकारले आजको संसद बैठकमा चालु वर्षको बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने तयारी गरेको छ । अस्ति बुधबार नै बजेट अध्यादेश संसदमा पेश गर्ने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हुन सकेको थिएन । आज पनि एमालेको अवरोध कायमै रहने संकेत देखिएको छ ।
तर अस्ति एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस भएको थियो । यसअघिको सरकारले जेठ १५ मा अध्यादेशमार्फत ल्याएको बजेटका विवादित र अपरिपक्व घोषणाहरु हटाएर न्यूनतम साझा कार्यक्रमअनुसार प्रतिस्थापन विधेयक ल्याइने नेताहरुको भनाइ छ ।
प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी भएपछि चालू बजेटको निकासा रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले हिजो पत्राचार गर्दै अनिवार्य दायित्वबाहेकका खर्च र निकासा रोकेको हो । प्रतिस्थापन विधेयक ल्याउन अहिलेको अध्यादेश स्वीकृत हुनुपर्छ । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ । संसदमा बजेट अध्यादेश दर्ता भएको ६० दिन पुग्न अब एक हप्ता मात्रै बाँकी छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर