Khaptad Malika News
निर्वाचन कार्यालयमा किन उपस्थित भएनन् मन्त्री सोडारी र सांसद तामाङ
Khaptad Malika News
धनगढी : सुदूरपश्चिम प्रदेशका १० प्रदेश सांसद नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालयमा पुगेका छन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरु निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गर्न थालेका हुन्। आजै सनाखतको तयारीमा रहेका भौतिक पूर्वाधकार विकासमन्त्री दीर्घबहादुर सोडारी र प्रदेश सांसद तारा लामा तामाङ भने निर्वाचन कार्यालयमा उपस्थित भएनन्। मन्त्री सोडारीले आफूसहितका ३/४ जना सांसदले भोलि सनाखत गर्ने बताए। ‘अन्य सांसदसंग पनि छलफल जारी रहेकोले हामीलाई ढिलाई भएको हो, हामी भोलि गर्छाै,’ उनले




