Khaptad Malika News
बुढिगंगामा भालुको आक्रमण बाट एक युवती गम्भिर घाइते
Khaptad Malika News
निराजन सिहं: बाजुराकाे बुढिगंगा नगरपालिका वडा.न.९ बिर्खम डाडाको जङ्लमा भालुको आक्रमणबाट एक युवती गम्भीर घाइते भएकी छन् । बिहिबार दिउसाे ४ बजेतिर भालुको आक्रमण बाट जुवापानी गाउँकी २१ बर्षीया काैसीला नेपाली घाइते भएकी स्थानियले बताएका छन । दिउसाे गाेठालाे जाने क्रममा नेपालीलाई भालुले आक्रमण गरेको स्थानिय बताएकाे छन । घाइते महिलाको बयालपाटा अस्पतालमा उपचारका लागि लगिदै गरेकाे आफन्तले बताएका छन । घाईते महिलाको टाउको,मुख र घाटीमा गम्भिर चाेट लागेको छ । घाइतेकाे आर्थिक अवस्था भने कमजाेर रहेकाे छ ।
क्रियाशिल सदस्यको नामावली नआउँदा वडा अधिवेशन स्थगित
Khaptad Malika News
जय बहादुर रावत/ बाजुरा : नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा सातौं जिल्ला अधिवेशनको तयारी भइरहेका बेला केन्द्रीय समितिले बाजुराका क्रियासशिल सदस्यहरुको नामावली नदिदा नगर तथा गाउँपालिकाका ६९ वडाको अधिवेशन स्थगित भएको छ । बिहीबार नेपाली काँग्रेस बाजुराले एक सूचना जारी गर्दै केन्द्रीय समितिले क्रियाशिल सदस्यहरुको नामावली पार्टीको बेवसाइडमा नराखेको र जिल्लाकोअधिवेशनका लागि खटाइएका निर्वाचन अधिकृतलाई समेत नबुझाइएकाले शुक्रबारबाट सुरु हुने वडा अधिवेशन स्थगित गरिएको पाटी सचिव तथा अधिवेशन तयारी उप समितिका संयोजक रनसिंह अयडीले जानकारी दिएका छन् । पाटी सभापति कविराज पण्डित रसचिव रनसिंह अयडीद्धारा हस्ताक्षरिक सूचनामा पाटीले क्रियाशिल




