मंगलबार । ईश्वी सन् २०२१ अगष्ट ३१ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– नवमी, रातको ०२ बजेर १५ मिनेट उप्रान्त दशमी । नक्षत्र– रोहिणी, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त मृगशिरा । योग– हर्षण, बिहान ०९ बजेर ३२ मिनेट उप्रान्त बज्र । करण– तैतिल, दिउसो ०१ बजेर १६ मिनेट उप्रान्त गर, रातको ०२ बजेर १५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मातंग योग ।
चन्द्रराशि–वृष,बेलुकी १० बजेर ३२ मिनेट उप्रान्त मिथुन । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ४४ पला ।
मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला कामहरू बिग्रने तथा मनमुटाब पैदा हुनसक्छ । समय मध्यम रहेकोले परिबन्धमा परिने तथा झगडा हुने अधिक सम्भावना रहेको छ ।
वृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढ्नमा ध्यान जाने छैन भने विभिन्न अवसर आए पनि निर्णय क्षमताको अभावले अरूभन्दा पछि परिनेछ ।
मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ ।
कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ ।
सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । नयाँ काम पाउने तथा नोकरीका बढोत्तरीको गतिलो योग रहेको छ ।
कन्या ,पा,पी,पू,ष,ण,ठ,पे,पो समुदायको हक हितको निम्ति काम गर्ने अवसर आए पनि असजिला परिस्थितिहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजाँदा सफलता हात पार्न मुस्किल रहेको छ ।
तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते आउने ठाउँबाट रुपैयाँ पैसा नआउनाले बनाएका योजनाहरू थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरू हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ ।
वृश्चिक९तो,ना,नी,नू,ने,नो,या,यी,यू दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साइड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् ।
मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी खानपानमा विशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउन सक्छ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाब सिर्जन हुने योग रहेको छ ।
कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा घरजग्गा तथा सवारी साधनको व्यापार व्यवसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ ।
मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मनजाने हुनाले अरूलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर