• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कांग्रेसमा कसरी बन्छ प्रदेश कार्यसमिति, कुन(कुन पदमा हुन्छ चुनाव

खप्तड मालिका न्युज August 31, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपाली कांग्रेसले पहिलोपटक प्रदेश कार्यसमिति गठन गर्ने भएको छ। देश संघीय संरचनामा गएपछि कांग्रेसले बनाएको विधानले सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति रहने व्यवस्था गरेको छ।
कांग्रेसले कात्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ।
विधानअनुसार कांग्रेसको प्रदेश कार्यसमितिमा एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, तीन जना सहमहामन्त्री र एक जना कोषाध्यक्षसहित सदस्यहरू रहन्छन्।
प्रदेश कार्यसमिति सभापति हुन कम्तिमा १५ वर्ष क्रियाशील सदस्य भएको व्यक्ति योग्य हुने विधानमा उल्लेख छ। प्रदेश अधिवेशन प्रतिनिधि मध्येबाट निर्वाचित भएको एक जना सभापति प्रदेश कार्यसमितिमा हुनेछ।
सभापति पदमा दुई जनाभन्दा धेरै उम्मेदवार भएमा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने विजयी हुनेछ। यदी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसके धेरै मत ल्याएका दुई उम्मेदवारबीच फेरि निर्वाचन हुनेछ र धेरै मत ल्याउने विजयी हुनेछ। तर दुई जना मात्रै उम्मेदवार भए पहिलोपटकमै जसले धेरै मत ल्याउँछ त्यही उम्मेदवार सभापति पदमा विजयी हुने विधानको व्यवस्था छ।
प्रदेशमा कांग्रेसका दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन जना सहमहामन्त्री निर्वाचनबाट नै चुनिनेछन्। प्रदेशमा पनि केन्द्रकैजस्तै कोषाध्यक्ष पद मात्रै मनोनित राखिएको छ।

कोषाध्यक्ष पनि निर्वाचित सदस्यमध्येबाट प्रदेश सभापतिले प्रस्ताव गरी निर्वाचित प्रदेश कार्यसमिति बैठकबाट निर्णयरअनुमोदन भएको व्यक्ति हुनुपर्नेछ।
प्रदेश कार्यसमिति सदस्यमा सम्बन्धित प्रदेश भित्रका प्रत्येक जिल्लाबाट एक महिलासहित दुई जना प्रत्यक्ष निर्वाचित सदस्य पनि हुनेछन्।
सभापतिले प्रदेश सभाका कूल सदस्यमध्ये २० प्रतिशत सदस्य मनोनित गर्न पाउँछन् जुन समावेशी हुनुपर्नेछ। प्रदेश सभामा अल्पसंख्यक, अपांगता भएका क्षेत्रबाट कम्तिमा एक जना निर्वाचित सदस्य हुनेछन्।
यस्तै प्रदेश कार्यसमितिमा प्रत्येक समावेशी समूहबाट कम्तिमा एक महिला र एक पुरूष सदस्य हुनुपर्ने विधानको व्यवस्था छ।
यस्तै प्रदेश कार्यसमितिमा प्रदेश सभा निर्वाचन क्षेत्रको कुल संख्यामा एक तिहाइ संख्या प्रत्यक्ष निर्वाचित गरेको सदस्य हुनुपर्नेछ। समानुपातिक आधारमा निर्वाचित गरिएका सदस्य पनि हुनेछन्।
प्रदेश कार्यसमितिको बैठकमा सम्बन्धित प्रदेशभित्र रहेका कांग्रेसका जिल्ला सभापतिहरूलाई अनिवार्य आमन्त्रण गर्ने विधानको व्यवस्था छ।
प्रदेश कार्यसमितिमा को हुन् मतदाता
प्रदेश अधिवेशनका लागि ती सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन सदस्य, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक सय ६५ बाट केन्द्रीय महाधिवेशनका लागि निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य, सम्बन्धित प्रदेश भित्रका निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री, केन्द्रीय कार्यसमितिका सदस्य एक अवधिका लागि प्रदेश अधिवेशन सदस्य हुन पाउँछन् भन्ने विधानमा उल्लेख छ।
यस्तै प्रदेशभित्रका जिल्ला कार्यसमितिका सभापतिहरू, प्रदेशका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि मतदाता हुन्। तर भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखलाई मतदानको अधिकार भए पनि उनीहरू प्रदेश कार्यसमितिका कुनै पनि पदमा उम्मेदवार हुन भने रोक लगाइएको छ।
यो समाचार आजको सेतोपाटी मा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑