• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 10, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

जाने होइन त बडिमालिका मन्दिर !

खप्तड मालिका न्युज August 31, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ । सुदूरपश्चिमकै महत्वपूर्ण र प्रमुख धार्मिक पर्यटकीय स्थल हो बडिमालिका । बाजुरा जिल्लामा पर्ने यो सुन्दर ठाउँ समुद्र सतहदेखि ४,२०० मिटर उचाइमा पर्छ। बडिमालिका धार्मिक मात्र नभएर पर्यटकिय हिसावले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन् ।
विभिन्न फूलहरु, अच्चमका रुखविरुवा, ढुंडा, पुराना गोठहरु, चट्टान, ठूला मैदान, दलदले जमिन वा सिमसार क्षेत्र, त्रिवेणी नदी, खेतीवेती, कर्णाली नदी, सान्नी रास्कोट, त्रिवेणीबाट तेस्रो तप्पड कटेपछि नौमाने डाँडा, लौरिविनायक जहाँ यात्राका वेलाको लठ्ठी चढाउने गरिन्छ, जोगी पहिरो, जोगीढुंगाबाट, बासुधारा अर्थात सहस्रधारा, बडिमालिका मन्दिर । मन्दिर पछाडिबाट देखिने दृश्य । धर्मद्धार, धवलपुरी दह र नाटेश्वरी मन्दिर समग्रमा बडिमालिकामा देखिने अलौकिक दृष्यहरु हुन् ।
बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरु हुन् । तर अचेल यी फाँटहरु बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ ।
बडिमालीकाको सौन्दर्य नियाल्न त्यति सजिलो छैन। धनगढीबाट डडेल्धुरा, डोटी अछाम हुँदै बाजुराको मार्तडीबाट त्रिवेणी पुगिन्छ। उचाइ निक्कै भएकाले त्यहाँ पुग्न सजिलो छैन।

सरकारी पूजा

यो मन्दिरमा सरकारका तर्फबाट एक जना पूजारी बनाजाने होइन त बडिमालिका मन्दिर !
इएका छन् । हाल कालिकोट जिल्ला फुकोट गा.वि.स.का श्री शिवराज उपाध्याय तथा उनका भाईहरू, छोराहरू कुनै एकले सरकारी पूजा गराउछन् । डोटी, अछाम, बाजुरा, कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देविको सरकारी पूजा सम्पन्न हुन्छ।

  1. बडिमालिकाको किंवदन्ती

पौराणिक कथाअनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्ष प्रजापतीको यज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनुको कारण सोधिन् ।

दक्ष प्रजापतीले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा बास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरिरभरी खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञमा बस्दा शोभा नहुने भएकालेले नबोलाएको भनि उत्तर दिए । आफ्ना पतिको यस्तो अपमान सहन नसकेर सतिदेविले यज्ञकुण्डको अग्नीमा हाम फालेर प्राण त्याग गरिन् । त्यसपछी महादेव रिसाएर विरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञ तहस नहस पार्न लगाए । त्यसपछी महादेव पत्नी वियोगमा पागल भएर सतिदेवीको मृत शरिर बोकेर पुरा विश्व घुम्न थाले । यसै बेला भगवान बिष्णुले आफ्नो चक्र सुदर्शण प्रहार गरी किरा पारेर सतिदेविको मृत शरिर कुहाए ।
यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थाले । यसरी ठाउँ ठाउँमा सतिका अङ्गहरू पतन हुँदै (झर्दै) खस्न थालेपछी जहाँ जहाँ सतिका अङ्ग पतन भए त्यहाँ त्यहाँ एक एकवटा सिद्ध पिठ बन्दै गए । यसै क्रममा मल्लागिरी प्रर्वतमा सतिको बायाँ कुम पतन भयो । त्यसै मल्लागीरीलाई अहिले मालिका भनिन थालियो । र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । तसर्थ यस स्थानमा बडिमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो ।
भनिन्छ प्राचिन कालमा भगवतिले महिषासुर नामको दैत्यको बध गरी सकेपछि कालिकोटको “द्वारेढुंगा” भन्ने ठाउँमा विश्राम गरेकी थिईन् । पछि गएर द्वारेढुंगामा एक जना दाउरा खोज्न गएको दलित भोकले व्याकुल भई देविसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो । देविले त्यो दलितको मनोरथ पुरा गरी दिइन् दलितले पुरै बहरलाई एक्लै खान न सकिने भएकाले उसले आफ्नो घरका मान्छेलाई बोलाएछ । उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन् । तब त्यो दलितलाई रिस उठ्यो उसले भगवतीलाई भन्यो हे१ प्रमेश्वरी मेरा घरका सबै मान्छे मरुन् । देविले पनि इछ्छा अनुसार वरदान दिईन् । त्यसपछी बहरको मासु लिएर दलित घर गएछ । घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो ।

फेरी दलित रिसायर द्वारेढुंगा पुग्यो । देवि उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन् । दलितले बहरको फिलाले देविको घरमा हानेको छाप अँझै द्वारे ढुङ्गामा देखिन्छ । यसो भएका कारण देवि हमेशाकालागी त्यो ठाउँ छोडेर त्रिवेणि, पंचपुरी पाटन, मल्ल पुरी पाटन हुँदै बडिमालिकामा गएर बसिन् । त्यसैले दलितहरू बडिमालिका जाँदैनन् । अन्य भक्तजनहरू जो बाटो देवि गएकी हुन् त्यही बाटो भएर जान्छन् ।

 

कसरी पुग्ने ?

बाटोमा खाना खाने र बास बस्ने ठाउँ सर्वसुलभ छैन।

बडिमालिका दर्शन गर्न चाहनेले आफूलाई चाहिने सबै सामानको जोहो आफैंले गर्नुपर्छ। पछिल्लो समय कतैकतै अस्थायी पसल खुल्न थालेका छन्।

गाडीबाट बडीमालिका जान धनगढी वा नेपालगन्जबाट अछामको साँफेबगर पुग्नुपर्छ । त्यहाँबाट ब्रह्मतोलाको शेराबजारसम्म गाडीको सुविधा छ । बर्खायाममा भने सम्भव छैन । साँफेबगरबाटै हिँड्नुको विकल्प छैन । हवाईमार्गको प्रयोग गर्ने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट एक दिनको बाटो हिँडेर सदरमुकाम मार्तडी पुगिन्छ । सुदुर पश्चिमका पयर्टकीय स्थानहरूमा अति महत्त्वपूर्ण स्थलको रूपमा चिनिने बडिमालिका धार्मीक तथा ऐतिहासिक दृष्टीले महत्त्वपुर्ण मानिन्छ । मन्दिरमा पुग्न बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट पैदल हिंडेर जाँदा २–३ दिनमा पुग्न सकिन्छ ।

तस्बिर : गायिका रेखा जोशी

सम्बन्धित पोस्ट
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय
  • वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित
  • १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    समाचार

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय

    वडास्तरीय उत्कृष्टताः दुई जना पत्रकार सहित ४ जना सम्मानित

    १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

    रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑