
बाजुरा : नेपालको पुर्ब झापाकी एक युवती अन्जली तामाङ बाजुरामा आएर अलपत्र अबस्थामा परेकी छन । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालीका वडा न १ साप्पाटा घर भएका रतन महताराले तामाङलाई बिबाह गर्ने भनेर बाजुरा ल्याइ अलपत्र अबस्थामा छोडेर भागेका छन । गत बर्षको माघ महिनामा बिबाह गर्छु भनेर काठमाण्डौबाट बाजुरा ल्याएको र यहि साउन महिनादेखी महतरा फरार भई घरको मान्छेले घरमा बस्न नदिएको अन्जली तामाङले बताईन ।
झापा जिल्ला बुटाबारी नगरपालीका वडा न. ७ खुवबारी माईतिघर भएकी अन्जली तामाङलाई बिबाह गर्ने ति युवकले घरमा ल्याएर केहि दिन घरमै बसाले एकदिन गाउपालीकामा बैठक छ भन्दै उनलाई जुकोटमा लिएर छोडेर महतरा फरार भएको उनले बताईन ।
अलपत्र अबस्थामा नेकपा का नेता भुपेन्द्र बिकले फेला पारेर केही महिना आफ्नो संरक्षणमा राखेको बिकले बताए । समाजमा हरेकले हरेक कुरा गर्न थालेपछि आफु पनि समस्या पर्ने भएकोले उनले बडिमालिका खवरको सम्र्पकमा ल्याइदिए । आफ्नो सामान्य स्वास्थ्य अवस्था पनि कमजोर भई औषधी खान नपाएको पनि महिनौ पुगिसकेको बताइन । तत्काल उनलाई धनगडी सम्म पुर्याउदा पनि औषधी नपाईएको बिकले बताएका छन । तामाङ भन्छीन स्वास्थ्य उपचारको लागि काठ्मान्डौँ गएर आफुलाई काम खोजेर आफ्नो स्वास्थ्य उपचार गर्थे काठमाण्डौ सम्म जानका लागि ब्यबस्थापन गर्न इन्सेक बाजुरालाई आग्रह समेत गरेकी छन ।
नेकपाका नेता भोबिन्द्र बिकले तामाङलाई बडिमालिका खवरको सम्र्पकमा जुकोटबाट पठाइदिएका छन । जिल्ला स्थित मानव अधिकार रक्षक संजाल र बडिमालिका खवरको टिमले उनलाई सेभ हाउसको जिम्मा लगाएको छ । उनि उसै पनि अलपत्र अबस्थामा रहेकीले काठमाण्डौ पनि कसको जिम्मा लगाउने मानव अधिकार रक्षक संजालका अध्यक्ष निमेन्द्र शाहीले बताए । मानव अधिकारका दृष्टीकोणमा यहाबाट पठाउन मात्रै ठुृलो कुरा नभएको र उनलाई काठमाण्डौमा उपचार र संरक्षण गर्ने मान्छे अथवा सहयोगी निकायको आबस्यकता रहेको इन्सेक बाजुराका बाजुरा प्रतिनिधी पदम सिहंले बताएका छन ।
तामाङका बुबालाई जनयुद्धका बेला नेपाली सेनाले गोली हानेर मारिदिएकोले आफु टुहरी रहेको बताइन । उनकि आमा आफुलाई जन्म दिएर सुत्केरी अबस्थामै मृत्यु भएको र झापाको कुनै पनि आफन्तहरु नचिनेको उनले बडिमालिका खवरलाई बताएकी छन । आफु ७ बर्षको उमेरमा उनको बुवाको मृत्यु भएकोले साहारा बिहिन बनेर सडकमा मागेर पेट पाल्ने र सडकमै सुत्ने गर्थे उनले भनिन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर