
बाजुरा: बाजुराकाे धार्मिक आस्थाकाे धराेहर भू-स्वर्ग बडीमालिका जाने क्रममा एक जना तर्थयात्रीकाे मृत्यु भएको छ।भैरहवा स्थायी घर भएका हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५६ बर्षिय विश्वराज पन्थीकाे मृत्यु भएको हाे।

मृतक पन्थी सहित ३ जनाको टोली बडिमालिका दर्शनको लागी जाने क्रममा बडिमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासी बेहोस भएका थिए।
बेहाेस भएका उनलाई साेही टाेलीले उद्धार गरी जिल्ला अस्पताल पुर्याए पनि डाक्टरले मृत्यु घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए ।
उनले दिएकाे जानकारी अनुसार,मृतक पन्थीकाे शव अहिले जिल्ला अस्पताल मार्तडी राखिएकाे बताए।आज आफन्त पुगिसकेपछि लासकाे पाेस्टमार्टम गरेर जिम्मा लगाईने जानकारी दिए।
मृतक पन्थी संगै अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं. ७ घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा समूह उप-सचिव ३४ बर्षिय शिवहरी न्यौपाने,शाखा अधिकृत बर्ष ३२ का जीवन घिमिरे र लेखापाल बर्ष ३५ का उमेश शर्मा बडीमालिका दर्शनकाे लागी हिडेका थिए।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर