• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

खप्तड मालिका न्युज May 13, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराबाट माध्यामिक शिक्षा परीक्षा एसइईमा ६१ दशमलव ९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन्। (एसइई) २०८२ मा बाजुराको समग्र ग्रेडेड प्रतिशत ६१.९ पुगेको हो।

शिक्षा विकास तथा समन्वय इकाई बाजुराले सार्वजनिक गरेको विवरण अनुसार,जिल्लाभरबाट परीक्षामा सहभागी २ हजार १ सय २६ विद्यार्थीमध्ये १ हजार ३ सय १६ जना ग्रेडेड भएका छन्। भने ८ सय १० विद्यार्थी ननग्रेडमा परेका हुन्।

परीक्षामा साधारण धारतर्फ एक हजार २५१ र प्राविधिक धारतर्फबाट ६५ जना विद्यार्थी उत्तीर्ण भएका छन्।भने
साधारणबाट ७६९ र प्राविधिकबाट ४१ गरी ८१० जना नन ग्रेडमा परेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ।

यस वर्ष जिल्लाका ६८ विद्यालयका विद्यार्थीहरुको परीक्षामा सहभागीता रहेको थियो।सामुदायिक विद्यालय तर्फ २ हजार २० विद्यार्थी सहभागी भएकोमा १ हजार २ सय ५१ जना ग्रेडेड भएका हुन्।संस्थागततर्फ १ सय ६ विद्यार्थीमध्ये ६५ जना ग्रेडेड भएका हुन्।

४ जीपीए ल्याउने शून्य

जिल्लामा यस बर्ष ४ जीपीए ल्याउने विद्यार्थी शून्य छन्। सार्वजनिक नतिजा अनुसार बाजुराबाट ४ जीपीए ल्याउने विद्यार्थी एक जना पनि छैनन्।सबैभन्दा बढी विद्यार्थी २.८ देखि ३.२ जीपीए समूहका छन्। उक्त समूहमा ६१५ विद्यार्थी रहेका छन्।

यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने २३७ जना तथा ३.६ देखि ४.० जीपीए ल्याउने २९ जना विद्यार्थी रहेका छन्। त्यसैगरी २.४ देखि २.८ जीपीए ल्याउने ३८९ विद्यार्थी रहेका छन्। भने २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थी संख्या ४६ रहेको छ।

१.६ देखि २.० जीपीए समूहमा भने कुनै पनि विद्यार्थी परेका छैनन्। यो बर्ष क्रेटर जोन एकेडेमीमा अध्ययनरत पूजा कार्की जिल्लामै प्रथम भएकी हुन्। उनले सर्वाधिक ३.९१ प्रतिशत जिपीए ल्याएकी छिन्।

बाजुरामा २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए ।त्यस्तै २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए।विगत दुई बर्षको नतिजा हेर्दा यो बर्ष सुधारोन्मुख देखिएको हो।

सम्बन्धित पोस्ट
  • कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    समाचार

    कसैको बैशागी टेक्दैनौँ,रास्वपा देश बनाउन आएको हो,मालिक र हिरो बन्न होईन्ः गिरी

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑