• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 07, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

खप्तड मालिका न्युज May 13, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ।बडिमालिका नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा उक्त कार्यक्रम गरिएको हाे।

‘स्वदेशमा नै रोजगारी गरौं,वैदेशिक रोजगारमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’भन्ने नारासहित ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम’अन्तर्गत सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सञ्चारकर्मीसँग १ दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको हाे।

बढ्दो युवापलायन,वैदेशिक रोजगारका जोखिम र स्थानीय अवसर सिर्जनालाई ध्यानमा राखेर कार्यक्रमकाे आयोजना गरिएको थियाे।कार्यक्रममा बढ्दाे युवा पलायन,वैदेशिक रोजगारको अवस्था, प्रभाव,जोखिम,र स्वदेशमै रोजगारी सिर्जनाबारे छलफल गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि एंव् नगर प्रमुख अमर बहादुर खड्काले बढ्दाे युवा विदेश पलायनलाई राेक्न स्वदेशमै राेजागारीका अवसर सिर्जना गर्नुपर्नेमा जाेड दिए। उनले पछिल्लो समय स्वदेशमा राेजगारीका अवसर नहुँदा अधिकांश युवा युवती विदेशीनु परेकाे बताएका हुन्।

नगरपालिकाका अधिकांश युवाहरु विदेशिनु परेकाे उल्लेख गर्दै पालिकाले बढ्दाे आप्रवासी दर न्युनिकरण गर्न स्थानीय स्तरमै स्वराेजगारका कार्यक्रम सञ्चालन गरिरहेकाे बताए।साथै उनले युवाहरुलाई गाउँमै स्वराेजगार र आत्मनिर्भर बनाउने वातावरण तयार गर्न नगर सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

‘वैदेशिक रोजगारका लागी सही सूचना र सीपका साथै विश्वासिला कम्पनीबाट राेजगारमा जाँदा दिर्घकालीन फाईदा हुने गर्छ।’उनले भने,‘गाउँमै आत्मनिर्भर हुन र वैदेशिक दरमा कमी ल्याउन युवा रोजगारका लागी बिभिन्न कार्यक्रम सञ्चालन गरेकाे छ।तर कार्यक्रम सञ्चालनबाट साेचे जस्तो उपलब्धी भने हुन सकेकाे छैन्।’

कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापाले राेजगारमा जाँदा कानुनी प्रावधानहरुकाे पालन गरेर जानू पर्ने बताएकी थिईन्। उनले कानुनी प्रावधान पालना नगरि विदेश जाँदा अनेकौं झन्झट र समस्या आइपर्ने हुँदा कानुनी प्रावधानकाे पालन अनिवार्य रहेकाे बताईन्।साथै उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगारका लागी सबै पक्ष जिम्मेवार हुनुपर्ने जाेड दिएकी थिईन्।

कार्यक्रममा आप्रवासन सेवा केन्द्र परामर्शकर्ता प्रकाश खड्काले सुरक्षित वैदेशिक राेजगार सम्बन्धी राेजगारीमा जाँदा अपनाउनु पर्ने कुरा,सुरक्षित आप्रवासन,वैदेशिक राेजगारीका फाइदा,वेफाईदा,समस्या,उपलब्धी चुनाैती,र ठगीबाट बच्ने उपाय लगायतका बारे परामर्श गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितले सत्य,तथ्य सूचनामा आधारित रहि वैदेशिक राेजगारका विषयमा सञ्चारकर्मी महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।उनले पत्रकार परिवर्तनकाे संम्वाहक भएकोले सहि सूचना प्रवाह गरि यस्ता खाले घटनाकाे न्युनिकरणमा लाग्नुपर्नेमा जाेड दिए।

त्यस्तै पत्रकार लक्ष्मीराज पाध्यायले वैदेशिक राेजगार सम्भावना र समाधान,प्रभाव,स्थानीय तहकाे भूमिका,उपलब्धी,अपनाउनु पर्ने विधिका साथै बढ्दाे वैदेशिक राेजगार न्युनिकरणमा सञ्चारकर्मीकाे महत्त्वपूर्ण भुमिकाका बिषयमा जानकारी गराएका थिए।कार्यक्रमा सहभागीहरुले वैदेशिक राेजगार न्युनिकरणकाे लागी स्वदेशमै राेजगारीका अवसरमा सिर्जना जाेड दिन आवश्यक रहेकाे बताएका थिए।

खुला सिमानाका कारण भारतमा श्रम गर्न जाने नेपाली श्रमिककाे संख्या उच्च हुने गरेकाे नगरपालिका रोजगार सेवा केन्द्र प्रमुख प्रमिला थापाले बताईन्।बडीमालिका नगरपालिकामा आप्रवासी स्रोत केन्द्र (सामी) परियोजना लागु भईरहेकाे हुँदा बैदेशिक राेजगारमा जाने नागरिकलाई केही सहजता मिल्दै आएकाे उनले बताएकी हुन्।

प्रमुख प्रशासकीय अधिकृत लाेकराज जाेशीकाे अध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख अमर खड्का प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा उपप्रमुख नन्दा थापा,विभिन्न शाखाका कर्मचारी,वडाअध्यक्ष,लगायत पत्रकारकाे सहभागीता रहेकाे थियाे। कार्यक्रमकाे सञ्चालन राेजगार सेवा केन्द्र प्रमुख प्रमिला थापाले गरेकी थिईन्।

विश्व आप्रवासन प्रतिवेदन,२०२४ अनुसार,आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड छ ।विश्वमा आप्रवासी श्रमिक ५२ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला छन् । ७४ प्रतिशत आप्रवासी श्रमिक २० देखि ६४ वर्ष उमेर समूहका रहेको अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) को प्रतिवेदनमा छ । नेपालबाट वार्षिक रूपमा करिब १० लाख नेपाली विभिन्न देश रोजगारीका लागि जाने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

सम्बन्धित पोस्ट
  • खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा
  • नेपालमा मनसुन आउन एक साता लाग्ने
  • प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का
  • बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    समाचार

    खुकुरीसहित चार जना प्रहरीको नियन्त्रणमा

    नेपालमा मनसुन आउन एक साता लाग्ने

    प्रविधिमैत्री समाज निर्माण,आजकाे आवश्यकता: नगर प्रमुख खड्का

    बाजुरामा वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी बढ्दै

    दलित पत्रकार सङ्घको अध्यक्षमा गोपाल बराइली निर्वाचित

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑