• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 15, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

खप्तड मालिका न्युज May 14, 2026 मा प्रकाशित (२२ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरा जिल्लामा ‘स्थानीय नेतृत्वमा आधारित डिजिटल रुपान्तरणका लागी राष्ट्रिय मञ्च’ ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन २०२६ सञ्चालन हुने भएको छ।

जिल्लाका चार स्थानीय तह बडीमालिका बुढीगंगा,बुढीनन्दा र त्रिवेणी नगरपालिकाकाे संयुक्त नेतृत्वमा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन २०२६ काे आयोजना गरिने भएको हाे।आगामी असार १३ र १४ गते हुने शिखर सम्मेलनमा अन्तिम तहका समुदायका वास्तविकता,प्रदेश प्रणाली, राष्ट्रिय नीति,साझेदारी र लगानीलाई जाेड्ने अपेक्षा लगिएकाे छ।

बाजुराबाट सुरु भई सदूरपश्चिम प्रदेशकाे धनगढी हुँदै संघीय राजधानी काठमाडौंसम्म सम्मेलन सञ्चालन हुने छ विहिवार सदरमुकाम मार्तडी,बडीमालिका नगरपालिकामा पत्रकार सम्मेलनकाे आयोजना गरि शिखर सम्मेलनकाे बिषयमा जानकारी गराईएकाे हाे।जिल्लामा सम्मेलनकाे समन्वय बडीमालिकाका नगर प्रमुख अमर खड्काले गर्ने भएका छन्।

नेपालकाे दुर्गम तथा अन्तिम तहका समुदाय,अग्रपंक्तिका स्वास्थ्यकर्मी,महिला स्वयंसेविका,स्थानीय सरकार र स्वास्थ संस्थाका वास्तविक अनुभवलाई डिजिटल स्वास्थ रुपान्तरणकाे राष्ट्रिय संवाद,नीति,साझेदारी लगानीसंग जाेडिने छ।सम्मेलन स्थानीय सरकारकाे नेतृत्वमा प्रदेशस्तरीय सराेकारवाला निकाय,स्मार्ट हेल्थ ग्लाेबलकाे प्राविधिक तथा कार्यान्वयन नेतृत्व,स्वास्थ खवर फाउन्डेसनकाे मिडिया तथा समन्वय नेेतृत्व लगायत साझेदार संस्थाहरुकाे सहकार्य सञ्चालन हुनेछ।

पत्रकार सम्मेलन कार्यक्रममा बाेल्दै नगर प्रमुख अमर बहादुर खड्काले समग्र बाजुरा जिल्लाकाे स्वास्थ्य क्षेत्रमा देखिएका समस्या,चुनाैती र आगामी दिनमा राज्यले लिनुपर्ने दायित्वका बिषयमा सबै सराेकारवाला निकायलाई एउटै मञ्चमा राखेर कार्यक्रमकाे आयोजना गर्न लागिएको बताए ।

उनले पालिका स्तरमा हुने दुई दिनकाे कार्यक्रममा पहिलो दिन बुढिनन्दा र बुढिगंगाका स्वास्थ क्षेत्रका बिषय टेलिहेल्थकाे कार्यक्रम,समस्या,चुनाैति र समाधानका उपायबारे छलफल गरिने जानकारी दिए।छलफल पश्चात् दुईटै पालिकामा भएको निष्कर्षलाई सदरमुकाममा विभिन्न क्षेत्रका विचार,विमर्श,प्रस्तुतिकरण,बहसका कार्यक्रम गरि बाजुरा घाेषणापत्र प्रकाशित गरिने बताएका हुन्।

जिल्लामा हुने सम्मेलनमा स्थानीय वास्तविकता,समुदायका आवाज,अग्रपंक्तिका स्वास्थ्यकर्मीका अनुभव,महिला र स्वास्थ्य स्वयंसेविकाकाे भूमिका,स्थानीय सरकारकाे नेतृत्व र डिजिटल स्वास्थ्यका व्यवहारिक अभ्यासहरु प्रस्तुत गरिने छन्।बाजुराकाे अन्तिम तहमा स्वास्थ्य सेवाकाे वास्तविक अवस्था हेर्न,बुझ्न र परिवर्तनकाे सहयात्री बन्न साझा आमन्त्रण समेत गरिएको छ।

सम्मेलनले अन्तिम तहका वास्तविक व्यवहारिक प्रमाण,
प्रदेशस्तरिय प्रतिबद्दता,राष्ट्रिय नीति संवाद र लगानीयाेग्य सिफारिसमा रुपान्तरण गर्ने अपेक्षा लगिएको छ। सम्मेलनमार्फत समुदायका आवाज,स्थानीय सरकारकाे नेतृत्व,स्वास्थ्यकर्मीका अनुभव,डिजिटल स्वास्थ्यका व्यवहारिक अभ्यासलाई राष्ट्रिय तहमा प्रस्तुत गरिने छ।

आयोजकले विकास साझेदार,दातृ निकाय,प्रायाेजक,
विश्वविद्यालय,सञ्चारमाध्यम,स्वास्थ्यकर्मी,प्रविधि तथा डिजिटल स्वास्थ नवप्रर्वतनकर्ता,नीति निर्माता,
अनुसन्धानकर्ता र विश्वव्यापी डिजिटल स्वास्थ्य नेतृत्वकर्ताहरुलाई सम्मेलनमा सहभागी हुन आग्रह समेत गरिएको छ।यस सम्मेलनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुकाे उजागर गर्न सहयाेग पुग्ने विश्वास लगिएको छ।

प्रदेश तह धनगढीमा हुने सम्मेलनमा जिल्लास्तरिय प्रमाण,अनुभव र सिकाईलाई सुदूरपश्चिम प्रदेेशकाे स्वास्थ प्रणाली,याेजना एकीकरण र विस्तारसंग जाेड्ने बिषयमा छलफल गरिने छ। भने राष्ट्रिय तहमा हुने सम्मेलनमा स्थानीय तथा प्रदेशबाट प्राप्त प्रमाण,अनुभवलाई राष्ट्रिय नीति,संवाद साझेदारी,लगानी र नेपालकाे डिजिटल भविष्यसंग जाेडिनेछ।

सम्बन्धित पोस्ट
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    समाचार

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑