• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 14, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

खप्तड मालिका न्युज May 13, 2026 मा प्रकाशित (१८ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा बडीमालिका नगरपालिकाका १० विद्यालय मध्ये ३ विद्यालयका विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन्।

परिक्षामा सम्मिलित १० विद्यार्थीलय मध्ये कैलाशेश्वरी मावि मना,ज्ञानाेदय मावि रजाताेली र संस्थागत विद्यालय क्रियटर जाेन एकेडेमीका सबै विद्यार्थीहरु परिक्षामा उत्तीर्ण भएका हुन्।नगरपालिकाले सार्वजनिक गरेकाे सूचना अनुसार, कैलाशेश्वरी मावि मनाबाट जम्मा २ जना सहभागी भएकोमा दुबै जना उत्तीर्ण भएका हुन्।

ज्ञानाेदय मावि रजाताेलीबाट सहभागी ८ जना मध्ये सबै उत्तीर्ण भएका छन्।त्यस्तै क्रियटर जाेन एकेडेमीबाट सहभागी १८ जना मध्ये सबै उत्तीर्ण हुन सफल भएका छन्।जिल्लामै प्रथम क्रेटरमै अध्ययनरत विद्यार्थी पूजा कार्की भएकी हुन्। उनले सर्वाधिक ३.९१ जिपीए अर्थात् ९७.७५ प्रतिशत ल्याएकी हुन्।

गत बर्ष सहभागी ९ विद्यालय मध्ये ३ विद्यालय निलमा परेका थिए।जसमा ज्ञानोदय मावि,लक्ष्मी मावि र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय थिए।अघिल्लो बर्ष निलमा परेकाे ज्ञानाेदय माविले याे बर्ष उत्कृष्ट शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ।भने लक्ष्मी माविबाट सहभागी १० विद्यार्थी मध्ये ७ जना उत्तीर्ण भए भने ३ जना ननग्रेडेमा परेका छन्।

विद्यालयले समग्र ७०.०० प्रतिशत नतिजा ल्याउन सफल भएको हाे।त्यस्तै नेरा माविबाट सहभागी ११ जना मध्ये १० जना ग्रेडेड भएका हुन्।१ जना भने ननग्रेडेमा परेका छन्।विद्यालयकाे समग्र नतिजा ९०.९१ प्रतिशत रहेकाे छ।मालिका नमुना माविबाट सहभागी १ सय ४९ मध्ये १ सय ३८ विद्यार्थी ग्रेडेड भएका छन् ।भने ११ जना ननग्रेडेडमा परेका हुन्।समग्र विद्यालयकाे नतिजा ९२.६२ प्रतिशत रहेकाे छ।

मालिका माविमा विद्यार्थीकाे तुलना हेर्दा अन्य विद्यालयकाे भन्दा उत्कृष्ट नतिजा देखिएकाे छ।चाेयाकाेट माविबाट सहभागी १३ विद्यार्थी मध्ये १२ जना ग्रेडेड भएका हुन्।भने १ जना ननग्रेडेडमा परेका छन्।समग्र विद्यालयकाे नतिजा ९२.३१ प्रतिशत छ।कैलाश माविबाट सहभागी १३ जना मध्ये ५ जना उत्तीर्ण भएका हुन्। ८ जना भने ननग्रेडेडमा परेका छन्।

विद्यालयकाे समग्र नतिजा ३८.४६ प्रतिशत रहेकाे छ।सत्यवादी माविबाट सहभागी १२ जना मध्ये ४ जना ग्रेडेड भएका हुन्।उक्त विद्यालयबाट सहभागी ८ जना भने ननग्रेडेडमा परेका छन्। समग्र विद्यालयकाे नतिजा ३३.३३ प्रतिशत रहेकाे छ। अन्य विद्यालयकाे तुलनामा सबैभन्दा कमजाेर नतिजा जाल्पा माविकाे देखिएकाे छ।

उक्त विद्यालयकाेे समग्र नतिजा २३.५३ प्रतिशत मात्रै छ।विद्यालयबाट सहभागी १७ जना मध्ये ४ जना मात्रै उत्तीर्ण भए।१३ जना विद्यार्थी उत्तीर्ण हुन् सकेनन्।गत बर्षकाे परिक्षामा सहभागी १७ जना मध्ये ११ जना उत्तिर्ण भएका थिए।भने ६ जना ननग्रेडेडमा परेका थिए।पालिकाभरबाट जम्मा २ सय ५३ जना सहभागी मध्ये २ सय ८ जना ग्रेडेड भएका छन्।त्यस्तै ४५ जना ननग्रेडेमा परेका हुन्।

समग्रमा नगरपालिकाको औसत उत्तीर्ण प्रतिशत करिब ८२.२१ प्रतिशत पुगेको छ।यसलाई शिक्षा क्षेत्रमा सकारात्मक उपलब्धिकाे रुपमा समेत हेरिएको छ।गत बर्ष समग्र पालिकाकाे औसत उत्तीर्ण प्रतिशत ७०.४५ प्रतिशत रहेकाे थियाे।पालिकाले समग्रअघिल्लो वर्षको तुलनामा याे बर्ष राम्रो नतिजा ल्याएपछि शिक्षा क्षेत्र केही सुधार भएको अपेक्षा लगिएको छ।

नगरपालिकाले नियमित पठनपाठन,विद्यार्थीहरु माथि उचित निगरानि,ट्युसन कक्षा सञ्चालन लगातयले नतिजा सुधारमा टेवा पुगेकाे देखिन्छ।बडीमालिका शिक्षा क्षेत्रको समता सूचकमा बाजुरा जिल्लाकै उत्कृष्ट स्थानीय तह समेत बन्न सफल भएको थियाे ।सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट नौ स्थानीय तहभित्र र देशभर उत्कृष्ट २१२औं स्थानमा परेको हाे।

बाजुरामा जिल्लाभर २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना उत्तीर्ण भएका थिए ।त्यस्तै २०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए।विगत दुई बर्षको नतिजा हेर्दा यो बर्ष जिल्लाकै नतिजा सुधारोन्मुख देखिएको हाे।परीक्षा बाेर्डले याे बर्ष एक महिना भित्रै नतिजा सार्वजनिक गरेकाे हाे।

सम्बन्धित पोस्ट
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु
  • बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    समाचार

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    बाजुराकाे बुढीगंगामा फाइवर इन्टरनेट तोडफोड

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑