• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

खप्तड मालिका न्युज May 1, 2026 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरा जिल्लामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम त्रिवेणि नगरपालिका बाट सुरुवात भएको छ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता-पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नारासहित त्रिबेणी नगरपालिलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हाे।

पूर्ण खोप पालिका घोषणा केवल,एक औपचारिक उपलब्धि मात्र नभई, यो बालबालिकाको सुरक्षित भविष्य, स्वस्थ समुदाय र जिम्मेवार स्थानीय स्वास्थ्य प्रणालीको सशक्त आधार बनेकाे स्वास्थ कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्याैपानेले जानकारी दिए।

उनले यसले प्रत्येक बालबालिकाले समयमै पूर्ण खोप पाउने सुनिश्चित गर्दै खोप सेवाको दिगोपना,नियमित अनुगमन र समुदायको निरन्तर सहभागितालाई अझ मजबुत बनाउने अपेक्षा लगिएकाे बताएका हुन्।

कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख चिरञ्जीवी प्रसाद शाहले स्वागत मन्तव्य व्यक्त गर्दै पूर्ण खोप सुनिश्चितता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।प्रस्तुत प्रतिवेदन स्वास्थ्य कार्यालय बाजुरालाई औपचारिक रूपमा हस्तान्तरण समेत गरिएकाे हाे।

यस महत्वपूर्ण सुरुवातका लागी स्वास्थ कार्यालय बाजुराले, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सम्पूर्ण समुदायप्रति हार्दिक आभार व्यक्त गरेकाे हाे। सफल कार्यान्वयन, निरन्तरता र दिगोपनाका लागि हार्दिक शुभकामना व्यक्त समेत गरिएको हाे।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय तहको सक्रियता, समुदायको सहभागिता र स्रोतहरूको प्रभावकारी उपयोग अपरिहार्य रहेको कार्यक्रममा बाेल्ने वक्ताहरुले बताएका थिए।त्यस्तै नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै आगामी दिनमा समेत खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हाे ।

कार्यक्रम कार्यबाहक नगर प्रमुख कमला कुमारी जैशी (न्यौपाने) को अध्यक्षतामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख लाल बहादुर खड्का प्रमुख अतिथिको रूपमा रहनु भएको थियाे।

साथै विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, VPD इन्भेस्टिगेशन मेडिकल अफिसर डा.किरण थापा, स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख, नगरपालिकाका विभिन्न शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्ट
  • देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा
  • सेवा,समर्पण र नेतृत्व: बाजुरा प्रहरी प्रमुख बाेहरा उत्कृष्ट प्रहरी अधिकृत
  • क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ
  • बाजुराको ‘वीरेखोला झरना’: घुमफिर,प्राकृतिक साैन्दर्य र आत्मियताकाे संगम
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    सेवा,समर्पण र नेतृत्व: बाजुरा प्रहरी प्रमुख बाेहरा उत्कृष्ट प्रहरी अधिकृत

    क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ

    समाचार

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    सेवा,समर्पण र नेतृत्व: बाजुरा प्रहरी प्रमुख बाेहरा उत्कृष्ट प्रहरी अधिकृत

    क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ

    बाजुराको ‘वीरेखोला झरना’: घुमफिर,प्राकृतिक साैन्दर्य र आत्मियताकाे संगम

    कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑