
बाजुरा: बाजुरा जिल्लामा क्रिकेट खेलकाे विकास,विस्तार तथा संस्थागत सुदृढीकरण गर्ने उदेश्यले,राष्ट्रिय टाेलीमा बाजुराकाे सहभागीता,हाम्रो ऐक्यबद्दता भन्ने नारा सहित जिल्ला शाखा स्थापनाकाे औंपचारीक प्रक्रिया सुरु गर्दै बाजुरा जिल्ला क्रिकेट संघकाे तदर्थ समिति गठन गरिएको छ।

विहिवार बडीमालिका नगरपालिकाकाे सभाहलमा एक औंपचारिक कार्यक्रमका बिच जिल्लाका क्रिकेट खेलाडी
,सराेकारवाला निकाय,विभिन्न राजनितीक दलका प्रमुख एवं प्रतिनिधि र पत्रकारकाे भेलाले सर्वसम्मत रुपमा १३ सदस्यीय तदर्थ समिति गठन गरेकाे हाे।
महेश बाँनियाँ अध्यक्ष रहने गरि तदर्थ समिति गठन गरिएको हाे।जसकाे उपाध्यक्षमा राेशन अधिकारी,सचिवमा सेर बहादुर थापा,काेषाध्यक्षमा लाेकेन्द्र खड्का चयन भएका छन्।त्यस्तै सदस्यमा पारस साउद,अनिल रावल,केशव साउद,पुष्प थापा,ध्रुव बहादुर राेकाया,सजन थापा,लतालिम्बु राेकाया,सविन शाही र लाेकश सिंह सर्वसम्मत रुपमा सदस्यमा चयन भएका छन्।
तदर्थ समिति गठन गरिए पनि वैधानिकता भने पाउन बाँकी छ।नवगठित तदर्थ समितिले नेपाल क्रिकेट संघ (CAN) काे विधान र निर्देशिकाअनुसार,जिल्ला क्रिकेट संघलाई संस्थागत रुपमा सुढृढ बनाउने,जिल्लामा क्रिकेट गतिविधि सञ्चालन,खेलाडी उत्पादन,प्रतियाेगिता आयाेजना,तथा आवश्यक प्रशासनीक प्रक्रिया पूरा गर्ने जनाएको छ।
भेलामा सहभागी वक्ताहरुले बाजुरामा क्रिकेटप्रति युवाकाे आकर्षण बढ्दै गए पनि पर्याप्त खेलमैदान,नियमित प्रशिक्षण खेल सामाग्री तथा प्रतियाेगिताकाे अभावका कारण खेलाडीहरुले अपेक्षित अवसर प्राप्त गर्न नसकेकाे बताएका थिए।कार्यक्रममा बाेल्दै तदर्थ समिति गठन समाराेहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष बासुदेव जाेशीले नवगठित तदर्थ समितिलाई शुभकामना दिदैँ,जिल्लाकाे क्रिकेट क्षेत्रलाई चलायमान बनाउन आग्रह गरे।
प्रदेश तथा केन्द्र स्तरमा हुने क्रिकेट प्रतियाेगितामा बाजुराकाे उपस्थिति गराउन याे तदर्थ समितिले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आफूले लगेकाे बताएका थिए।साथै उनले नवगठित तदर्थ समितिले विभिन्न चुनाैतीहरुकाे समाधानका लागी सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरि दीर्घकालीन याेजना अघि बढाउन आग्रह समेत गरे। त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवालले जिल्लामा क्रिकेट क्षेत्रलाई बलियाे बनाउन नितिगत तरिकाले अघि बढ्नुपर्नेमा जाेड दिए।
उनले हरेक क्षेत्रकाे संस्थागत विकास र संरचना निर्माण हुन आवश्यक रहेकाे बताउँदै संकल्प विना कुनै पनि उपलब्धी हात नपर्ने जिकिर गरे।कुनै पनि काम पूरा गर्छु भन्ने उदेश्य र संकल्पका साथ अघि बढेकाे खण्डमा संस्थागत विकासका साथै व्यक्तित्व विकास समेत हुने धारणा राखे।खेलाडीहरु सर्वप्रथम अनुशासित,शिक्षित,सालिन,सभ्य र ईमानदारी हुनुपर्ने उनकाे भनाइ थियाे।
कार्यक्रममा बाेल्ने अन्य वक्ताहरुले जिल्लामा क्रिकेटकाे सम्भावना प्रशस्त रहेकाे उल्लेख गर्दै ग्रामिण क्षेत्रका प्रतिभावान खेलाडीलाई अवसर उपलब्ध गराउन विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंँल्याएका थिए।
साथै स्थानीय सरकार,विद्यालय,निजी क्षेत्र र खेलप्रेमीहरुकाे सहकार्यबाट क्रिकेटकाे विकास सम्भव हुने धारणा राखेका थिए।
क्रिकेट संघकाे तदर्थ समितिसँगै सुनेश्वर जाेशी संयाेजकाेत्वमा ४ जना सल्लाहकार समिति गठन गरिएको छ।क्रिकेट संघको आधिकारिक जिल्ला शाखा स्थापनाका लागि पहिलो चरणअन्तर्गत तदर्थ समिति गठन गरिएको हाे। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिकी अध्यक्ष कोपिला सिंहले समितिको औपचारिक घोषणा गरेकी थिइन्।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर