• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 24, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सेवा,समर्पण र नेतृत्व: बाजुरा प्रहरी प्रमुख बाेहरा उत्कृष्ट प्रहरी अधिकृत

खप्तड मालिका न्युज July 24, 2026 मा प्रकाशित (१८ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा नेपाल प्रहरीको कार्यसम्पादन मूल्यांकनमा देशभरका प्रहरी अधिकृतमध्ये उत्कृष्ट स्थान हासिल गर्न सफल भएकी छन्।

बाजुराजस्तो भौगोलिक रूपमा दुर्गम, चुनौतीपूर्ण तथा संवेदनशील जिल्लामा नेतृत्व सम्हाल्दै बाेहराले देखाएको दक्षता, परिणाममुखी कार्यशैली र जनउत्तरदायी प्रहरी सेवाको उच्च मूल्यांकन गर्दै उत्कृष्ट स्थान हासिल गर्नु भएको हाे।

बाजुरामा शान्ति सुरक्षा कायम गर्न,अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र सामाजिक विकृतिविरुद्ध सक्रिय रूपमा काम गर्दै कुशल नेतृत्व प्रस्तुत गरेकाे भन्दै नेपाल प्रहरीले उत्कृष्ट अधिकृत रूपमा सम्मान गरेको हाे ।

डिएसपी बाेहराकाे नेतृत्वमा बाजुरामा घरेलु हिंसा न्युनिकरण, बालविवाह, मदिरा नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी,अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ, लागूऔषध तथा अवैध गतिविधि नियन्त्रण, अवैध मदिरा नियन्त्रण र गाँजा फडानी अभियानले तिब्रता पाएकाे छ।

समुदायसँगको सहकार्यलाई सुदृढ बनाउँदै जनविश्वास बढाउने अभियानमा समेत बाेहराकाे उल्लेखनीय उपलब्धि हासिल भएको प्रहरी स्रोतको भनाइ छ। जिल्लामा हुने विभिन्न सामाजिक, प्रशासनिक तथा सुरक्षा चुनौतीलाई कानुनी प्रक्रिया र संवादमार्फत समाधान गर्ने शैलीले समेत डीएसपी बोहराले पहिचान फरक बनाएकाे छ।

साथै डिएसपी बाेहराले बाजुराकाे हिमाली गाउँपालिका–३ को लाम्पाटा क्षेत्रमा भएको सीमा विवाद तथा झडपको घटनामा स्वयम् घटनास्थल पुगेर अनुसन्धान,सुरक्षा व्यवस्थापन र समन्वयको नेतृत्व गरेकी थिईन्।उनकाे सक्रिय नेतृत्वले घटनालाई थप जटिल बन्न नदिई अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण सहयाेग पुगेकाे थियाे।

डिएसपी बाेहरा नेपाल प्रहरी भित्र एक सक्षम,कुसल र उदाहरणीय महिला नेतृत्वकाे अमिट छाप छाेड्नु भएको छ।
बाेहराकाे व्यावसायिक अनुशासन, निष्पक्ष निर्णय क्षमता, नागरिकमैत्री व्यवहार निकै लाेभलाग्दाे छ।उनकाे याे सफलताले महिला प्रहरीकाे मान,सम्मान र इज्जत समेत बढाएकाे छ। याे उनकाे व्यक्तिगत सफलता मात्र नभई जिल्ला प्रहरी कार्यालय बाजुरा र सिंगाे नेपाल प्रहरीकाे गरिमा उचाे बनाएकाे छ।

दुर्गममा असल नेतृत्व:

दुर्गम हिमाली जिल्ला बाजुराले पहिलोपटक प्रहरी प्रमुखकाे रुपमा बाेहरालाई पाएकाे हाे। नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेश्वरी बोहरालाई सरुवा गरेर जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा पठाएको थियाे।

नेपाल प्रहरी प्रधान कार्यालयले जेठ १ गते कार्यालयको प्रदेश अपराध समन्वय शाखामा कार्यरत डिएसपी बोहरालाई जिल्ला प्रहरी कार्यालय बाजुराको प्रमुखको जिम्मेवारीमा खटाएको थियाे। डिएसपी बोहराले जेठ ७ गतेबाट जिल्ला प्रहरीको कमाण्ड सम्हालेकी थिईन्।

बाेहरा बाजुरा आएसँगै इतिहासमै पहिलोपटक बाजुराले महिला प्रहरी प्रमुख पाएको थियाे । २०३४ सालदेखि हासम्म नेतृत्व गर्ने ४७ जना सबै पुरुष थिए। ४८ औं प्रहरी प्रमुखको रुपमा महिला प्रहरी डिएसपी बोहराले जिल्लाको कमाण्ड सम्हालेकी हुन्।

बाेहरा २०८० सालमा प्रहरी नायब उपरीक्षक(डिएसपी) मा बढुवा भएकी थिइन् ।बाजुरामा बाेहरा आएसँगै यहाँको शान्ति-सुरक्षा थप मजबुत हुदैँ गएकाे छ।नागरिक चेतना,
घरेल हिंसा,मदिरा दुरुपयोग,सामाजिक विवाद तथा ग्रामिण क्षेत्रमा सुरक्षा सम्बन्धि समस्या सहज रुपमा समाधान हुँदै आएका छन्।

दुर्गम जिल्ला बाजुरामा सुरक्षा व्यवस्थापन केवल कानुन कार्यान्वयनकाे बिषय मात्र हाेईन्,जनविश्वास निर्माणकाे सवाल पनि हाे। यस्ता चुनाैतीपूर्ण परिस्थितिमा प्रहरी नेतृत्वले देखाउने कार्यशैलीले नागरिकमा सुरक्षा अनुभूति र राज्यप्रतिकाे भराेसालाई बलियाे बनाउँछ। बाेहराकाे याे कार्यशैली निकै सम्मानजनक र उदाहरणीय रहेकाे छ।

बाजुरामा महिला प्रहरी प्रमुख बाेहराकाे नेतृत्वले समुदाय-प्रहरी साझेदारी,शान्ति,सुरक्षा लागूऔषध तथा घरेलु हिंसा न्यूनीकरण,ट्राफिक सचेतना र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेकाे छ। दुर्गममा असल नेतृत्व पदले नभई,सेवाभाव,इमानदारी,पारदर्शीता,र जिम्मेवारीले चिनिने गर्छ,जसकाे ज्वलन्त उदाहरण बनेकी छन्,डिएसपी शैलेश्वरी बाेहरा।नागरिकले उनबाट निष्पक्ष,उत्तरदायी र जनमुखी नेतृत्वकाे अपेक्षा समेत गरेका छन्।

सम्बन्धित पोस्ट
  • देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा
  • क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ
  • बाजुराको ‘वीरेखोला झरना’: घुमफिर,प्राकृतिक साैन्दर्य र आत्मियताकाे संगम
  • कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    सेवा,समर्पण र नेतृत्व: बाजुरा प्रहरी प्रमुख बाेहरा उत्कृष्ट प्रहरी अधिकृत

    क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ

    समाचार

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    सेवा,समर्पण र नेतृत्व: बाजुरा प्रहरी प्रमुख बाेहरा उत्कृष्ट प्रहरी अधिकृत

    क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ

    बाजुराको ‘वीरेखोला झरना’: घुमफिर,प्राकृतिक साैन्दर्य र आत्मियताकाे संगम

    कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑