• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 23, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराको ‘वीरेखोला झरना’: घुमफिर,प्राकृतिक साैन्दर्य र आत्मियताकाे संगम

बर्षातको समयमा घुमफिरको प्रमुख गन्तव्य विरेखोला झरनाः तस्वीरः जय बहादुर रावत / गोविन्द्र राज तिमिल्सेना
खप्तड मालिका न्युज July 22, 2026 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: परिवर्तनशील समयकाे दाैरानमा मानव स्वभाव र रुचिहरू फरक देखिन्छन्।साथीभाई मिलेर प्रकृतिका रमाइला गतव्यहरुमा घुम्ने,रमाइलो गर्ने,फोटो खिच्ने प्रवृति हावी हुदै गएको छ । अहिले सबैलाई प्रकृतिका सुन्दर अनुपम स्थलमा घुम्न,टिकटक लगायत रिल बनाउन हताहस लाग्छ।

हरकोहीलाई घुम्नु, रमाइलो गर्नु, फोटो खिच्नु, रिल र टिकटक बनाउनु जस्ता अनेकौं रहर बढेको छन्।आफन्त,साथीभाई सबैसँग घुमघाम गर्ने कुरा दैनिकी जस्तैः बनेकाे छ।आन्तरीक तथा बाह्य पर्यटककाे रुपमा घुम्ने,रम्ने,रमाउने क्रम बढ्दाे छ।घुमफिर भनेकाे खुसी हुने र आत्मियता साटासाट गर्ने उत्तम उपाय समेत हाे।

प्राकृतिक साैन्दर्यता र घुमफिरकाे लागी चाखलाग्दा गन्तव्यहरुमा पछिल्लो समय पर्यटककाे संख्या बढ्दै गएकाे छ। ती मध्ये पछिल्लो समय निकै चर्चामा रहेकाे एक प्रमुख गन्तव्य हाे,बाजुराकाे विरेछडो झरना। बडीमालिका नगरपालिका ८ र ६ को सीमानामा अवस्थित याे झर्ना बर्षातकाे समयमा निकै चर्चामा आउँछ।

बाजुराकाे सदरमुकाम मार्तडीबाट करिक ६ किलोमिटरको दूरीमा यहाँ पुग्न सकिन्छ। भने छिमेकी जिल्ला अछामबाट ५० किलोमिटरको यात्रा पछि पुगिन्छ।साँफे-मार्तडी सडकखण्डकाे रापकमा याे झरना पर्छ। मुख्य राजमार्गमा अवस्थिति भएकोले बर्षातमा हजारौं पर्यटकहरु यहाँ जाने गर्छन्।असार,श्रावण,भाद्र र असाेजकाे चार महिना याे झरना निकै चर्चामा आउँने गर्छ।

याे सिजनमा झरनाकाे पानी ठुलाे हुने भएकोले निकै साैन्दर्य र आकर्षक देखिन्छ।याे झरनाकाे पर्यटन,प्रबर्द्धनकाे लागी हरेक बर्ष साउन १ गते (साउने संक्रान्ति) काे अवसरमा देउडाकाे आयोजना गर्ने गरिन्छ । प्राकृतिक सौन्दर्य र सुदूरपश्चिमको मौलिक कला-संस्कृतिको संगम बनेको बिरेखोला झरना पछिल्लो समय बाजुराकै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

घुमफिरको प्रमुख गन्तव्य विरेखोला झरना। जसले ‘स्वर्ग धर्तीमै छ’भन्ने आभास सिर्जना गर्छ।यो झरना अत्यन्तै मनमोहक सुन्दर प्रकृतिको उपहार हो। विविधता र सौन्दर्यताले युक्त प्राकृतिक सम्पदाहरुको मिश्रणले बिरेखोला सिंगारिएको छ।बिरेखोला एक प्रकृतिको अनुपम उपहार हो ।करीब १ सय मिटर अग्लो झरनाको त्यो मनोरम दृश्य ,झरनाको अग्लो छाँगाबाट खस्ने पानीमा रमाउँन तथा भिर मौरी हेर्नको लागी आन्तरिक तथा बाह्य पर्यटक बिरेखोलामा जाने गरेका छन् ।

अग्लो छाँगाबाट पछारीएर भुईमा लडिबुडी खेलिरहेको झरनाको सुन्दर दृश्यले घुम्न जाने पर्यटकको मन निकै लोभ्याउँने गरेको बडीमालिका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण खड्का बताए।प्रकृतिको अनुपम स्थल विरेखोलामा असार देखि कार्तिक महिनासम्म घुम्न आउने पर्यटकको घुँइचो लाग्ने गरेकाे अध्यक्ष खड्काको भनाई छ ।

बिरे खोला संरक्षण समिति गठन समेत गररे झरना हेर्न आउने पर्यटकबाट टिकट काट्ने समेत ब्यबस्था गरीएको छ । टिकटबाट उठेको पैशाले बिरेखोला झरनाकै पर्यटन प्रबद्र्धनको लागी प्रयोग गर्ने गरिएको बडिमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए। झरनालाई अझै थप ब्यवस्थित गर्न र आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पार्न नगरपालिकाले झरनालाई आन्तरिक पर्यटन विकासको प्रमुख गन्तव्यकै सूचीमा राखिएको जानकारी दिए।

खोल्सीको पानी अग्लो भिरबाट भुइँमा पछारिँदा,पानी छल्छल्ती दायाँबाया मेघ बर्षे जस्तै बर्षिन्छ,भने कपडाको भुवाजस्तै देखिन्छ। झरनाको सुन्दरता संग रमाउँनको लागी दैनिक सयाैँकाे संख्यामा आन्तरिक पर्यटक घुम्न जाने गरेका छन् ।सुन्दर प्रकृतिको अग्लो भिरको काखमा सुसेली हाल्दै,अग्लो छाँगाबाट बहने झरनाले सडकका हिँडिरहेका मानिसहरुको नजर झरनामा पर्ने गर्छ।

नजिक पुग्नेहरू झरनाको छङछङ पानीमा घन्टौँसम्म रूझ्न र झुम्न रुचाउँछन । पैदलयात्राबाट लामो यात्रा गरेर गएका ब्यक्तिहरु पनि झरनाको नजिक पुगेपछि थकाइ बिर्सिन्छन ।अग्लो छहराबाट खस्ने झरनामा आकर्षक सप्तरंगी इन्द्रेणीको दृश्य समेत प्रस्ट हेर्न सकिन्छ । मनमोहक झरनामा रुज्दै भिज्दै रमाइलो गर्दा दिन बितेको समेत पत्तो हुदैन् ।

झरनाको चिसो पानी,शरिरमा परेपनि झन रमाइलो अनुभति हुने,त्यो सुन्दर प्रकृतिको काखैमै रहेको झरनामा लडिबुडी खेल्न मन निकै हौसिने लगायतका कुराहरुले पनि मन लोभिएको हुन्छ। झरनाको पानीमा जाउँजाउँ,त्यहाँ गएर लडिबुडी खेलेरै आउँ जस्तो मनमा अनुभुति उत्पन्न हुने गर्छ ।सुन्दरताको धनीको रुपमा समेत चिनिने बिरेखोला झरना पछिल्लो समय दिन प्रतिदिन पर्यटकहरुको रोजाईमा पर्दै गएको पाइन्छ ।

स्थानिय सरकारले बिरेखोला झरनाको पर्यटन,प्रर्बद्धनको लागी संरचनाहरु निमार्ण गरेको छ । बिरेखोला झरनाको प्रबेशद्धारमै स्वागत गेट स्थापना गरीएको छ,जसले गर्दा पबिरेखोलाको थप प्रचारप्रसारमा सहजता भएको छ ।प्रकृतिको सुन्दर स्थल बिरेखोलाको प्रकृतिसंग रम्न र फोटो खिच्ने मानिसहरुको भिड लाग्ने गरेको छ ।बडिमालिका ८ को राप्क गाउँ नजिक रहेको विरेखोला झरनाले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउँदै गएको छ ।

शान्त वातावरण,सुहाउँदो प्रकृति,सुन्दर पानीको दृश्यमा माया साटासाट गर्न उक्त झरनामा प्रेमीजोडीहरु बढी रमाउँछ। झरनासम्म आवतजावतका लागि कच्ची बाटो निमार्ण गरीएको छ।झरना सम्म जानको लागी सडक निर्माण र झरनाको संरक्षण तथा विकासका लागि स्थानीय तह ,प्रदेश तथा संघीय सरकारले कार्यक्रम ल्याउन सकेको खण्डमा बर्षेनी लाखौको संख्यामा पर्यटक भित्र्याउन सकिने स्थानिय तेज बडुवालकाे बुझाई रहेको छ ।

बिरेखोला झरनाको संरक्षण सम्बद्र्धनको लागी स्थानिय सरकारले छुट्टै निति ल्याएर सञ्चालन गरेको खण्डमा यसको थप प्रचारप्रचासमा टेवा पुग्ने बिश्वास लगिएको छ । छोटो दुरी र रमाइलोको लागि झरना उत्कृष्ट गन्तव्य बन्दै गएको भएपनि अझै प्रचारप्रसारमा आउँन सकेको छैन्। झरनाको चिसो पानीमा रमाइलो गर्न छिमेकी जिल्ला अछाम, डोटी ,डडेलधुरा लगायतका शुदुरपश्चिमका जिल्लाहरुबाट समेत पर्यटक आउने गरेका छन ।

आन्तरिक पर्यटन विकासको प्रमुख गन्तव्यकाे सूचीमा विरेखाेला:

बडीमालिका नगरपालिकाले विरेखाेला झरनालाई आन्तरिक पर्यटन विकासकाे प्रमुख गन्तव्यकाे सूचीमा समावेश गरेकाे छ । नगरपालिकाले विरेखाेला झरनाकाे पर्यटन प्रबर्द्धन गर्ने उदेश्यका साथ प्रमुख गन्तव्यकाे रुपमा समावेश गरेकाे हाे।

पालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थल जसले प्रचुर सम्भावना बाेकेका क्षेत्रलाई नगरले विशेष नीति अनुरुप ती क्षेत्रकाे प्रचार प्रसार तथा पर्यटन प्रबर्द्धन गर्दै आईरहेकाे छ ।नगरलाई पर्यटकीय क्षेत्रबाटै अब्बल तथा सम्भावनायुक्त पालिका बनाउन हरेक पर्यटकीय क्षेत्रकाे प्रचारमा बढवा दिईदै आएकाे नगरपालिकाले जनाएको छ।

विरेखाेला,कालाजग्रा पाेरखेगढी जस्ता पर्यटकीय क्षेत्रलाई नगरपालिकाले विभिन्न रणनीति तयारी पारेर ती क्षेत्रहरुकाे पर्यटन प्रबर्द्धन गर्दै आएकाे नगर उप-प्रमुख नन्दा कुमारी थापाले बताएकी छन्।उनले भनिन् “ विरेखाेला झरनाकाे पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउनु हाम्रो दायित्व हाे । प्रत्येक बर्षकाे नीति तथा कार्यक्रम झरनाकाे प्रसार प्रसार तथा संरक्षणकाे लागी बजेटकाे व्यवस्थापनका संगै प्रचार प्रसार गरिदै आएकाे छ ।”

स्थानीय स्तरमा उत्पादित फलफूल,तरकारी कुखुराकाे मासु,बुढीगंगा र कोर्धाली गाडका माछा,शुद्ध गाई भैसीकाे दुध पाईने रापक बजार भएकोले विरेखाेला झरना आम्दानीकाे श्राेतकाे रुपमा अडिग रहेकाे छ।प्रचुर सम्भावना बाेकेकाे क्षेत्र विरेखाेलाकाे संरक्षण,सम्बर्द्धन तथा प्रचार प्रसार गर्न सकेकाे खण्डमा स्थानीयकाे आम्दानीकाे श्राेत बन्ने देखिन्छ ।

 

सम्बन्धित पोस्ट
  • क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ
  • कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह
  • देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
  • यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ

    बाजुराको ‘वीरेखोला झरना’: घुमफिर,प्राकृतिक साैन्दर्य र आत्मियताकाे संगम

    कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

    समाचार

    क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ

    बाजुराको ‘वीरेखोला झरना’: घुमफिर,प्राकृतिक साैन्दर्य र आत्मियताकाे संगम

    कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

    देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑