• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 24, Jul, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

खप्तड मालिका न्युज July 24, 2026 मा प्रकाशित (८ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: देउडा क्षेत्रका हस्ती गायक प्रकाश थापा र देउडा एक-अर्काका पर्यावाची हुन्।थापाकाे नाम सुन्नासाथ देउडा सम्झिन्छ,र देउडा भन्नासाथ थापाकाे नाम आउँछ। त्यसैले गायक थापा र देउडा पर्यायवाची हुन्।बाजुरेली देउडा क्षेत्रका धराेहर गायक थापा देउडा क्षेत्रमा एक सुपरिचित नाम हाे।

बालकदेखि बृद्धसम्मकाे नजर र मानसपटलमा बस्न सफल गायक थापा आवाजमा अद्भुत क्षमता भएका प्रतिशाली व्यक्ति हुन्।देउडा तथा ठाकीभाका क्षेत्रमा गायक थापाकाे पहिचान बेग्लै छ।वास्तवमा भन्नुपर्दा,सुदूर तथा कर्णालीकाे देउडा र ठाडीभाका जाेगाईरहेका र गित गाउनै जन्मिएका कलाकार मध्ये थापा एक हुन्।

अद्भूत क्षमता र आवाज भएका बहुप्रतिभाशाली व्यक्तिकाे ज्वलन्त उदाहरण हुन्,गायक थापा।थापासँग अद्भुत क्षमता र समधुर आवाज छ।थापा केवल गायक मात्र हाेईन्,सर्जक र एक कुसल शिक्षक समेत हुन्।पेशाका हिसाबले शिक्षक भएपनि उनकाे गित-संगीतप्रतिकाे लगाव उत्तिकै छ।बालबालिकाहरुलाई शिक्षाकाे ज्याेति प्रदान गर्दै माैलिक लाेकसंस्कृतिलाई जगेर्ना गर्ने एक साधक हुन्,गायक थापा।

देउडा गीत-संगीतमार्फत सुदूर तथा कर्णालीकाे माैलिक भाषा,संस्कृति,भेषभूषा र परम्परालाई राष्ट्रियस्तरसम्म परिचित गराउन उल्लेखनीय याेगदान पुर्याएका छन्।करिब दुई दशक भन्दा बढि समयदेखि लाेक तथा देउडा क्षेत्रमा सक्रिय रहँदै आएका गायक थापाका हजारौं चर्चित देउडा तथा ठाडीभाका गित बजारमा छन्।

सुदूरपश्चिम र कर्णालीकाे जनजीवन,प्रेम,संस्कृति,परम्परा र सामाजिक यथार्थकाे जिवन्त भाव चित्रण गर्दै आएका तिनै बाजुरेली लाेक तथा देउडा गायक थापाकाे माैलिक देउडा संस्कृतिकाे गाथा बाेकेकाे ‘मधुवन सिर्क्या रुमाल’ नामक बाेलकाे देउडा गित साङ्गितिक बजारमा आएकाे छ।शुक्रबार गायक थापाकै अफिसियल युउटुब च्यानलबाट उक्त गित सार्वजनिक गरिएको हाे।

देउडामा फरकपन,माैलिक देउडा लय,सुदूरपश्चिमेली परम्परा,संस्कृति,स्थानीय जनजीविका र जिवनशैलीलाई समेटेर तयार पारिएको गितले प्रेम,संस्कृति र पहिचानलाई कलात्मक ढंगले प्रस्तुत गरेकाे छ। गीतकाे शब्द,संगीत तथा प्रस्तुतीले देउडाकाे माैलिक स्वादलाई जीवन्त बनाउन सहयाेग पुर्याएकाे छ।

गितमा गायक थापा र गायिका गाैरी भट्टले आवाज दिएका छन्।भने चर्चित सर्जक तथा गितकार राजेन्द्र शाह विपी र गायक थापाकाे लय तथा शब्द रहेकाे छ। कृष्ण बाजुरेलीले ऐरेञ्ज तथा रेकर्डिङ गरेकाे गितकाे भिडियाे छायांकन जहित बुढाले गरेका हुन्।भिम थापाकाे निर्देशनमा बनेकाे गितमा शंकर मल्ल ठकुरी,ईश्वरी वडुवाल लगायतले अभिनयकाे भूमिका निर्वाह गरेका छन्।

‘द म्युजिक ईरा’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितकाे सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन्।भने एन अल्फा स्टुडियोमा सम्पादन गरिएको हाे।सदरमुकाम मार्तडी बजार, हाेटल निकाे रेस्टुरेन्ट आसपासकाे सुन्दर दृश्य,प्राकृतिक सौन्र्दयता,पर्यटकीय क्षेत्र रानीसैन, लगायतका क्षेत्र भिडियोमा देखाईएकाे छ।बाजुराकै परिवेश र यहाँकै माैलिक संस्कृतिमा तयार पारिएको गितले श्राेताकाे मन जित्ने विश्वास लगिएकाे छ।

थापाका गितले नयाँ पुस्तालाई पनि देउडा संस्कृतिप्रति आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।गित सार्वजनिक पछि ‘मधुवन सिर्क्या रुमाल’ पनि देउडा गित संगीतप्रेमीकाे राेजाईमा पर्ने अपेक्षा आफूले लिएकाे गायक थापाले बताए।देउडामा केही फरकपन र फरक स्वाद भरिएको गितले श्राेताकाे मन जित्नेमा विश्वस्त रहेकाे उनकाे भनाई छ।

गितमा बाजुराकाे परम्परागत कला,संस्कृति,रितीरिवाज, भेषभूषा,चालचलन,आपसी सद्भाव,पारिवारिक मायाप्रेम लगायत बिषयबस्तुलाई समेटेर तयार पारिएको गितले फरक पहिचान दिने जिकिर समेत गरे। देउडा सुदूरकाे ढुकढुकी भएकोले यसकाे आत्मा मर्न दिनु हुन्न भन्नेमा आफू सधैं तत्पर भएर लाग्ने गरेकाे थापाले उल्लेख गरे।

२०५६ “सुदरपश्चिम विकटै भए नि,सम्झना छ मै मरी गएनी ” नामक बाेलकाे गितबाट सांगितिक यात्रा थालनी गरेका गायक थापाले आफ्नो सिंगाे जीवन नै सांगितिक क्षेत्रमा व्यथित गरेका छन्।थापा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट संगीत तथा नाट्य विधामा सम्मानित समेत भएका छन्।

गायक थापाका ‘पिपलकाे सेल हाेईझाउ,छम्केली बाैजु,रानी वनकी चरि,लैलै सम्झना आउँछकी कैल्यै, बाजुरा बैकुण्ठ रैछ,रुन्या मन बुझाईजा,रेल गाडी लेट भयो,खोलीको कायाजााल,तारा मधुराई छन्,हिमाल राम्रो हिउँले,सिरु पात्या लैलै,बाजुराकाे लाठ्या,गैरी पिपल ढाली,डाँफे हिमालैमा,खाउँ भन्या मोही छैन्,बासन पुरी धान,सुवाकी सौराई’ लगायत हजारौ चर्चित देउडा तथा ठाडीभाका गितहरु दर्शक श्राेताकाे मनमा अटल छन्।

गित सुन्न तलको लिंक दबाउनुहोला….

सम्बन्धित पोस्ट
  • सेवा,समर्पण र नेतृत्व: बाजुरा प्रहरी प्रमुख बाेहरा उत्कृष्ट प्रहरी अधिकृत
  • क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ
  • बाजुराको ‘वीरेखोला झरना’: घुमफिर,प्राकृतिक साैन्दर्य र आत्मियताकाे संगम
  • कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    सेवा,समर्पण र नेतृत्व: बाजुरा प्रहरी प्रमुख बाेहरा उत्कृष्ट प्रहरी अधिकृत

    क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ

    समाचार

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    सेवा,समर्पण र नेतृत्व: बाजुरा प्रहरी प्रमुख बाेहरा उत्कृष्ट प्रहरी अधिकृत

    क्यानकाे तदर्थ समिति गठन: अध्यक्षमा बाँनियाँ

    बाजुराको ‘वीरेखोला झरना’: घुमफिर,प्राकृतिक साैन्दर्य र आत्मियताकाे संगम

    कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑