
अहमदाबाद : गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० को ४२औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलोर ९आरसीबी० माथि ४ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा बैंगलोरले दिएको १५६ रनको लक्ष्य गुजरातले २५ बल बाँकी छँदै मात्र ६ विकेट गुमाएर पूरा गरेको हो ।

गुजरातको जितमा अलराउन्डर जेसन होल्डरले निर्णायक भूमिका खेले । उनले बलिङतर्फ २ विकेट लिनुका साथै ३ वटा क्याच गरे । ब्याटिङमा १० बलमा १२ रनको महत्वपूर्ण योगदान दिए । होल्डर खेलको ‘प्लेयर अफ द म्याच’ बने ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । बैंगलोरका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । सामान्य योगफलको फाइदा गुजरातले लिएको हो ।
१५६ रनको लक्ष्य पछ्याएको गुजरातले १५।५ ओभरमै १५८ रन बनाउँदै जित सुनिश्चित गरेको हो । यो जितसँगै गुजरात टाइटन्स १० अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने पराजित बैंगलोरु १२ अंकसहित दोस्रो स्थानमा यथावत छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर