
काठमाडौं : नेपालले आईसीसी टीट्वेन्टी विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्ने भएको छ। नेपालले समूह ‘बी’को विजेता र यूएईले समूह ‘ए’को विजेताका रुपमा अन्तिम ६ मा स्थान बनाएका हुन्। सुपर सिक्समा नेपाल र यूएईले दुई अंकका साथ प्रतिस्पर्धा गर्ने छन्।

आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा मलेसिया, कतार र यूएई छन्। यस्तै समूह ‘बी’ मा नेपाल, कुवेत र जापानले प्रतिस्पर्धा गरेका थिए। समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोअ थिए। समूह ‘ए’बाट यूएई र कतार, समूह ‘बी’बाट नेपाल र जापान तथा समूह ‘सी’बाट ओमान र सामोअले अन्तिम ६ मा स्थान बनाएका छन्।
सुपर सिक्सबाट शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेछ। अहिलेसम्म अहिलेसम्म १७ टोलीले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। अब एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटबाट तीन टोलीले अन्तिम २० मा स्थान बनाउने छन्।
शुक्रबार भएको समूह चरणको दोस्रो खेलमा जापानलाई पाँच विकेटले हराउँदै नेपाल समूह विजेताका रूपमा सुपर सिक्समा प्रवेश गरेको हो। ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानलाई पाँच विकेटले पराजित गरेको हो। लगातार दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अंक जोड्यो। जापानले पनि दुई खेलमा दुई अंक जोड्दै उपविजेताका रूपमा अन्तिम ६ मा स्थान बनायो। समूह चरणका खेलमा नेपाल र जापानले कुवेतलाई पराजित गरेका थिए।
शुक्रबार जापानले दिएको एक सय ३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। नेपाललाई सहज जित दिलाउन आसिफ शेखले ३८, गुलसन झाले अविजित २८, कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले अविजित १४ रन बनाए। जापानका शोमा स्लाटरले दुई विकेट लिए। रियो साकुरानो थोमस, सबाइरिस रविचन्द्रन र डेक्लन सुजुकी म्याककोम्बले एक/एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३१ रनको योगफल तयार पारेको थियो। जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले ६० रनको अर्धशतकीय पालि खेलेका थिए। यस्तै इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन बनाए। नेपालका गुलसन झा र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए। सोमपाल कामी र नन्दन यादवले एक/एक विकेट हात पारे।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर