
काठमाडौं- प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । समितिका सदस्य मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो । जेष्ठ सदस्य शेरबहादुर देउवा अनुपस्थित भएपछि देउवा पछिका जेष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको हो ।

कानुन समितिले पारित गरेको आन्तरिक कार्यविधि अनुसार विनासूचना निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे त्यस्तो सांसद समिति सदस्यबाट निष्कासनमा पर्न सक्ने व्यवस्था छ । ५ वटा बैठकसम्म निरन्तर अनुपस्थित रहनुपर्ने भएमा सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था कार्यविधिमा रहेको समिति सचिव अधिराज राईले समितिमा जानकारी गराएका थिए ।
विना जानकारी निरन्तर ५ वटा बैठकमा अनुपस्थित रहे सभापतिले समिति सदस्यबाट निष्कासन गर्न सक्ने प्रस्ताव सहितको कार्यविधि राईले समितिमा प्रस्तुत गरेका थिए । त्यो प्रस्तावलाई स्वीकार गर्दै समितिले सर्वसम्मत रुपमा पारित गरेको हो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर