
बाजुरा: बडिमालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५१ करोड ६९ लाख १९ हजार बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाले ‘कृषि, शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधार समृद्ध बडिमालिकाकाे प्रमुख आधार’ भन्ने मुल नारा सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो।

१९ औं नगर सभा तथा बजेट अधिवेशनबाट कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन क्षेत्रलाई पहिलो प्राथामिकतामा राख्दै उक्त बजेट पारित गरिएको हाे।बुधबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत पालिकाको निति तथा कार्यक्रम र बजेट बारे जानकारी गराइएको थियो।
पालिकाले सबै क्षेत्रको गरेर कुल ५१ करोड ६९ लाख १९ हजारकाे बजेट बिभिन्न शिर्षकहरुमा राखेर आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।आर्थिक बर्ष २०८३/०८४ को बजेट प्रस्तुत नगर उपप्रमुख नन्दा थापाले गर्नुभएको हाे ।त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अमर खड्काले नगरपालिकाले सबै क्षेत्रहरुलाई समेट्दै बजेट र निति कार्यक्रम प्रस्तुत गरेकाे बताए।
नगरपालिकाले बैशाख ७ गते प्रस्तुत नीति तथा कार्यक्रमकाे भावना अनुसार प्रशासनिक सुधार र नागरिक सेवा सुनिश्चित गर्न विभिन्न कुराहरुकाे ग्यारेन्टी समेत गरेकाे नगर प्रमुख खड्काले जानकारी दिए।उनले सबै वडा,विद्यालय,र स्वास्थ्य संस्थामा ई-हाजिरी अनिवार्य गरिएको बताउँदै हाजिर नहुने कर्मचारीकाे साेझै तलब कट्टा गरिने नितिलाई बजेटले प्रशासनिक रुपमा कडाईका साथ लागू गर्ने बताए।
नगरबासीलाई नियमित पानी उपलब्ध गराउन र पाईपलाईन अवराेध भएमा २४-४८ घण्टाभित्र मर्मत गर्न विशेष द्रुत टाेली परिचालनका लागी उपभोक्ता समितिलाई सशक्त बनाईने नगरपालिकाले जनाएको छ।त्यस्तै किसान र बजारकाे प्रत्यक्ष सञ्जाल,विचाैलियाकाे अनत्य गरि कृषकलाई उपभोक्तासंग सिधैँ जाेड्न मार्तडी कृषि हाट बजारमा साप्ताहिक बजार र वडा तहमा संकलन केन्द्रकाे व्यवस्थापन गरिने भएको छ।
युवाहरुका लागी आधुनिक डिजिटल सीप परम्परागत तालिम भन्दा प्रत्यक्ष र तत्काल आम्दानी हुने आधुनिक सीप सिकाईनेछ।साथै सबै स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ टेलिमेडिसियन सेवा र ज्येष्ठ नागरिक तथा सुत्केरीका लागी घरमै स्वास्थ्य जाँचकाे प्रबन्ध मिलाईने भएको छ।नगरको समृद्धि कृषि,पर्यटन र यातायातलाई प्राथामिकताका साथ लागु गरीने,बिकाश साझेदारी प्रदेश संघ संस्थाको उपस्थितमा बडिमालिकाको बिकाश लगानी अभिबृद्धि गर्न लगानी कर्ता,बिकाश साझेदार जस्ता कार्यक्रम सञ्चालन गरीने भएको हाे।
नगर गौरवका आयोजनाहरू पहिचान गरी योजना बैंकमा समावेश गर्ने र स्रोत सुनिश्चितताका आधारमा कार्यान्वयन, विषयगत समितिहरूबाट प्रस्तुत प्रतिवेदन अनुमोदन गरी कार्यान्वयनका लागि सम्बन्धित शाखालाई निर्देशन,आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन ऐन,आर्थिक ऐन तथा आवश्यक कार्यविधि, निर्देशिका र मापदण्ड स्वीकृत गरिएकाे छ।
त्यस्तै नगरपालिकाका कर्मचारीहरूको आधारभूत तलबमा १० प्रतिशत वृद्धि, कार्यसम्पादनमा आधारित १० प्रतिशत प्रोत्साहन भत्ता तथा सामुदायिक विद्यालयलाई उपलब्ध हुँदै आएको एकमुष्ट अनुदान विद्यालय कर्मचारी वालविकास सहजकर्ताकाे नगरपालिकाबाट उपलब्ध गराउने स्रोतमा १२ प्रतिशत वृद्धि गरिने भएको छ।
स्वर्गीय विनोद विकको स्मृतिमा स्व. विनोद विक स्मृति छात्रवृत्ति पुरस्कार कोष स्थापना गर्ने तथा उक्त कोषबाट प्रदान गरिने छात्रवृत्ति प्रत्येक वर्ष बडिमालिका नगरपालिकाको स्थापना दिवसको अवसरमा वितरण गरिने जनाईएकाे छ।मासिक २० युनिटभन्दा कम विद्युत् खपत गर्ने विपन्न नागरिकलाई विद्युत् महसुलमा सहयोग उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले ‘प्लास्टिक ल्याउ साबुन/पैशा लैजाउ’अभियान अन्तर्गत फाेहरमैला व्यवस्थापन र आकर्षक बनाउन नगरभित्र प्लास्टिक ल्याउने नागरिकलाई सावुन वा पैशा दिने नवीन कार्यक्रमका लागी दश लाख बजेट विनियोजन गरेकाे छ। घरधुरीमा फाेहर बर्गीकरण प्राेत्साहन,घरमै कुहिने र नकुहिने फाेहाेर छुट्याउने सचेत परिवारलाई आर्थिक वा अन्य प्राेत्साहन दिन पचास हजार रकम छुट्टाईएकाे छ।
नगरपालिकाले कृषि सडक मर्मतकर्ता (रु,५५,४००) र पुल हेरालाकाे लागी रु २,२२,००० बजेट व्यवस्थापन गरेकाे हाे।विपन्नलाई २० युनिट विद्युत निशुल्क उपलब्ध गराउन ६,४८,०००,डिजिटल अभियान र दिवा खाजाका लागी ३०,००,००० दलित र विपन्न छात्रवृत्ति अन्तर्गत दश लाख करार सेवा र जनशक्ति व्यवस्थापनमा ६,०४,५१,००० रकम विनियोजन गरेकाे हाे।
लोकतन्त्रको चौथो अङ्गको रूपमा रहेको सञ्चार क्षेत्र र श्रमजीवी पत्रकारहरूको प्रवर्द्धनका लागि नगरपालिकाले मिडिया प्रवर्द्धनतर्फ रु. ५,००,००० र सूचना प्रकाशनका लागि छुट्टै रु. ५,००,००० विनियोजन गरी स्थानीय सञ्चार माध्यमहरूसँग दिगो साझेदारी गर्ने नीति समेत लिएकाे हाे।त्यस्तै विपत व्यवस्थापन काेषमा जलवायु परिवर्तन र जाेखिम न्युनिकरणका लागी तीस लाख काे विशेष विपत् व्यवस्थापन काेष खडा गरेकाे छ।ठूला रणनीति तथा बहुबर्षिय आयोजनाहरुमा सडक तथा प्रशासनिक पूर्वाधार (प्रदेश समपुरक) रजाली अम्लिस सडक निर्माण ३२ लाख वडा कार्यालय भवन निर्माणका लागी ४० लाख बजेट विनियोजन गरेकाे छ।
शैक्षिक पुर्वाधार,खानेपानी आयोजना सडक मर्मत र सञ्चालन लगायत विभिन्न शिर्षकमा समेत रकम विनियोजन गरेकाे हाे।बडीमालिकाले समग्र रुपमा नगरकाे विकास समृद्धिकाे लागी विशेष नीति अनुसार नीति कार्यक्रम तथा बजेट ल्याएकाे हाे। नगरले आर्थिक बर्ष २०८३/०८४ काे लागी ल्याएकाे बजेट,निती तथा कार्यक्रम जनमुखी हुने अपेक्षा लगिएकाे छ।






खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर