
बाजुराः बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा झडप भएको छ।धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली अपि सैपाल हिमालको ब्यस क्याम्प रानिसैन भ्रमणमा गएको बेला झडप भएको हो।

झडपका क्रममाः हुम्लीले आक्रमण गर्दा पाँच जना सामान्य घाइते भएका छन्।घाईते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा,हिमाली गाउँपालिका ३ का वडा सदस्य ३४ बर्षिय पेमा गारा गुरुङ,३३ बर्षिया लक्ष्मी गुरुङ, २४ बर्षिय मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी रहेका छन्।
‘हाम्रो सुदुरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल,हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल,उपाध्यक्ष राजकला सार्की,प्रशासकीय अधिकृत सहित ४० जनाको टोली रानिसैन हिडेको वेला झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए।
ड्रोनबाट भिडियो खिच्ने क्रममाः हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका २ थाली गाउँका करिब दुई सय बढी स्थानीय आक्रोसित भई वादविवाद र हातपात हुँदा पाँच जना घाइते भएको जानकारी दिए ।घाइते सबैको ढाड,गर्धन,छाती,र खुट्टामा चोट लागेको छ। उनीहरु सबैको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।हुम्ली जनताले अराजक शैलीमा हात हालाहाल गरेका हुन्।
झडप पछि घाईतेलाई लिएर टोली गन्तव्य स्थानमा नपुगी त्यहाँबाट फर्केको छ।विगत लामो समय बाजुरा जिल्ला हिमाली गाउँपालिका –३ लाम्पाटा र चियाचौर ठाउँ बाजुराको सिमाना भित्र पर्ने क्षेत्रलाई हुम्ली बासीहरुले आफ्नो जिल्लामा पर्छ भनेर दाबी गर्दै आएका छन ।
रानीसैन, च्याचौर र लाम्पाटा क्षेत्र नापी,लालपुर्जा तथा प्रशासनिक अभिलेख अनुसार बाजुरा जिल्ला अन्तर्गत पर्ने भूमि हो।यस क्षेत्रमा विकास निर्माणमा अवरोध सिर्जना गर्नु तथा स्थानीय र भ्रमण टोलीमाथि आक्रमण गर्नु निन्दनीय कार्य मानिएको छ।यस क्षेत्रको शान्ति सुरक्षाको लागी हिमाली गाउँपालिका–३ लाम्पाटा स्थित च्याचौरमा अस्थाई प्रहरी चौकीको भवन निर्माण कार्य भईरहेको छ।सोही अस्थाई प्रहरी चौकी निमार्ण तथा सिमाना विवादका कारण विवाद उत्पन्न भएको हो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर