• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 18, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सभ्य समाज निर्माणमा गाउँपालिका कटिबद्ध छ: उपाध्यक्ष थापा

खप्तड मालिका न्युज May 18, 2026 मा प्रकाशित (३ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा:  जिल्लाको गौमुल गाउँपालिकाकी उपाध्यक्ष सिता थापाले समाज रुपान्तरण र सभ्य समाज निर्माणको प्रयास भइरहेको बताएकी छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय बाजुराले गाउँपालिकाको वडा नम्बर ४ र ५ वडाका नागरिकहरुसंग स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रममा स्थानीय तहको निर्वाचन भएको करिव ९ वर्षको अवधीमा समाजमा हुने विभिन्न खालका अपराध, महिला हिंसा बालविवाह लगायत सुधार हुँदै आएको बताइन्।

गाउँपालिकाले सभ्य समाज बनाउन, समाजमा भएका विभिन्न विकृति विसंगती र परम्परागत बुझाईलाई न्युनिकरण गर्नका लागि निरन्तर प्रयास जारी रहेको उपाध्यक्ष थापाले बताएकी हुन् ।विगतको समाज भन्दा अहिलेको समाजमा तुलनात्मक रुपमा फरक आएको उपाध्यक्ष थापाको टिप्पणी रहेको छ । कुरिती,कुसंस्कार र जातीय विभेद जस्ता कार्य न्युनिकरण र सचेतना जगाउँदै सभ्य समाजको निर्माणमा गाउँपालिका लागेको पनि जिकिर गरिन् ।

महिला हिंसा तथा घरेलु हिंसा र अन्य घटना हुने भएकाले मदिरा भएकाले यसलाई व्यवस्थापन गरी कार्ड नगै लागु गरिएको उपाध्यक्ष थापाको भनाई रहेको छ ।समाज रुपान्तरण र सभ्य बनाउनका लागि स्थानीय नागरिकको पनि महत्वपूर्ण भएको उपाध्यक्ष थापाले भनिन् ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले समाज रुपान्तरणका लागि सचेतना नै आवश्यक रहेको बताए ।सडक र गाडी पुगेर मात्र सचेतना नहुने भएकाले समाज शिक्षित भए समाज विस्तारै रुपान्तरण र विकसित हुँदै जाने जिकिर गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराले वडा नम्बर ४ र ५ का नागरिकसंग स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहमा सचेतना मुलक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी निरौलाले जिल्लाका जुनसुकै कार्यालयमा सेवा लिन जाँदा आएका समस्या प्रशासनलाई खबर भएमा समाधान गर्ने गरी लाग्ने प्रतिवद्धता जनाएका छन् ।

उनले कानुनी रुपमा हुने विभिन्न मुद्धा लेख्नका लागि बाजुरा जिल्ला अदालतमा सरकारले वैतानिक वकिलको व्यवस्था गरेकोले आर्थिक अभाव भएका, विपन्न, एकल बालबालिका लगातको मुद्धा लेख्न निःशुल्क हुने गरेको जानकारी गराए । यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराले पनि प्रहरी सहायता संचालन गरी निःशुल्क रुपमा उजुरी लेख्ने कार्य गर्दै आएको स्थानीयहरुलाई प्रजिअ निरौलाले जानकारी गराएका छन् ।

प्रजिअ निरौलाले सुकुम्बासी र हुकुम्बासीहरुले सरकारको जग्गा र अ‍ैलानी, सार्वजनिक जग्गा अतिक्रमण गरी बसेको तथ्यांक गाउँपालिकाले संकलन गरी प्रशासनमा पठाउन आग्रह गरेका छन् ।गाउँपालिकाले सार्वजनिक र अ‍ैलानी जग्गा अतिक्रमण गरी बसेको खबर गरी हटाउने आग्रह गरिएमा प्रशासन पछि नहट्ने दाबी प्रजिअ निरौलाको रहेको छ ।

राजनितिक पुर्वाग्राही, व्यक्तिगत रिसिवीलाई भएर कसैलाई दुःख दिने कार्य भने नगर्न प्रजिअ निरौलाले आग्रह गरेका छन् ।प्रजिअ निरौलाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता थापा प्रमुख अतिथी रहेकी थिइन् । कार्यक्रममा इश्वरी बक्स गुल्मका गुल्मपति कृष्ण तिमिल्सेना प्रहरी नायव उपरिक्षक इकवाल हवारी,सशस्त्र प्रहरी नायव उपरिक्षक खडक बहादुर शाही, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, राष्ट्रिय अनुसन्धान कार्यालय बाजुराका प्रमुख दिपेन्द्र बम, वडा नम्बर ४ का वडा अध्यक्ष अमर वि.क. अतिथी रहेका थिए ।

सचेतना मुलक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले प्रशासनले दिने सेवा सुविधा, काम कर्तव्य र उद्देश्य सहित स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको संचालन प्रशासनका कम्प्युटर अपरेटर नैन रावलले गरेका हुन् ।सचेतनामुलक कार्यक्रममा वडा नम्बर ४ र ५ का एक सय ५० बढी सहभागी भएका थिए ।

सम्बन्धित पोस्ट
  • धार्मिक आस्थाकाे धराेहर बडीमालिका जाने क्रममा: एक जनाकाे मृत्यु
  • बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    सभ्य समाज निर्माणमा गाउँपालिका कटिबद्ध छ: उपाध्यक्ष थापा

    धार्मिक आस्थाकाे धराेहर बडीमालिका जाने क्रममा: एक जनाकाे मृत्यु

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    समाचार

    सभ्य समाज निर्माणमा गाउँपालिका कटिबद्ध छ: उपाध्यक्ष थापा

    धार्मिक आस्थाकाे धराेहर बडीमालिका जाने क्रममा: एक जनाकाे मृत्यु

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑