• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 19, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरा:अथाह धार्मिक तथा पर्यटन सम्भावना,उपेक्षाकाे मारमा,राज्यकाे नजर कहिले पुग्ने?

खप्तड मालिका न्युज May 19, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा: प्राकृतिक साैन्दर्यताले भरिपूर्ण जिल्ला बाजुरा।धार्मिक तथा प्राकृतिक हिसाबमा अझै अलाैकिक।सुन्दर प्रकृति भित्र लुकेका अनेकौं सुनाैला उपहारहरु।यहाँका सुन्दर र रमणिय दृश्य।चाहेँ हेर्दा कसैका आँखा थाक्दैनन्,हाेला।

मानव जातीकाे लागी अमूल्य प्रकृतिका वरदान जो निकै अद्भूत र अकल्पनीय छन्। सृष्टीमा असम्भव भन्ने कुरा केही नहुँदाे रहेछ।अनेकौं सम्भावना भएको उदारण हो,बाजुरा। सेताम्य हिउँको तन्नामा सुतेका हिमाल,कलकल बग्ने खहरे खोलाकाे पानी,हरियाली वनज‌ंगल,बेँसीफाँट, नौरङ्गे साडीमा उनिएकी अप्सरा जस्तैःरमाई रहेका ती हिमाल।लाग्छ,‘स्वर्ग कहिँ छ भने यहिँ छ।’

बाजुराकाे प्राकृतिक सुन्दरता र स्वच्छतामा अलौकिक छ। प्रकृतिले प्रेमिकालाई जतन गरे जस्तैः यहाँकाे सुन्दर र रमणीय पर्यटन क्षेत्र।पहाडै पहाडकाे शहर।यहाँका अनेकौं धार्मिक तथा पर्यटकीय स्थल,पहाड भित्र लुकेकाे अर्काे नयाँ संसारकाे रुपमा परिचित छन्।सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्ला हो।

यहाँ रहेका मनोरम हिमशृङ्खला, धार्मिक स्थल, लेकाली भू–भाग, दुर्लभ संस्कृतिहरू तथा प्राकृतिक सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने ठूलो सम्भावना बोकेका छन्।बाजुराका विभिन्न हिमश्रृंखला,झरना,ताल तलैया,जैविक विविधता र परम्परागत संस्कृति पर्यटनका मुख्य आधार मानिन्छन्।तर,अथाह सम्भावना हुँदाहुँदै पनि यहाँको धार्मिक तथा पर्यटन क्षेत्र अपेक्षित रूपमा विकास भने हुन सकेको छैन्।

धर्तिकाे भू-स्वर्ग बडीमालिका,पहाडै पहाडको बुढिनन्दा ताल,रानिसैन,नाटेश्वरी मन्दिर,छेडेदह ताल,कालाजग्रा-पाेरखेगढी,विरेखाेला झरना, किम्नी झरना,खप्तड क्षेत्र,लगायत हजारौं प्रचुर सम्भावना बाेकेका धार्मिक तथा पर्यटकीय क्षेत्र छन्।अथाह सम्भावना भएपनि बाजुरा ‘माल पाएर नि चाल नपाएको’ जिल्ला जस्तै:बनेकाे छ।

पर्यटन व्यवसायीहरूले बाजुराका पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्न पूर्वाधार,सुरक्षित यात्रा र पर्यटकमैत्री सेवा विस्तार गर्न आवश्यक रहेको बताएका छन्।प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिएको बाजुरा नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको छ। अथाह सम्भावना बाेकेका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे उजागर गर्न आवश्यक रहेकाे वाईल्ड बाजुराका सञ्चालक पर्यटक पथप्रर्दशक (गाईड) मनाेज रेग्मीले बताए।

उनले पर्यटकीय क्षेत्रमा भाैतिक पूर्वाधार,सडक सञ्जाल,घुम्न आउने पर्यटककाे लागी बासस्थानकाे व्यवस्थाका साथै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन आवश्यक रहेकाे बताएका हुन्।‘स्थानीय नागरिक,सराेकारवाला निकाय र स्थानीय तह जागरुक भएको खण्डमा पर्यटकीय क्षेत्रकाे उजागर गरि आर्थिक उपार्जनमा टेवा पुर्याउन सकिन्छ।’उनले भने,‘बाजुरा जस्तो अथाह सम्भवना बाेकेकाे जिल्ला अझै पर्यटन,प्रबर्द्धन, पूर्वाधारका हिसाबले पछाडी परेकाे छ। प्रकृतिले दिएका अनुपम उपहार र अलौकिक क्षेत्रकाे संरक्षण,प्रबर्द्धन तथा विकासमा राज्यकाे समेत नजर पर्न आवश्यक छ।’

प्रमुख जिल्ला अधिकारी डाेरेन्द्र निराैलाले बाजुराकाे पर्यटकीय सम्भावना निकै लाेभलाग्दाे रहेकाे बताएका छन्।यहाँका धार्मिक तथा पर्यटकीय गन्तव्यहरु निकै सुन्दर र रमणीय रहेकाे बताउदै उनले सडक सञ्जाल,आवश्यक भाैतिक पूर्वाधार,पदमार्ग निमार्णका काम गर्न सकेकाे खण्डमा थुप्रै सम्भावनाहरुकाे उजागर गर्न सकिने अवस्था रहेकाे उल्लेख गरे।

‘विकासका काम तुरुन्त ढलान गरेर घर उभाएकाे जस्तो: हुदैन्।विकास भनेकाे क्रमश: हुदैँ जाने प्रक्रिया हाे’,उनले भने,‘बाजुरामा थुप्रै धार्मिक तथा पर्यटकीय सम्भावना छन्। ती सम्भावना भएका क्षेत्रकाे पर्यटन,प्रबर्द्धन र प्रचार-प्रसार समेत भईरहेकाे छ।भाैगाेलिक विकटताले समेत सम्भावना बाेकेका क्षेत्रकाे विकासमा ढिलासुस्ती भएको हाे।’

माल पाएर पनि चाल नपाएको जिल्ला:

९ वटा स्थानीय तह रहेको बाजुरा जिल्लामा अनेकौं धार्मिक तथा पर्यटक स्थल छन्। प्राकृतिक सौन्दर्य,धार्मिक आस्था, हिमाली भू–दृश्य, ऐतिहासिक स्थल र सांस्कृतिक विविधताले सबै क्षेत्र समृद्ध छ।तर अझै कतिपय गन्तव्यहरु पर्यटन,प्रबर्द्धन,र संरक्षणमा अभावमा ओझेलमै परेका छन्।

नेपाल सरकारले सन् २०२३ देखि २०३३ को अवधिलाई पर्यटन दशक मनाउने घोषणा गरेको छ । जसमा बाजुरा जिल्लाको बडिमालिका क्षेत्र मात्रै समेटिएको छ ।तर यहाँ अनेकौं सम्भावना बाेकेका धार्मिक तथा पर्यटकीय क्षेत्र छन्।बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’ भनेर प्रधानमन्त्री बालेन शाहले सम्बाेधन गरे पश्चात् झनै चर्चामा आएकाे छ।

त्यसकारण,पनि बडीमालिका सरकारकाे पर्यटन दशक भित्र समेटिएको छ।बडीमालिका जस्तैः अनेकौं सम्भावना बाेकेका क्षेत्रकाे कुनै कमी छैन्।मनोरञ्जन,स्वास्थ्य,अथवा अध्ययन अन्य भिन्न परिवेशको अनुभव बटुल्नका लागी पर्यटन गरिन्छ।बाजुरामा पर्यटनका लागी अथाह सम्भावना बाेकेका क्षेत्र छन्।

पछिल्लो समय बडीमालिका लगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटककाे आकर्षण बढ्दै गएकाे पथ पर्दशक (गाईड) नर बहादुर रावलले बताए।उनले बालेन शाहकाे एक शब्दले बडीमालिका विश्वभर चिनिएकाे बताउदै बडीमालिका संगै अन्य पर्यटकीय क्षेत्रमा दिन प्रतिदिन पर्यटककाे संख्यामा बृद्धि हुदैँ गएकाे जानकारी दिए।

घुम्न आउने पर्यटकलाई सहज पैदल मार्ग,पानी र शौचालयको अभाव, धर्मशाला र बासस्थानको कमीले समस्या हुने गरेकाे उनकाे भनाई छ ।‘बडीमालिका जस्तो: दिव्य पवित्र भूमिमा अझै सरकारी ध्यान पुगेको छैन।जसलेगर्दा दर्शनार्थीहरुले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।’ उनले भने,‘घुम्न आउने पर्यटकले समेत तयारीका साथ आउनु पर्ने हुन्छ।बडीमालिका साच्चिकै धर्तिकाे भू-स्वर्ग हाे।जुन अदभूत र अलाैकिक छ।’

पर्यटन क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागी स्थानीय तहले सक्रिय रुपमा पर्यटन,प्रबर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन गरि अघि बढ्नुपर्ने स्थानीय गणेश राज तिमिल्सेनाले बताए।उनले स्थानीय सरकारले संघ र प्रदेश सरकारलाई हारगुहार गरेर भए पनि पर्यटकिय क्षेत्रकाे विकासमा लाग्नुपर्नेमा जाेड दिए।

अधिकांश ऐतिहासिक महत्त्व बाेकेका धार्मिक तथा पर्यटकीय सम्पदाहरू पर्यटन,प्रबर्द्धन तथा संरक्षण अभावमा जोखिममा पर्न थालेकाे उनले उनकाे भनाई छ।साथै स्थानीय नागरिकले घुम्ने आउने पर्यटककाे लागी गाईड गरेर सम्बन्धित धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुर्याउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन्।

बाजुरालाई प्रकृतिले उपहार स्वरुप धार्मिक तथा प्राकृतिक साैन्दर्यताकाे चिनाे प्रदान गरेकाे छ।मानव विकास सुचकाङ्कको पुछारमा अर्थात् ७७ औं स्थानमा रहेको जिल्ला बाजुराले सम्भावनाकाे सदुपयोग गर्दै फाइदा भने लिन सकेकाे छैन्।आर्थिक दिशातर्फ डोर्‍याउन महत्त्वपूर्ण सहयाेग पुग्ने यस्ता सम्भावनायुक्त क्षेत्रकाे उजागर गर्न आवश्यक देखिन्छ।

यहाँका सम्भावनायुक्त क्षेत्रलाई राज्यले आफ्‌नो स्वामित्वमा लिएर संरक्षण क्षेत्र तथा समिति नै बनाएर र व्यवस्थित गर्न तथा यसको सम्वद्र्धनका लागि राज्यको ध्यान गएकाे खण्डमा बाजुरालाई पर्यटकीय क्षेत्रबाटै धनी बनाउन सकिने अथाह सम्भावना रहेकाे छ।

स्थानीय तहकाे भूमिका:

अथाह धार्मिक तथा प्राकृतिक सम्पदाले धनी बाजुराका सम्भावनायुक्त क्षेत्रकाे उजागर गर्न यहाँका स्थानीय तहहरूले योजनाबद्ध रूपमा काम गर्न सके पर्यटन क्षेत्र नै आर्थिक समृद्धिको बलियो आधार बन्न सक्ने देखिन्छ।

यहाँका स्थानिय तहले परिणाममुखी काम भने सकेका छैनन्।बाजुरामा अथाह सम्भावना बाेकेका ‘पर्यटकीय क्षेत्र छन्,तर पर्यटक छैनन्’ भन्ने तिताे सत्य यथार्थ जस्तैः बनेकाे छ।यहाँका अधिकांश पर्यटकीय स्थलहरु पर्यटककाे पखाईमा छन्।

बाजुराका धार्मिक तथा पर्यटकीय स्थल,सरकारकाे मुख्य चासाे र प्राथामिकतामा नपर्दा यी क्षेत्रहरुकाे उजागर हुन नसकेकाे जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले बताए।उनले भने,‘बाजुरा राज्यकाे नजरबाट टाढा छ।सुदूर साच्चिकै दुर नै हाे।पर्याप्त स्रोतकाे उपलब्धता भए पनि साधनकाे अभाव छ।राज्यकाे नजर नपर्नु दुर्भाग्यकाे कुरा हाे।’

साथै उनले,बडीमालिकालाई प्रधानमन्त्री बालेन्द्र शाहले ‘स्वीजरल्याण्डको बाउ’ भनेर संज्ञा दिनु  ‘सुनमा सुगन्ध’ थपिएको प्रष्ट पारे।उनकाे सम्बाेधन पछि बडीमालिका झनै चर्चामा आएकाे उनले बताएका हुन्।बाजुराका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे पर्यटन,प्रबर्द्धन संरक्षण तथा सम्बर्द्धन गर्न प्रदेश र संघीय सरकारसंग पटकपटक आग्रह गरिएको बताए ।

जिल्ला सभाबाट पर्यटकीय क्षेत्रकाे उजागर गर्न प्रत्येक बर्ष विभिन्न नीति,नियम र याेजना बनाएर अघि बढेका छाैँ।उनले भने,‘हामी निरन्तर लागीरहेका छाैँ। यसमा सरकारकाे नजर पर्न आवश्यक छ।अब बस्न कसैलाई छुट छैन्।पाईला सार्नुपर्छ,र अघि बढ्नुपर्छ। ’

जिल्लाकाे समग्र पर्यटकीय क्षेत्रकाे विकासमा स्थानीय तहरुले आन्तरिक रुपमा नीति तथा कार्यक्रममा पर्यटन संग सम्बन्धित पदमार्ग निर्माण,भाैतिक पूर्वाधारकाे विकास,सडक सञ्जाल लगायत यावत् कुराहरुलाई समेटेर सबै स्थानीय तहहरु सक्रिय रुपमा अघि बढेकाे बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए ।

उनले जिल्लाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रकाे विकासमा स्थानीय,प्रदेश र संघ सरकारले साझा याेजना र प्रतिबद्दताका साथ अघि बढ्नुपर्नेमा जाेड दिए।उनले भने, ‘सिमित बजेटमा स्थानीय सरकारले मात्रै केही गर्न सक्दैन्।यसमा प्रदेश र संघ सरकारले समेत चासाे दिनुपर्छ।धार्मिक तथा पर्यटकीय क्षेत्र सबैका साझा सम्पति हुन्।यिनिहरुकाे संरक्षण र पर्यटन,प्रबर्द्धन गर्न सबैले अघि बढ्नुपर्छ।’

त्यस्तै बडीमालिका नगरपालिका वडा.नम्बर ७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायले प्रकृतिले वरदान स्वरुप प्रदान गरेका पर्यटकीय क्षेत्रकाे विकासमा राज्यकाे नजर अति आवश्यक रहेकाे जाेड दिए।उनले स्थानीय सरकारले सम्भावना र समस्या पहिचान,पर्यटन,प्रबर्द्धन,
प्रदेश सरकारले माथिल्लो तहमा समन्वयकारी भूमिका र संघीय सरकारले ती क्षेत्रकाे विकासमा महत्त्वपूर्ण ध्यान दिनुपर्ने बताए।

पछिल्लो समय जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटककाे संख्या बढ्दै गएकाे बताउँदै उनले अझै आन्तरिक तथा बाह्य पर्यटककाे संख्यामा बृद्धि गर्न सराेकारवाला निकाय,स्थानीय तह र सञ्चारकर्मीले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताएका हुन्।स्पष्ट योजना र प्रभावकारी कार्यक्रले सम्भावनालाई सदुपयोग गरि आर्थिक उपार्जनमा टेवा पुर्याउन आवश्यक रहेकाे प्रष्ट पारे।

‘पर्यटकीय क्षेत्र छन्,तर पर्यटक छैनन’

बाजुरामा धेरै पर्यटकीय क्षेत्र भए पनि घुम्न आउने पर्यटककाे संख्या कम हुनुमा सरकारी वेवास्ता,स्थानीय सरकारकाे कमजाेरी,नागरिकमा जनचाँसाेकाे कमीले पर्यटकीय क्षेत्रहरु संकटमा परेका छन्।

बाजुरामा थुप्रै सम्भावनाका साथै चुनाैती छन्।राज्यकाे नजरबाट टाढा पर्नु,भाैतिक पूर्वाधारकाे अभाव,सडक सञ्जालकाे कमी,भाैगाेलिक विकटताले यहाँका अधिकांश स्थलहरु संरक्षण अभावमा व्यथित छन्।

विकासका लागी स्थानीय सरकार र सरोकारवालाहरुले पूर्वाधार निर्माण र प्रचार-प्रसारमा जोड दिए पनि साेचेजस्ताे प्रगती भने हुन सकेकाे छैन्।यहाँकाे पर्यटन विकास गर्न सके बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीय उत्पादनले बजार पाउने र स्थानीय तहको आन्तरिक आम्दानीसमेत बढ्ने स्थानीयकाे बुझाई छ।

बाजुराका केही धार्मिक तथा पर्यटकीय क्षेत्र:

भू-स्वर्ग बडीमालिका:

धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन्।धर्तीकाे भू-स्वर्गकाे रुपमा बडीमालिका परिचित छ।

बडीमालिका क्षेत्रलाई प्रधानमन्त्री बालेन शाहले ‘स्विजटरल्याण्डकाे बाउ ’ काे संज्ञा दिएसंगै अहिले यहाँ आन्तरिक तथा वाह्य पर्यटककाे संख्या बढेकाे छ।धार्मिक आस्थाकाे धरोहर बडीमालिकामा हरेक बर्ष साउन शुक्ल चदुर्दशीका दिन मेला लाग्ने गर्छ।

बडीमालिका पूजाका लागि डोटीबाट डोल,जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बाजुरा पुगाइ सरकारी पूजा टोली बाजागाजाका साथ बडीमालिका लैजाने प्रचलन रहि आएको छ।बडीमालिका स्वर्ग भित्रकाे अर्काे नयाँ संसारकाे रुपमा समेत परिचित छ।

बुढिनन्दा ताल:

धार्मिक तथा पर्यटकीय स्थल बुढिनन्दा दिव्य भूमि हाे।प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बुढीनन्दा तीर्थस्थल धार्मिक,पर्यटकीय, पौराणीक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ ।

बुढीनन्दत बुढी भनेको जेठो, नन्दा भनेको अविवाहित कन्या भन्ने अर्थ लाग्दछ । नौ माईदेवी भगवती मध्ये बुढीनन्दा माई भगवती जेठी हुन भन्ने भनाई रहेको छ । देवीको पनि देवी र अविवाहित भएकाले बुढीनन्दा माई भनिएको धार्मिक विश्वास छ।

सतीदेवीको खुट्टाको बुढीऔंला खसेकोले बुढीनन्दा माईको अवतार भएको भनाई छ ।मुख्य तालको उचाइ ४ हजार ५ सय ८१ मिटर उचाइमा रहेको यो ताल तिलिचो पछी दोस्रो अग्लो स्थानमा रेहको ताल मानिदै आएको छ ।

धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दाको पनि कैलाश ताल,राक्षस ताल, त्रिबेणी ताल, दउने ताल लगाएतका तालहरु छन्।१० महिना सेतो हिँउको घुम्टोमा बुढिनन्दा ढाकिन्छ।यसलाई पहाडै पहाडको शहर समेत भनेर चिनिन्छ।

रानिसैन:

रानीसैन पर्यटकीय विकासका हिसावले प्रचुर सम्भावना बाेकेकाे क्षेत्र हाे।सुन्दरताले भरिएको यहाँ सुन्दर मनमोहक दृश्य देख्न सकिन्छ।बाजुराकाे हिमाली गाउँपालिकाको वडा नम्बर ३ मा रानिसैन पर्यटकीय क्षेत्र रहेकोे छ। स्वर्ग जस्तै सुन्दर हिमाल र हिमतालहरू भएका कारणले रानीसैन प्रख्यात छ।

रानिसैन समुद्री सतहबाट ३ हजार ५ सय ७८ मिटरको उचाइमा रहेको छ। हेर्दा चारैतिर प्रकृतिले टपक्कै फुर्सदमा कोरेको ठाउँ जस्तै देखिन्छ।रानीसैन पाटन र हिमताल साथै सानातिना देखि ठुलो खालका झरनाहरु अवलोकन सहित रमाउन सकिन्छ।

फेदीमा ३ हजार ५ सय ७८ मिटरको उचाइमा हिमताल छ। जुन ठाउँबाट दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न सकिन्छ। पर्यटकीय क्षेत्र नजिकै जडिबुटीको भण्डार, बुकी, घाँस लगायतका चिजबिज पाइने गरेका छन्।

बार्जुकाेट दरवार:

जिल्लाको बूढीगङ्गा नगरपालिका वडा.नम्बर ४ कोटमा रहेको बार्जुकोट दरबार अहिले भग्नावशेषका रुपमा मात्रै छ । दश वर्षे जनयुद्ध शुरु भएको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कार्यकर्ताले दरबार आगजनी गरेको बर्षाै वितिसक्दा पनि पुनःनिर्माण हुन सकेकाे छैन्।

धार्मिक ऐतिहासिक र पुरातात्त्विक महत्त्व बाेकेकाे दरबार करिब २६ बर्षदेखि पून: निर्माणकाे पर्खाईमा छ।बार्जुकोट दरबारलाई पुनःनिर्माण गरी पर्यटकीय रुपमा प्रचारप्रसार गर्न सकेकाे खण्डमा दरबारको संरक्षण र प्रवद्र्धन हुने देखिन्छ।

बाइसे चौबिसे राज्य हुँदा उक्त दरबारका राजाले सो क्षेत्रको जनतामा शासन चलाउँदै आएको बुढापाखाहरुले बताउने गरेका छन्। त्यस्तै कुँडीको दरबार समेत जीर्ण बनेकाे छ । बार्जकोट दरबारले उक्त क्षेत्रमा राज्य सञ्चालन गर्न बनाएको दरबार अहिले संरक्षणको अभावका कारण जीर्ण अवस्था पुगेकाे हाे।

पादुका त्रिवेणी धाम:

पादुका त्रिवेणी धाम बाजुराको बुढीनन्दा नगरपालिका वडा.नम्बर १ मा रहेको धार्मिक आस्थाको धरोहर हो । जहाँ बर्षेनी धार्मिक कार्य, पूजापाठ, विवाह, ब्रतबन्ध लगायतका कामहरु हुने गर्छन् । पादुका त्रिवेणी धामले एक ऐतिहासिक महत्व बोकेको छ ।

सतिदेविको पाउ पतनसंगै प्राचिन कालमा पाण्डवले बनाएको मन्दिर यहाँ छ ।बुढिनन्दा, बडीमालिका र शिम्बुनाथको अन्तर स्तुपा भएको ठाउँ, मानासरोवर बडीमालिका, बुढिनन्दाबाट आउने तीनवटा नदीको पनि संगम स्थल भएकाले यसलाई पादुका त्रिवेणी धाम भनिएको हो ।

पादुका त्रिवेणीधाम सतिदेविको पाउ पतन भएपछि यसको उद्गम भएको हो ।पादुका तीन नदीको संगम भएको ठाउँ,अन्य धार्मिक स्थलका अन्तर स्तुपा भएको हुनाले यसलाई चिनिने गरिएको छ । यीनै ऐतिहासिक महत्त्वका कारण पादुका त्रिवेणी धाम चिनिएको छ।यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ ।

त्यस्तै जिल्लामा अन्य विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र नाटेश्वरी,छेडेदह ताल,कालाजग्रा-पाेरखेगढी,तलीगाेठी,स्वामिकार्तिक,वडालेक, जिउलेखी मस्टाे,रानिहंसिरे, पाण्डवगुफा,किम्नीछडा,विरेखाेला,कालेगाड,नाैमुल,कर्णाली,बुढीगंगा लगायत प्रचुर सम्भावना बाेकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु छन्।

सम्बन्धित पोस्ट
  • सभ्य समाज निर्माणमा गाउँपालिका कटिबद्ध छ: उपाध्यक्ष थापा
  • धार्मिक आस्थाकाे धराेहर बडीमालिका जाने क्रममा: एक जनाकाे मृत्यु
  • बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरा:अथाह धार्मिक तथा पर्यटन सम्भावना,उपेक्षाकाे मारमा,राज्यकाे नजर कहिले पुग्ने?

    सभ्य समाज निर्माणमा गाउँपालिका कटिबद्ध छ: उपाध्यक्ष थापा

    धार्मिक आस्थाकाे धराेहर बडीमालिका जाने क्रममा: एक जनाकाे मृत्यु

    समाचार

    बाजुरा:अथाह धार्मिक तथा पर्यटन सम्भावना,उपेक्षाकाे मारमा,राज्यकाे नजर कहिले पुग्ने?

    सभ्य समाज निर्माणमा गाउँपालिका कटिबद्ध छ: उपाध्यक्ष थापा

    धार्मिक आस्थाकाे धराेहर बडीमालिका जाने क्रममा: एक जनाकाे मृत्यु

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑