• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 10, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

विष्टकाे ‘खण्सापका मुक्तक’: बाजुरेली भाषा र माटाेकाे सुगन्ध

खप्तड मालिका न्युज May 10, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरेली भाषा र माटाेकाे सुगन्ध बाेकेकाे ‘खण्सापका मुक्तक’ संग्रह सार्वजनिक गरिएको छ।नेपाली साहित्य क्षेत्रमा सशक्त रुपमा कलम चलाउँदै आएका मुक्तककार वीर बहादुर विष्टद्वारा बाजुरेली खस भाषामा लिखित ‘खण्सापका मुक्तक’ संग्रहकाे विमाेचन गरिएको हाे।

स्थानीय भाषा,साहित्य र संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले तयार गरिएको उक्त कृतिकाे आइतबार सदूर साहित्य प्रतिष्ठान बाजुराकाे आयोजनामा सदमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाकाे सभाहमा औंपचारीक कार्यक्रमका बिच कृतिकाे विमाेचन गरिएको हाे।

एक सय एक ओटा मुक्तकहरु संग्रहित सो संग्रहमा विष्टले बाजुराकाे कला,पारिवारिक मायाप्रेम,राष्ट्रिय चिन्तन, सामाजिक भाव,राजनीतिक वेथिति,विकृति विसंगति, जस्ता भावहरु दर्शाउनुका साथै चोटिलो व्यङ्ग्य समेत पस्किएका छन्।विष्टका सबै मुक्तकहरुले गाउँ,समाज र देशप्रति ओझिलाे भाव बाेकेका छन्।

बडीमालिका नगरपालिका वडा नम्बर ९ चाैराटामा बुबा भक्ते विष्ट र आमा धाैली देवि बिष्टकाे काेखबाट जन्मिएका मुक्तककार विष्टले आफ्नाे पहिलो कृति सार्वजनिक गरेका हुन्।कृति विमाेचन पश्चात् वाेल्दै लेखक विष्टले छाेटाे समय पाँच दिनमै रचना गरेर कृति विमाेचन गर्न पाउँदा खुसी लागेकाे बताए ।

उनले सरकारकाे पदमा रहँदा देखिएका विसङ्गती,तत्लाे तहका कर्मचारीले भाेगेका यथार्थ समस्या लगायय आफ्नाे जीवनकाे कालखण्डमा भाेगेका समस्या,बाजुराकाे परम्परागत कला,संस्कृति,रहनसहन,देशकाे वर्तमान परिवेश,लगायत सम्पूर्ण वस्तु स्थितिलाई समेटेर कृति तयार पारिएको बताएका हुन्।

साथै कृतिले बाजुराकाे भाषा र साहित्य क्षेत्रलाई थप जगेर्ना गर्ने अपेक्षा आफूले लगेकाे बताउँदै कृतिमा स्वदेशमा अवसरकाे अभाव र विवशताले परदेशिनु परेकाे पीडा मुक्तकहरुमा झल्किएकाे समेत बताए।खण्डसापले नीति,निर्माण र कार्यान्वनका विचकाे खाडललाई तिखाे व्यङ्ग्य मार्फत उजागर गर्दै कार्यदक्षताकाे कदर हुनुपर्ने भाव समेत झल्काएकाे छ।

विमाेचन कार्यक्रममा वाेल्दै मालिका माविका प्राचार्य तथा साहित्यकार शुभराज पाध्यायले,खण्डसापका मुक्तक कृतिले समाज र देशकाे समसामयिक परिस्थितिलाई यथार्थ चित्रण गरेकाे बताए।कृतिकाे माैलिक पक्ष नै बाजुरेली भाषा भएकोले यसले नितान्त माैलिक भाषालाई जिवन्त बनाई राख्ने कुरामा जाेड दिएका हुन्।

साथै उनले कृतिकारले कृतिभित्र स्थानीय जनजीवन ,संस्कृति र मानिसहरुका संघर्षलाई समेट्दै भाषिक संरक्षणमा वलियाे सन्देश दिएकाे जिकिर गरे।माया-प्रेमका काेमल भाव,पारिवारिक स्नेह,सामिप्यताका समधुर क्षणलाई समेत स्थान दिएकाे कृतिले बाजुरेली साहित्य क्षेत्रमा छुट्टै छाप छाेड्ने बताएका हुन्।

विमाेचन कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले लेखक विष्टकाे उदाहरणीय कार्यकाे प्रशंसा गर्दै कृतिले केवल कृतिकार मात्र नभई सिंगाे बाजुरेली धर्म,संस्कृति र पहिचान झल्काएकाे बताएकी हुन्।उनले सकारात्मक साेच भएका व्यक्तिबाट मात्रै साहित्य सम्भव हुने बताईन्।

कार्यक्रम वाेल्ने अन्य वक्ताहरुले कला संस्कृतिकाे जगेर्नामा कृतिले महत्त्वपूर्ण सहयाेग पुग्ने विश्वास व्यक्त गरेका थिए।कृतिमा बाजुरेली खस भाषाका मौलिक भाव, यहाँको ग्रामीण जीवन, दु:ख,पीडा अभाव र समाजका यथार्थ र सांस्कृतिक पक्षलाई चित्रण गरिएको छ।खस भाषाकाे मुक्तक संग्रहले बाजुरेली साहित्य क्षेत्रमा ईँटा थप्ने अपेक्षा लगिएकाे छ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे त्रिवेणीमा नि:शुल्क स्वास्थ्य शिविरकाे तयारी पूरा
  • ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
  • यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना
  • ओमनविरुद्ध नेपाल ८१ रनले विजयी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    विष्टकाे ‘खण्सापका मुक्तक’: बाजुरेली भाषा र माटाेकाे सुगन्ध

    बाजुराकाे त्रिवेणीमा नि:शुल्क स्वास्थ्य शिविरकाे तयारी पूरा

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    समाचार

    विष्टकाे ‘खण्सापका मुक्तक’: बाजुरेली भाषा र माटाेकाे सुगन्ध

    बाजुराकाे त्रिवेणीमा नि:शुल्क स्वास्थ्य शिविरकाे तयारी पूरा

    ‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

    यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

    ओमनविरुद्ध नेपाल ८१ रनले विजयी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑