• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 05, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन : उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

खप्तड मालिका न्युज May 4, 2026 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ, वैशाख २१ गते : नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाहरूलाई पु¥याउन प्रोत्साहन गरेको छ ।

सोसाइटीले अध्यक्षरसभापतिरमहामन्त्रीरमहासचिवलगायत प्रमुख पदमा सोसाइटीको सबै तहको नेतृत्वदायी भूमिकामा उनीहरुको सार्थक उपस्थितिका विशेष ध्यान दिएको हो । यसअन्तर्गत महिला र १८ देखि ३० वर्ष उमेर समूहका युवाले नेतृत्वदायी पदहरूमा उम्मेदवारी दिन प्रोत्साहन गर्दै उम्मेदवारी मनोनयन दर्ता निःशुल्क गरेको छ ।

सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) अनुसार संस्थामा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत रहने सुनिश्चित गरेको छ भने सोसाइटीको केन्द्रीयस्तरमा युवा रेडक्रस आयोग, प्रदेशस्तरमा प्रदेश युवा रेडक्रस समिति, जिल्लास्तरमा जिल्ला युवा रेडक्रस समिति र पालिकास्तरमा पालिका युवा रेडक्रस समिति रहने व्यवस्था रहेको छ ।

विधानअनुसार २१ जनाको समिति रहने सोसाइटीको केन्द्रीय समितिमा एक जना महिला उपाध्यक्ष र पाँच जना महिला सदस्य रहने व्यवस्था गरिएको छ ।

पन्ध्र जनाको समिति रहने प्रदेश समितिमा महिला उपाध्यक्ष एक जनासहित सदस्य तीन जनामहिला र युवा समितिबाट महिला एकसहित दुई जनाको सहभागिता रहने व्यवस्था छ ।

सोसाइटीको जिल्ला शाखामा पनि १५ जनाको समिति रहने छ । यसमा एक जना महिला उपसभापति र तीन जना सदस्य महिला हुनुपर्ने व्यवस्था छ भने जिल्लास्तरीय युवा समितिले आफूमध्येबाट छनोट गरेका एक जना महिलासहित दुई जनाको सहभागिता रहने छ ।

सोसाइटीको पालिका शाखामा १५ जनाको समिति रहने व्यवस्थाअनुसार महिला उपाध्यक्ष एक जना र सदस्यमा तीन जना महिला रहने व्यवस्था गरिएको छ ।

यस्तै, पालिका युवा समितिबाट कम्तीमा एक जना महिलासहित दुई जनाको सहभागिता रहने विधानमा व्यवस्था गरिएको छ । नौ जनाको कार्यसमिति रहने उपशाखा तहमा उपसभापति र कोषाध्यक्षमा महिला एक÷एक जना अनिवार्य गरिएको छ भने सदस्यमा दुई जना महिला रहने व्यवस्था गरिएको छ ।

सबै तहमा हुने खुल्ला सदस्यमा पनि युवा तथा महिलाले उम्मेदवारी दिन सक्ने व्यवस्था रहेको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ आइएफआरसीले पनि नेपाल रेडक्रस सोसाइटीमा महिला र युवाको नेतृत्वदायी भूमिका रहनुपर्नेमा जोड दिँदै आएको छ ।

सोसाइटीले देशभरका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिहरूको निर्वाचन प्रक्रिया अघि बढाएको छ । जसअन्तर्गत २०८३ वैशाख २६ देखि जेठ ४ गतेसम्म सबै पालिका शाखा समितिहरूको, जेठ १५ गते जिल्ला शाखा समितिहरूको, असार २ गते सातै प्रदेश समितिहरू र प्रत्येक प्रदेशसभाको अधिवेशनमा भाग लिन आएका पालिका प्रतिनिधिहरूमध्येबाट केन्द्रीय सभाको महाधिवेशनका लागि तोकिएअनुसारका प्रतिनिधिहरूका साथै असार २४ र २५ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन कार्य तालिका तय गरेको छ । रासस /गोरखापत्र

सम्बन्धित पोस्ट
  • राजनीतिक नियुक्ति पाएका १ हजार ५ सय ९४ जना एकैपटक पदमुक्त हुने
  • यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
  • केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना
  • विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन : उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

    राजनीतिक नियुक्ति पाएका १ हजार ५ सय ९४ जना एकैपटक पदमुक्त हुने

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    समाचार

    नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन : उम्मेदवारी मनोनयन दर्ता निःशुल्क

    राजनीतिक नियुक्ति पाएका १ हजार ५ सय ९४ जना एकैपटक पदमुक्त हुने

    यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

    केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

    विश्व प्रेस स्वतन्त्रता दिवसमा राष्ट्रपतिको शुभकामना– निर्भयपूर्वक सूचना प्रवाहमा सफलता मिलोस्

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑