• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 15, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे हिमालीमा नि:शुल्क स्वास्थ्य शिविर,दुर्गमका नागरिककाे लागी वरदान सावित

विकट हिमाली गाउँपालिकाका नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा दिईदैँ:तस्वीर: राज बहादुर भण्डारी
खप्तड मालिका न्युज March 20, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: बाजुरा तथा देशकै सर्वाधिक विकट हिमाली गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।सिंगाे गाउँपालिकाभर सञ्चालित शिविरबाट विभिन्न राेगका करिक एकहजार बढि विरामी लाभान्वित भएका छन्।

दुर्गमका नागरिककाे स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै आयोजना गरिएको शिविरबाट पालिकाका ७ वटै वडाका नागरिकले सेवा पाएका हुन्।पालिकाका ३ ठाउँबाट यहाँका नागरिकलाई नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको थियाे।

गाउँपालिकाको धुलाचौर,कुवाडी र विच्छ्या गरी तिन ठाउँबाट सञ्चालित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले बताएका छन्।उपचारका क्रममा ५ सय वढी पाठ्यघर समस्याका विरामी , १४८जनाको दम, मुटुरोग ,मृगौला परिक्षण ,सुगर जाँच लगायत नसर्ने रोगको स्कृनिङ गरिएको भण्डारीले जानकारी दिए।

त्यस्तै ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर हुनसक्ने जाँच गरिएकाे स्वास्थ्य शाखा प्रमुख भण्डारीले भनाई छ।पाठेघर खसेका महिलाको उपचार सेवा सहित १४ जना लाई प्रयोगशाला क्षयरोग परिक्षण सेवा समेत दिईएकाे हाे। हिमाली गाउँपालिका –५ कुवाडीका २६६ जनाले नसर्ने रोग ३८ जना महिलाले स्क्रीनिङ तथा पाठेघरको क्यान्सर परिक्षण र ४८ जनाले निशुल्क ल्याब सेवा लिएका छन् ।

दुर्गम ठाउँमा राेग पालेर बसिरहेका यहाँका नागरिकलाई शिविरले ठुलाे राहत पुग्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्काे मारेकाे छ। पालिकाका सबै वडामा आधारभूत स्वास्थ संस्था स्थापना छन्।गाउँपालिकाको केन्द्र धुलाचौर ,पाँडी, बोर्ता, क्युडी, बाम,गुम्बा लगायतका विकट बस्ती गरेर
चौध वटा स्वास्थ्य चौकी स्थापना गरिएका छन्।

पालिकाका स्थानीयबासी तथा सबै गर्भवती महिला,वृद्ध र बालबालिकाहरुले सामान्य उपचार सेवा गाउँमै पाउने व्यबस्था समेत गरिएको छ ।पालिकाका नागरिकले सहज स्वास्थ सेवा सुविधा पाईरहेका छन्।पहिलेकाे तुलनामा अहिले गाउँपालिकाकाे स्वास्थ क्षेत्रमा बलियाे सुधार भएको गाउँपालिका अध्यक्ष गाेविन्द्र बहादुर मल्लले बताए ।

“गाउँपालिकाकाे स्वास्थ्य क्षेत्र मात्रै नभई हरेक क्षेत्रमा बलियाे सुधार भएको छ। हिमाली गाउँपालिका अहिले जिल्लाकै नमुना गाउँपालिकाकाे रुपमा परिचित छ”मल्लले भने,“पटकपटक पालिकाका नागरिककाे स्वास्थ्य जाँच गर्न शिविरकाे आयोजना गरिदैँ आएकाे छ।जुन शिविरबाट दुर्गमका नागरिककाे सहज स्वास्थ्य लाभ लिईरहेका छन्।”

पालिकामा हरेक बर्ष नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरिएको अध्यक्ष मल्लले जानकारी दिए।हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य सिविरमा काेल्टी आधारभूत अस्पताल प्रमुख एमडिजिपि डाक्टर रञ्जितकुमार साह सहित स्वास्थ्यकर्मीको टोली गाउँ-गाउँ पुगेर सेवा दिएकाे हाे।

हिमाली गाउँपालिकाले विगत देखि नागरिक उपचार सहायता कोष खडागरी सोही कोषवाट पालिकामा नि:शुल्क सवास्थ्य शिविर सञ्चालन गर्ने गरेकाे छ।आर्थिक अभावले घरमै राेग पालेका नागरिककाे लागी नि:शुल्क स्वास्थ्य शिविर वरदान सावित बन्ने गरेकाे छ।

प्रायः शहरमा मात्रै सिमित विकासको लहर विकट गाउँका कुना कन्धरामा पुगेको छ ।पछिल्लो समय विकट गाउँ, समाज फेरिदै गएको हाे । हरेक सेवा सुविधाले गाउँमा स्थानीयले विकासको अनुभूती पाएका छन्।देशमा संघीयतापछि दुर्गम गाउँबस्ती विकासको लयमा अघि बढेका हुन्।

यातायातको सुविधाबाट प्रताडित दुर्गम गाउँ सडक बाटोमा जोडिएका छन्। हरेक पुर्वाधारको सुविधा,नेट ईन्टरनेट तथा गाडी चढ्ने सुविधा नागरिकले घर-दैलोमा पाईरहेका छन्। जसको प्रत्यक्ष एक उदाहरण बनेको छ,देशकै दुर्गम बाजुराकाे हिमाली गाउँपालिका।याे गाउँपालिकाका सम्पुर्ण बस्ती प्राय:भिरालाे चट्टान मुनि अवस्थित रहेका छन्।

विकट हिमाली गाउँपालिकाका नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा दिईदैँ:तस्वीर: राज बहादुर भण्डारी

सम्बन्धित पोस्ट
  • बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै
  • एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा
  • एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    समाचार

    बाजुरामा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन हुँदै

    एसईई नतिजा: बडीमालिकाका ३ विद्यालयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण,सबैभन्दा कमजाेर जाल्पा

    एसइई नतिजाः बाजुरामा ६१.९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    सुरक्षित बैदेशिक राेजगार सम्बन्धी अभिमुखिकण: राेजगारीका अवसर सिर्जनामा जाेड

    बाजुरामा भिरबाट खसेकाे ढुंगा लागेर एक महिलाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑