• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

अब बन्ने सरकारले नि:शुल्क र गुणस्तरीय शिक्षा प्रभावकारी बनाउन भुमिका खेल्नुपर्नेमा शिक्षकहरुको जोड

खप्तड मालिका न्युज March 17, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ : नयाँ सरकार गठन भएसँगै देशभरका शिक्षक तथा प्रधानाध्यापकहरूले शिक्षा क्षेत्र सुधारका लागि ठोस पहलको अपेक्षा गरेका छन् । सामुदायीक विद्यालयहरू विभिन्न समस्याले ग्रसीत रहेको उल्लेख गर्दै उनीहरूले सरकार, शिक्षक, अभिभावक र सरोकारवालाले मिलेर समाधान खोज्नुपर्ने बताएका छन् ।

बाजुरा जिल्लाको मालिका नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज तिमिल्सेनाका अनुसार अहिले धेरै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी पर्याप्त छैन । विषयगत शिक्षकको अभाव पनि व्यापक रहेको उनको भनाइ छ ।

उनले विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलाउन, विद्यालयको भौतिक पूर्वाधार सुदृढ बनाउन र शिक्षालाई व्यवहारीक तथा रोजगारीमुखी बनाउन सरकारको ध्यान जानुपर्ने बताए । साथै निःशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।

शिक्षकहरूका अनुसार गरीब तथा विपन्न परिवारका बालबालिकाले सहज रूपमा गुणस्तरीय शिक्षा पाउने बातावरण तयार गर्नु सरकारको प्रमुख दायीत्व हो । विद्यालय र शिक्षा संस्थामा हुने राजनीतिक हस्तक्षेप रोक्नुपर्ने उनिहरूको जोड छ । बालबालिकाको भविष्य सुरक्षित भए देशको भविष्य पनि सुदृढ हुने उननिहरूको विश्वास छ ।

यस्तै इलामको चुलाचुली गाउँपालिका–१ हात्तिलेदा स्थित शिवज्योति आधारभूत विद्यालयकी प्रधानाध्यापक रिमा माखिम सुब्बाले सामुदायिक विद्यालयमा निःशुल्क तथा गुणस्तरीय शिक्षाको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।

उनका अनुसार विद्यालयको भौतिक संरचना सुधार गर्नुपर्ने, शिक्षकहरूको ग्रेड तथा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । साथै अस्थायी तथा करार शिक्षकहरूलाई स्थायी बनाउँदै विभिन्न श्रेणीका शिक्षकलाई एउटै पेशागत पहिचानमा व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै काठमाडौँको चन्द्रागिरि नगरपालिका क्षेत्रमा कार्यरत प्रधानाध्यापक विष्णु प्रसाद पनेरूले शिक्षा क्षेत्रको विकासका लागि पर्याप्त बजेट आवश्यक रहेको बताए । उनका अनुसार सामुदायिक विद्यालय सुधारका लागि शिक्षकका विभिन्न समस्याको समाधान गर्न प्रस्तावित शिक्षा ऐन छिटो जारी गर्नु आवश्यक छ ।

उनले शिक्षा ऐन जारी भए शिक्षकको स्थायित्व, पदोन्नति, ग्रेड, सेवा सुविधा तथा स्थानीय तहसँग सम्बन्धित धेरै विषय सम्बोधन हुने विश्वास व्यक्त गरे । साथै उनले राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने सुझाव पनि दिए ।

समग्रमा शिक्षकहरूले शिक्षा क्षेत्रलाई राज्यको पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । विद्यालयको भौतिक पूर्वाधार सुधार, शिक्षक व्यवस्थापन, निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयन तथा पर्याप्त बजेट व्यवस्थापन भए सामुदायिक विद्यालयको अवस्था सुधार हुने उनीहरूको भनाई छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑