• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 17, Feb, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’घाेषणा

खप्तड मालिका न्युज June 28, 2025 मा प्रकाशित (७ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,बाजुरा: बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्थामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ शनिबार एक कार्यक्रमका बिच जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिद्वारा शनिबार आयोजित एक समारोहमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए।

उनले भने,“१५ महिना मुनिका र १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाए पछि जिल्लालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।”

१३ वटा रोगहरु विरुद्धको खोप जिल्लाका सबै स्थानीय तहका बालबालिकाहरुले लगाएपछि जिल्लालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएको चन्दकाे बताउनुभयाे । जिल्लाभर कुनै पनि खोप नपाएका १४ जना र छुट बच्चाको संख्या १ सय ३ रहेको उनले बताए। बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिईने सबै खाले खोप लगाएकाे पाईएकाेले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको कार्यालय प्रमुख चन्दकाे भनाइ छ ।

समारोहमा बोल्दैं जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले स्वास्थ्य क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण पक्ष भएकाेले सबै अभिभावकले आफ्ना बालबालिकाकाे स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेकाे बताए । साथै पहिलेकाे भन्दा वर्तमान समय परिवर्तनशील भएकोले सबै नागरिकहरुले आफ्ना बालबाललिकाहरुलाई खोप लगाउनबाट छुटाउन नहुनेमा कुरामा उहाँले जाेड दिए ।

स्वास्थ्य संवेदनशील पक्ष भएका कारण यसमा सबैले गम्भीर हुन आवश्यक रहेकाे समेत उनले बताए । जिल्लालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गर्न सहयाेग गर्ने सम्पुर्ण स्वास्थ्यकर्मी,महिला स्वयमसेवीका,स्थानीय सरकार तथा सराेकारवाला निकायलाई उहाँले धन्यवाद समेत दिनुभयाे।

पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा कार्यक्रममा बाेल्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सम्पुर्ण बालबालिकालाई खाेप लगाउन आवश्यक रहेकाे बताए । साथै काेही बालबालिका खाेप लगाउन बाट बञ्चित छन् भन्ने अवस्था सिर्जना गर्न नहुने समेत उहाँले बताए ।

बालबालिका भविष्यका कर्णधार भएकोले उनीहरुकाे स्वास्थ्य अवस्था राम्रो हुन आवश्यक रहेकाे कुरामा उनले जाेड दिए ।निरन्तर खोपका कार्यक्रम सञ्चालन गरी जिल्लाको सन्देश राम्रो प्रवाह गर्न समेत उनले अनुरोध गरे ।

आगामी दिनहरुमा ९ वटै स्थानीय तहका बालबालिकालाई पुर्ण खाेपकाे मात्रा पूरा गर्न निरन्तरता दिन र दिगाेपना राख्न जिल्ला स्थिति सम्पुर्ण सराेकारवाला निकाय,स्वास्थ्यकर्मी,महिला स्वयमसेवीका तथा पत्रकारले प्रतिबद्दता पत्रमा हस्ताक्षर समेत गरेका छन्।कार्यालय प्रमुख महेश चन्दले कार्यक्रमकाे उदेश्यबारे प्रकाश पार्नु भएको थियाे।

जिल्लालाई पूर्ण खोप तथा सुनिश्चितता घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी सहित पालिकाहरुलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियाे।

बाजुरालाई पहिलो पटक २०७४ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषाणा गरिएको थियो ।१३ वटा रोगहरु विरुद्धको खोप जिल्लाका सबै बालबालिकाहरुले लगाएपछि प्रत्येक वर्षमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गर्ने गरिएको जिल्ला स्वास्थ कार्यालय बाजुराले जनाएको छ। बाजुरा सुदूरपश्चिम प्रदेशको दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सहितको जिल्ला बनेको हाे।

जिल्ला खोप समन्वय समिति संयोजक तुलसीराम रोकायाको अध्यक्षतामा भएको घोषणा समारोहमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, प्रहरी नायब उपरीक्षक इकवाल हवारी सशस्त्र प्रहरी नायब उपरीक्षक श्याम रावत ईश्वरी गुल्मका प्रमुख एवम् प्रतिनिधि,स्वास्थ कार्यालय बाजुराका प्रमुख महेश चन्द,नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम सिंह ,जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,९ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख एवम् प्रतिनिधि,महिला स्वास्थ्य स्वयमसेवीका लगायत पत्रकारकाे सहभागीता रहेकाे थियाे।

राेयल हाेटलकाे तालिम हलमा सञ्चालन भएको ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घाेषणा कार्यक्रमकाे सञ्चालन प्रशान्तराज जाेशीले गरेका थिए।

सम्बन्धित पोस्ट
  • ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल
  • पश्चिमी वायुको आंशिक प्रभाव
  • विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै
  • आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ५ फागुन, २०८२ – मंगलवार – आजको राशिफल

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    समाचार

    पश्चिमी वायुको आंशिक प्रभाव

    विश्वकप क्रिकेटः नेपाल आज वेस्ट इन्डिजसँग भिड्दै

    आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

    समृद्धिको यात्रामा कर्णाली करिडोरः पिलिचौर देखि कवाडीसम्म कालोपत्रे हुने

    नेपाली काँग्रेस बाजुराको चुनावी भेला गौमुलमा सम्पन्न

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑