
तिमिलाई प्रणय दिवसको शुभकामना ।। प्रेमलाई केवल प्रेमी प्रेमीकासंग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ । यहाँका सबै प्राणीहरु विचमा मायाको शितल आँचल लहराईरहोस्, माया नै धर्म हो, शक्ति हो अनि शान्ति पनि । माया र आफ्नो मायालुप्रति बफादार बनौं पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताईदिनुहोस्, तपाई कति माया गर्नुहुन्छ भनेर,भेट्न सम्भव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हज्जारौं वर्षलाई पुग्नेगरी माया मुटुभरि भर्नुहोला । कतिपयका सम्बन्ध जोडिन सक्छन्,कतिपयका सम्बन्ध टुट्न पनि सक्छन् जे-जस्तो भए पनि सबै प्रेमिल जोडिहरुमा प्रेम दिवसको शुभकामना ।।

‘भ्यालेन्टाइन डे’ प्रणय दिवसको रुपमा मनाइदै आईरहेको छ ।आजको दिनलाई एक अर्कामा माया गर्नेहरुको विशेष दिनको रुपमा मानिदै आएको छ । विशेषगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा आजको दिनलाई लिने गरेको पाइन्छ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई विशेष मायाको पर्वको रुपमा मनाउने गरेको भएपनि बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरमा नै मनाउन थालिएको हो ।हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिएको पाईन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ ।
माया प्रेम संग सम्बन्धी मुक्तक (बिशेष प्रेम दिवस)
१ः
मनबाटै सम्झिनेहरुलाई माया गर्नु पर्छ
खुलेर मन दिनेहरुलाई माया गर्नु पर्छ
हरेक दिन याद आउने लाई मात्रै नभई,
कहिल्यै त बिर्सीनेहरुलाई माया गर्नु पर्छ।।
२ः
आज प्रेम दिवस तर हारिसक्याछु
उनलाई पाउने आशा मारिसक्याछु
नआउँदा भयो मेरो पछिपछी तिमिले,
आँखिर यो मुटु अन्तै सारिसक्याछु।।
३ः
प्रेम दिवसमा पनि रुवाएर नजाउ
झुटा बाचा कस्सम खुवाएर नजाउ
मलाई त सबैको सामु झुक्ने बनाई,
तिमी दुनियाँको माझ सुहाएर नजाउ।।
४ः
प्रेम दिवस कै दिनमा छोड्न सकिन्न
आँखिर अन्तैतिर बाटो मोड्न सकिन्न
यति अटुट गहिरिएको हाम्रो सम्बन्ध,
क्षणभर मै सोचेर नि तोड्न सकिन्न।।
५ः
माया गर्ने नभए प्रेम दिवस आएर के गर्नु
मन नमिल्ने संग चोखो माया लाएर के गर्नु
आजकै दिनमा अरुको साथमा जान्छौ भने,
तिम्रै पछाडी लागेर एकोहोरो धाएर के गर्नु ।।
६ः
प्यारी सानु भनेर बोलाए कता हरायौ
बोली सुन्दै नजिक आए कता हरायौ
मनैदेखी आँखिर साँच्चै पाउछु भनेर,
तिम्रै लागी यहाँसम्म धाए कता हरायौ ।।
७ः
सानु मायाको दियालो बलेर सकियो
तिम्रै यादमा मेरो मुटु जलेर सकियो
धाँउन सकिदनै अब तिम्रो पछिपछी,
आँखिर बेस्सरी शरिर गलेर सकियो ।।
-गोबिन्द्र राज तिमिल्सेना(कुसुम कान्छो)

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर