
असोज,७ बाजुराः सुदुरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी- कोल्टी (पिलुचौर) सडकखण्ड कालोपत्रेको लागी सुदुरपश्चिम प्रदेश सरकारले १५ करोड बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले भदौं ३१ गते संसदमा पेश गरेर आइतवार बहुमतले पारित गरेको बजेटमा बाजुराका करिब २९ सडकमा प्रदेश सरकारले बजेट बिनियोजन गरेको हो ।
जिल्लाका २९ वटा सडकखण्ड मध्ये सबैभन्दा बढि चर्चामा रहेको सुदुरपश्चिमको गौरवको आयोजना मार्तडी कोल्टि सडकखण्ड कालोपत्रेको लागी बढि बजेट छुटाएको हो । मार्तडी-कोल्टि सडकखण्ड कालोपत्रेको लागी समानिकरणबाट ५ करोड र समपुरक अनुदानबाट १० करोड गरी जम्मा १५ करोड रकम बिनियोजन गरेको हो । मार्तडी-कोल्टि सडकखण्ड पछाडि खप्तड- मार्तडी सडकखण्डका लागि बढि बजेट विनियोजन गरेको छ । खप्तड छेडेदह गाउँपालिकाका सबै वडा जोड्ने खप्तड- मार्तडी सडकखण्डको लागी समानिकरणबाट ३ करोड र समपुरक अनुदानबाट ७ करोड गरी जम्मा १० करोड बजेट विनियोजन गरेको छ ।
त्यसै गरी जिल्लाका अन्य ९ वटै स्थानीय तहका विभिन्न सडकखण्ड निर्माण ,पुल,बेलिब्रीज लगायतको लागी प्रदेश सरकारले २० लाख देखि करिब दुई करोड ७० लाख सम्म बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले जिल्लाका ९ वटै स्थानीय तहका बिभिन्न ठाउँमा जोड्ने सडकखण्ड निर्माण तथा कालोपत्रेको लागी बजेट छुट्टाएको भए पनि त्यो बजेट छुट्टाएको जस्तो नदेखिने अबस्था रहेको छ । अघिल्लो आर्थिक बर्षमा पनि प्रदेश सरकारले जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका सडकखण्ड निर्माण तथा कालोपत्रेको लागी बजेट छुट्टाएको थियो तर कतिपय सडकखण्ड बर्षैभरि सञ्चालनमा आउँन सकेका छैनन् भने कतिपय सडकखण्डको निर्माण पनि हुन सकेको छैन्। मार्तडी-कोल्टि सडकखण्डको लागी प्रदेश सरकारले बजेट बिनियोजन गर्दै आएको भए पनि सडक निर्माण भएको दशौ बर्ष बितिसक्दा पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन्।
त्यस्तै जिल्लाका अन्य सडकखण्ड पनि अलपत्र अबस्थामा रहेका छन् । प्रदेश सरकारले बजेट बिनियोजन गर्दै आएको भए पनि बाजुरामा सो अनुरुप काम हुन नसक्नु,या प्रदेश सरकारले खालि बटेज बिनियोजन गरेको भनेर देखाउनु तर रकम बिनियोजन नहुन लगायत कारणले बाजुराको सडकखण्डको स्थिति निकै लाजमर्दो अबस्थामा रहेको छ । बजेट हरेक बर्ष बिनियोजन भएकै हुन्छ तर त्यो अनुसारको काम नहुनु निकै दुखतको बिषयको भएको बाजुराका स्थानीयको भनाइ छ। मार्तडी- कोल्टि सडकखण्डको लागी पनि करोडौं बजेट बिनियोजन हुन्छ तर पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन्, सडकखण्ड कालोपत्रे हुने भनिएको लामो समय बितिसक्दा पनि अहिलेसम्म कालोपत्रे हुन सकेको छैन्। जसले गर्दा हरेक बर्ष बर्षातको समयमा यात्रुहरुले सास्ति भोग्दै आईरहेका छन् ।बजेट बिनियोजन भए पनि सहि समयमा कार्य सम्पन्न नहुदा हरेक बर्ष बाजुराका बिभिन्न सडकखण्डमा समस्या आउँनुका साथै दैनिक यात्रुले सास्ति भोग्नु पर्ने बाध्यता रहेको छ ।
जडांगा कोर्ध हुदै बडीमालिका लादे पाटन सडकको लागी २५ लाख
सुदुरपश्चिम प्रदेश सरकारले बाजुराको बडिमालिका ६ कोर्ध हुदै बाजुराको धार्मिक तथा ऐतिहास रमणिय पर्यटकिय स्थल बडिमालिकाकाको लादे पाटन सम्मको सडकखण्डको लागी २५ लाख रकम बिनियोजन गरेको छ । बडिमालिकाको पर्यटन प्रबर्द्धन गर्नको लागी पर्यटकलाई सडक मार्फत यात्रा सहज बनाउन सडक निर्माणको लागी प्रदेश सरकारले रकम छुट्टाएको हो । लादे पाटनसम्म सहज तरिकाले यातायातका साधन चल्न सक्ने गरि कच्चि सडक निर्माणको लागी प्रदेस सरकारले रकम बिनियोजन गरेको हो ।जसले गर्दा केही मात्रामा बडिमालिकाको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने बिश्वास रहेको छ ।बडिमालिकाको मार्तडी- बडिमालिका सडक २० लाख र आन्तरिक श्रोतबाट ५ लाख बजेट बिनियोजन गरेको छ ।
जडाङ्गामा रहेको बेलिब्रीज सार्न २५ लाख मात्रै
जिल्लाको बुढीगंगा नदिमा रहेको बेलिबृज सार्न सुदूरपश्चिम प्रदेश सरकारले २५ लाख मात्रै बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले ल्याएको नयाँ बजेटमा बुढिगंगा नदिमा रहेको बेलिबृज सार्न २५ लाख बजेट विनियोजन गरेको हो ।बुढीगंगा नदिमा रहेको बेलिबृज अर्को ठाउँ सार्न करिव ३ करोड बजेट आवश्यक भए तापनि प्रदेश सरकारले भने २५ लाख मात्रै रकम विनियोजन छ ।
चार बर्ष देखि नदिमै थन्किएको उक्त बेलिब्रीज सार्न २५ लाख मात्रै बिनियोजन हुदा समस्या हुने भएको हो । करिब दुई तीन करोड सम्म चाहिने ठाउमा २५ लाख मात्रै बिनियोजन हुदा २५ लाखले पुल ढुवानी समेत नहुने प्राविधिकहरुको भनाई छ ।पक्की पुल निर्माण भएको तीन वर्ष पुग्न लाग्दासम्म पनि बेलिबृज अन्य ठाउँमा सार्न नसक्दा अहिले उक्त बेलिब्रीज प्रयोगबिहिन अबस्थामा छ । स्थानीयहरुले पटक-पटक बेलिब्रीज जिल्लाका अन्य नदिमा सार्न माग गरे पनि उक्त बेलिब्रीज अन्य ठाउँमा स्थानान्तरण गर्न सकिएको छैन्।बुढिगङ्गा नदिमा एउटै नदिमा दुई-दुई पुल छन् भने जिल्लाका अन्य ठुला नदिहरुमा भने बर्षातको समयमा समस्या हुदै आएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर