
बाजुरा : बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले सोधेको प्रश्नको जवाफ दिदै ठुलो कुरा गर्न पाइन्छ भन्दै उल्टै प्रश्न गरेका छन् । अध्यक्ष थापाले बडीमालिका नगरपालिकाको चौथो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोह कार्यक्रममा बोल्दै २ करोड बजेट बिनियोजन भएर बन्न लागेको खेल मैदान कहाँ छ ? किन बनेन भनेर नगर प्रमुख खड्कालाई सोधेका थिए । तत्कालीन बाजुराबाट प्रदेश सभा सांसद समेत रहेका अर्थमन्त्री प्रकाश बहादुर शाहको पालामा लामो अथक प्रयास पछि सदरमुकाम भित्र राष्ट्रिय मापदण्डको खेलमैदानका लागि बजेट बिनियोजन भएको तर खेल मैदान निर्माण गर्न नगर सरकारले नसकेको आरोप लगाएका थिए । अध्यक्ष थापाको उक्त प्रश्नको कटाक्ष गर्दै नगर प्रमुख खड्काले जिल्ला खेलकुद विकास समितिको अध्यक्ष अनुशासित हुनुपर्छ की पर्दैन ? नगर सरकारको प्रमुखलाई निर्देशन दिन मिल्छ ? खेलकुद क्षेत्रको नेतृत्व गर्ने व्यक्ति नै अनुशासित भएन भने खेलाडी कस्तो होलान् ? कसरी खेल क्षेत्रको विकास हुन्छ ? भनेर थापालाई प्रती प्रश्न गरेका छन् । खेलकुद विकास समितीका अध्यक्षले नगर सरकारको प्रमुखलाई प्रश्न सोध्ने हैसियत कहाँ बाट आयो भनेर तर्क सहितको प्रश्न थापा माथी तेर्साएका हुन् । काम केही नगर्ने ठुलो कुरा मात्रै गरेर हुन्छ ? अरुलाई आक्षेप लगाएर के खेल क्षेत्रको विकास हुन्छ त ? खेलकुद विकास समितिले अहिलेसम्म के गर्यो ? अरुलाई दोष दिने प्रवृतिले मात्रै खेल क्षेत्रको विकास हुन्छ त ? उनले थप्दै भने हामी खेल क्षेत्रको विकासका लागि निरन्तर लागिरहेका छौँ, प्रत्येक बिद्यालयमा खेल प्रशिक्षक परिचालन गरेका छौँ, राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने बिद्यालयलाई खर्च स्वरुप प्रत्येक बिद्यालयलाई रु १५ हजार दिने भन्ने निर्णय गरेका छौँ, आवस्यक लगानी पनि गरिरहेका छौँ।

उसो त नगर प्रमुख खड्काले थापाले जवाफ दिन भनेको प्रश्नको जवाफ नै नदिएर आफ्नो अभिव्यक्ति सकेका छन् । उनले अन्य थुप्रै बिषयमा टिकाटिप्पणी गर्नुका साथै खेल क्षेत्रको विकासका लागि नगर सरकारले गरेका कामको बारेमा अवगत गराएपनी थापाले सोधेको प्रश्नको जवाफ भने दिएनन् । खेलकुद विकास समितिका अध्यक्ष थापाले नगर सरकारको प्रमुखलाई निर्देशन दिएको आरोप समेत लगाएका खड्काले अध्यक्ष थापाले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको तर्क गरेका छन् । नगर सरकारको प्रमुखलाई निर्देशन दिन नपाईने तर्क गरेका प्रमुख खड्काले थापालाई अनुशासित हुन आग्रह समेत गरेका छन् । उसो त थापालाई अनुशासित हुन आग्रह गरेर नगर प्रमुख खड्काले नगर प्रमुखलाई सोधेको प्रश्नको जवाफ समेत नदिएर उल्टै ठूलो कुरा गरेर हुन्छ ? भनेर दिएको अभिव्यक्तिलाई पनि नगर प्रमुख जस्तो गरिमामय पदमा बसेको व्यक्तिले यस्तो अभिव्यक्ति दिन गैरजिम्मेवार नै हो । नगर सरकारलाई प्रश्न नै गर्न नपाइने हो र ? मैले सोधेको प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन अहिले ३ वर्ष बित्न थाल्यो बजेट बिनियोजन भएको जग्गाको व्यवस्था गरेर निर्माण कार्यको थालनी हुनुपर्ने होईन र ? तत्कालीन नगर प्रमुख पदम बडुवालले बाउलीमा डिपिआर गरेका थिए, पछि त्यहाँ उपयुक्त नहुने भन्दै अन्त बनाउने भनियो, तर अहिलेसम्म नबन्नुको कारण के हो ? अध्यक्ष थापाले भनेका छन् । अध्यक्ष थापाले सोधेको प्रश्नलाई निर्देशनका रुपमा सोही कार्यक्रममा खण्डन गर्दै बोलेका नगर प्रमुख खड्काले निर्देशन दिन नमिल्ने तर्क गरेका हुन् । खेलकुद विकास समितिले खेल क्षेत्र यो संगै कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले खेलाडी छनोटमा समेत जिल्लामा पक्षपात हुने गरेको आरोप लगाएका छन् ।
योग्य खेलाडीलाई छनोट नगरी आफ्ना नजीकका खेलाडीलाई छनोट गर्ने प्रवृत्तिले पनि खेल क्षेत्रको विकासमा बाजुरा पछाडी परेको नगर प्रमुख खड्काको भनाई थियो । यो कुरामा सुधार गरेर योग्य खेलाडीलाई मात्रै जिल्लाबाट छनोट गरेर प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पठाउनुपर्नेमा नगर प्रमुख खड्काले जोड दिएका छन् । जिल्ला बाहिरका रेफ्रीहरु बोलाएर मात्रै खेल सञ्चालन गर्नुपर्ने नगर प्रमुख खड्काले बताएका छन् । जबसम्म निष्पक्ष खेल खेलाइने वातावरण हुँदैन तबसम्म खेल क्षेत्रको विकास नहुने बताएका छन् । खेल क्षेत्रको विकास कसैलाई आरोप लगाएर भन्दा पनि आपसी समन्वय र सहकार्यका माध्यमबाट सम्भव हुने उनले बताएका छन् । खेल क्षेत्रको विकासका लागि प्रदेश र संघ सरकार संग निरन्तर समन्वय र छलफल गरिरहेको नगर प्रमुख खड्काले दाबी गरेका छन् । नगर प्रमुख खड्काले खेल क्षेत्रको विकासका लागि तीन वटै तहका सरकार खेलकुद मातहतका संघ संगठनहरु एकताबद्ध भएर हातेमालो गरेर अगाडी बढ्न जरुरी रहेको बताएका छन् । खेल क्षेत्रमा बडीमालिका नगरपालिका अन्य पालिकाको तुलनामा अगाडी रहेको दाबी गर्दै नगर प्रमुख खड्काले अझै खेलाडीहरुलाई प्रोत्साहन गर्न, खेलमैदान निर्माण गर्न,खेलाडीहरुलाई थप हौसला प्रदान गर्न, समग्रमा नगरको खेल क्षेत्रको विकासका लागि आवस्यक लगानी गर्न प्रतिबद्ध रहेको प्रतिबद्धता जनाएका छन् ।
बिगतमा भएका कमि कमजोरीहरु सच्याउदै नगर सरकार प्रति गरेका अपेक्षा पूरा गर्ने गरी नगर सरकार सञ्चालन गरिरहेको दाबी गरेका छन् । नगर प्रमुख खड्काले फरक प्रसङ्गमा बोल्दै प्रमुख सामुदायिक बिद्यालयको स्तरउन्नति, खेल क्षेत्रको विकास, पुर्वाधार विकासका लागि आवस्यक पहल गर्न प्रदेश सभा सदस्य शाहीलाई आग्रह गरेका छन् । बडीमालिका नगरपालिकका ३ वटा बिद्यालयलाई आवसिय बिद्यालय बनाउने तयारीमा नगरपालिका रहेको बताउदै प्रमुख खड्काले प्रदेश सरकारको प्रतिनिधिका हिसाबले सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर