
बाजुराः नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री प्रतिनिधि सभा सदस्य युवाहरुका आशा अनि भरोशाका केन्द्रविन्दु युवा नेता विश्वप्रकाश शर्मा बाजुरा आउने भएका छन् ।यहीँ मंसिर १९ गते महामन्त्री शर्मा बाजुरा आउन लागेका हुन् । यहीँ मंसिर १९ गते नेपाली काँग्रेस बाजुराले आयोजना गर्ने जिल्ला भेला लाई सम्बोधन गर्न आउने नेपाली कांग्रेस बाजुराले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । महामन्त्री शर्मा पहिलोपटक बाजुरा आउन लागेका हुन् । महामन्त्री शर्माको प्रमुख आथित्यतामा कांग्रेस बाजुराले जिल्ला स्थित शिर्ष नेताहरुको उपस्थितमा बृहत आम सभा कार्यक्रम गर्ने तयारी गरेको छ ।
महामन्त्रि शर्मा कांग्रेस भित्र युवा पुस्ताको बिश्वासको पात्र हुन् । युवाहरु माझ लोकप्रिय नेता महामन्त्री शर्माको उपस्थितिमा हुने कार्यक्रम भव्य हुने अपेक्षा कांग्रेस नेताहरुले लिएका छन् । महामन्त्री शर्माको प्रमुख अथित्यतामा हुने कार्यक्रममा पार्टीका शिर्ष नेताहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,प्रदेश पधाधिकारी, पार्टिका भातृ संघ सुभेच्छुक सँस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत अन्य नेता कार्यकर्तालाई उपस्तिथिका लागि काँग्रेस बाजुराले अनुरोध समेत गरेको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर