
काठमाडौं- लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ताको सम्भावना रहेको मुख्यमन्त्री चौधरीले बतायो ।
नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २/ १बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ /१बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५/ २ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।
आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी छ । यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर