• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 16, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

परम्परागत ‘तानमा महिला’: परिश्रम,सीप र संघर्षकाे जीवन्त कथा

परम्परागत तान बुन्दै बडीमालिका ७ की कला थापा: तस्वीर: गाेविन्द्र राज तिमिल्सेना
खप्तड मालिका न्युज April 16, 2026 मा प्रकाशित (८ घण्टा अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुरा: बाजुराकाे बडीमालिका ७ की कला थापा (भाेटे) विहानकाे घामसंगै आफ्नै संसारमा व्यस्त देखिन्छिन्।घरकाे आँगनमै हाते तान अगाडी बसेर ऊनका सूक्ष्म रेखाहरुलाई कपडामा रुपान्तरण गर्ने जिम्मेवारी सम्हाल्छिन्।

उनकाे चलायमान हातकाे गति र अनुहारकाे एकाग्रता हेर्दा तान बुन्ने काम केवल जीविकाेपार्जन मात्रै नभई परम्परागत प्रविधि,सीपकाे संरक्षण र जीवनकाे अभिन्न हिस्सा बनेकाे देखिन्छ।बुढ्याैली उमेरमा समेत उनकाे जाेश,जागर र सीप निकै लाेभलाग्दाे देखिन्छ।

पछिल्लो समय प्रविधिकाे विकासले यस्ता परम्परागत प्रविधि र सीपकाे संरक्षणमा चुनाैती थपिदैँ गए पनि उनले परम्परागत सीपलाई भने छाेडेकी छैनन्।बरु उनले अन्य व्यक्तिहरुलाई समेत यस्ता सिपकाे संरक्षण गर्नमा सहयाेग पुर्याउन आग्रह गर्छिन्।थापा तानमा बसेर आफ्नै संघर्षको कथा बुन्ने काममा व्यस्त हुन्छिन्।

हाते तानकाे सानाे दुनियाँभित्र उनी घण्टाैँसम्म हराउँछिन्, शहरकाे जस्ताे विना काेलाहल,शान्त वातावरण,जहाँ केवल धागाेकाे सुस्केरा र परिश्रमकाे ताल मात्र सुन्न सकिन्छ।हात थाक्दैनन्,र हातलाई थाक्ने छुट समेत छैन्।तानमा बुनेका कपडा केवल प्रयाेगका लागी मात्र नभई,त्यसभित्र परिश्रम,सीप र संघर्ष समेत लुकेकाे हुन्छ।

अहिलेकाे आधुनिक युगमा परम्परागत सीपकाे संरक्षण गर्न अति आवश्यक रहेकाे थापा बताउँछिन्।उनी भन्छिन्, ‘बजारमा आधुनिक कपडाकाे महत्त्व बढ्दै गए पनि मैले याे पेशा छाेडेकी छैन्।किनकी यी हाम्रा परम्परागत सीप र सम्पत्ति हुन्,त्यसैले हामीले यिनकाे संरक्षण गर्नुपर्छ। ’

उनले बुनेका राडी,पाखी वा अन्य कपडाहरू दरिलाे र टिकाउ समेत हुने गरेका छन्।सिपलाई संकटमा पर्न नदिन आफूले फुर्सदकाे समयमा तान बुन्ने गरेकाे उनकाे भनाई छ।उनले भनिन्,‘तान बुन्ने काममा समय र धैर्य चाहिन्छ।तानमा बसेर धागाे मिलाउने,बुन्ने र कपडा तयार पार्ने काम सजिलाे छैन्।तर,समयकाे सदुपयोग र परम्परागत सीपकाे संरक्षण गर्न काम गरिरहन्छु।’

पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेसा सङ्कटमा पर्दै गएको थापा बताउँछिन् ।दुखेसाे पाेख्दै भन्छिन्,‘आधुनिकताले माैलिक र परम्परागत पेशा,व्यवसाय संकटमा परे। मानिसहरु विलासी दुनियाँमा मस्त भए भेडापालन गर्ने र हातमा सीप भएकाले चासो दिन छोडेपछि गाउँमा राडीपाखी बुन्ने प्रचलन विस्तारै लाेप हुदैँ गयाे।’

अहिलेका नयाँ पुस्ता नयाँ प्रविधि र शहर केन्द्रित हुँदा परम्परागत सीप लाेपन्मुख अवस्थामा पुगेका हुन्।तर कतिपय महिलाहरुले यस्ता पेशा,व्यवसायलाई निरन्तरता दिई रहँदा परम्परागत तानकाे अस्तित्व धराप पर्नबाट जाेगिएका छन्उ नीहरुले मेहेनत गरेर हातले बुनेका धाँगाहरु कपडा मात्र नभई,गाउँकाे कथा,सीप,संघर्ष र अस्तित्वका दस्तावेज बनेका छन्।

थापाकाे लागी तान बुनाई केवल काम हाेईन,परम्परा जाेगाउने माध्यम हाे।उनले आफ्नो सीप र संस्कृतिलाई धाँगाेमा बाँधेकी छिन्।त्याे प्रत्येक धाँगाेमा उनकाे परिश्रम,सीप र संघर्ष झल्किने गर्छ।उनकाे त्यहि सीप र संघर्षले पूराना परम्पराकाे अस्तित्व जाेगाएकाे छ।उनकाे दैनिकी करघासंगै वित्ने गरेकाे छ।

तान बुन्ने कामले केवल आम्दानी मात्रै दिँदैन्,आत्मसम्मान समेत दिने गर्छ।‘अरुबाट ऊन मागेर भए पनि तान बुन्ने गर्छु,’ उनी भन्छिन्,“याे कामले आफैमा आत्म सन्तुष्टि मिल्ने गर्छ।बुनेका राडीपाखी जुनसुकै समयमा काम लाग्छन्।नेपाली बजारमा यस्ता कपडाहरुकाे माग समेत बढ्दाे छ।समयकाे पनि सदुपयोग,प्रविधि र सीपकाे समेत संरक्षण हुने गर्छ।”

परम्परागत तान बुन्दै गरेकी महिला: तस्वीर: गाेविन्द्र राज तिमिल्सेना

दुर्लभ बन्दै राडीपाखी व्यवसाय:

आधुनिक प्रविधिका कारण पछिल्लो समय राडीपाखी व्यवसाय दुर्लभ बन्दै गएकाे छ।बाजुराका ९ वटै स्थानीय तहमा पछिल्लो समय तान बुन्ने प्रचलन हराउँदै गएकाे हाे।

चरनको अभावमा भेडा पाल्नेहरु कम हुँदै गएपछि राडीपाखी पेशा,व्यवसाय समेत प्रभावित बनेकाे हाे।बिगतका दिनमा गाउँघरमा भेडा पालन र राडीपाखी राम्रो आम्दानीको स्रोतकै रुपमा लिने गरिन्थ्यो ।

तर पछिल्लो समय पेशा व्यवसाय नै संकटमा परेकाे छ।अहिले बाजुरामा यी दुबै पेशा दुलर्भ बन्दै गएका हुन्।फाट्टफुट्ट कतिपय ठाउँमा तान बुन्ने प्रचलन भए पनि पेशाकै रुपमा व्यवसाय गर्न भने छाेडिएकाे हाे।

बनजंगल र चरन क्षेत्रमा अलैंची जडिबुटि, कृषि तथा फलफूल जन्य खेती लगाउन थालेपछि भेडा पालन संख्यामा कमि हुँदा ऊनको अभावमा राडिपाखी पेशा समेत दुलर्भ बन्दै गएको हाे।बाजुराकाे पुर्वी उत्तरी भेगमा याे पेशा बढि अपनाइएको पाइन्छ ।

भेडाको उन अभावमा अहिले गाँउमा अधिकांशले तान बुन्ने पेशा छोड्दै गएका हुन्।भेडाकाे उनबाट बनेका राडी,कम्मल, पाखी,फेरुवाकाे तीन हजार देखि ८ हजारसम्म पर्ने गर्छ। भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने हुँदा पनि याे पेशा दुर्लभ बनेकाे हाे।

परम्परागत तान बुन्दै बडीमालिका ७ की कला थापा: तस्वीर: गाेविन्द्र राज तिमिल्सेना

सम्बन्धित पोस्ट
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
  • आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै
  • बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)
  • दुर्गमका नागरिककाे सपना साकार: बाजुराकाे काेल्टीमा ईलाका प्रशासन स्थापना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    परम्परागत ‘तानमा महिला’: परिश्रम,सीप र संघर्षकाे जीवन्त कथा

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

    समाचार

    परम्परागत ‘तानमा महिला’: परिश्रम,सीप र संघर्षकाे जीवन्त कथा

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

    बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)

    दुर्गमका नागरिककाे सपना साकार: बाजुराकाे काेल्टीमा ईलाका प्रशासन स्थापना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑