
काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको कल्याण र सुस्वास्थ्यको कामना गरेका हुन् ।

प्रधानमन्त्री शाहले संस्कृतको प्रसिद्ध श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ उल्लेख गर्दै संसारका समस्त प्राणीको हित र सुखको प्रार्थना गरेका छन् । उनले आफ्नो सन्देशमा भनेका छन्, ुहामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको पावन अवसरमा उनले कसैलाई पनि दुःख नपरोस् र सबैले शुभ कुराहरू मात्र देख्न र भोग्न पाउन भन्ने भावना व्यक्त गरेका छन्। शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुखद भविष्यका लागि मंगलमय शुभेच्छा प्रकट गरेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर