• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 15, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नयाँ बर्ष २०८३: घुम्न लायक बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु

खप्तड मालिका न्युज April 14, 2026 मा प्रकाशित (१ दिन अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: आजबाट नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ।नयाँ उत्साह र उमंगका साथ सम्पूर्ण नेपालीहरुकाे घरदैलोमा नयाँ बर्ष आईपुगेकाे हाे।नयाँ बर्षमा साथीभाई,घर-परिवार जन र साथीभाईविच भेटघाट समेत भएको छ।

यो नयाँ वर्षले जीवनमा आशा, उत्साह र समृद्धिका नयाँ किरणहरू छरोस्, सत्य, मर्यादा र उत्तरदायी मार्गमा हामी सबैलाई अझ दृढ बनाओस् भन्ने कामना समेत गर्दछाैँ।

सबैलाई शान्ति, समृद्धि,उत्तरोत्तर प्रगति र सहकार्यको उज्यालो यात्रामा निरन्तर अगाडि बढ्ने प्रेरणा मिलोस्।नव बर्ष २०८३ सालकाे हार्दिक मंगलमय शुभकामना।।

नयाँ बर्षकाे अवसरमा घरपरिवार,आफन्तजन र साथीभाईहरु बिच कुनै पर्यटकीय क्षेत्रकाे भ्रमण गरि मनाेरञ्जन लिने साेचमा हुनुहुन्छ?यदि हुनुहुन्छ भने,बाजुरामा यस्ता थुप्रै पर्यटकीय गन्तव्य छन्।जसकाे भ्रमणले तपाईंको नयाँ बर्ष थप उमंग,उत्साह र साैन्दर्य बनाउनेछ।

घुम्न लायक बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु:

धर्तिकाे भू-स्वर्ग बडीमालिका:

बाजुरा जिल्लाकाे त्रिवेणी नगरपालिकामा अवस्थित धर्तिकाे भू-स्वर्ग बडीमालिका चर्चित धार्मिक तथा पर्यटकीय स्थल मध्ये एक हाे।यहाँ हरेक बर्ष जनैपूणिर्माकाे बेला भव्य पूजाआजा हुने गर्छ। बडीमालिका माताकाे दर्शन गर्न देश तथा विदेशबाट लाखौं दर्शनार्थी त्यहाँ जाने गरेका छन्।

धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन्।

बडीमालिका धर्तीकाे भू-स्वर्गकाे रुपमा समेत परिचित छ।छिमेकी देश भारत लगायत अन्य छिमेकी देशबाट दर्शनार्थी बडीमालिका पुग्ने गर्छन्।बडीमालिकामा अहिले नेपाली सेनाले करिब २ करोडको लागतमा प्यागोडा शैलीमा बडीमालिका माताको मन्दिर समेत निर्माण गरेकाेले बडीमालिका थप प्रख्यात बनेकाे छ ।

साथै प्रधानमन्त्री बालेन शाहले बडीमालिकालाई
‘स्विजटरल्याण्डकाे बाउ ’भनेपछि झनै विश्वभर चर्चामा छ।अहिले बडीमालिकामा सेताम्य हिउँ भएकोले यात्रा गर्न निकै मुस्किल पर्छ।धार्मिक आस्थाकाे धरोहर बडीमालिकामा हरेक बर्ष साउन शुक्ल चदुर्दशीका दिन मेला लाग्ने गर्छ।

बडीमालिका माताकाे दर्शनले मागेकाे वर प्राप्त हुने,मनकाे मनोकाङ्क्षा पूरा हुने, रोग,व्यादी हट्ने, पुत्र नभएकालाई पुत्र लाभ हुने धार्मिक विश्वासहरू रहेकाे छ ।बडीमालिका प्राकृतिक साैन्दर्यता र धार्मिक हिसाबले निकै महत्त्वपूर्ण छ।

बाजुराको मल्लागिरी पर्वत (बडी मालिका) मा सतिदेवीकाे बायाँ कुम पतन भई त्यही मल्लागिरीमा बडिमालिकाको मन्दिर स्थापना गरेर पूजा गर्न थालिएको जनविश्वास छ ।बडीमालिका क्षेत्रमा हरियाली फाँटमा भेँडा र घोडा खच्चडका बथान देख्न सकिन्छ।

लोपन्मुख प्रजातीका वन्य जन्तु तथा पशु पंक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन।  बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बाजुरा पुगाइ सरकारी पूजा टोली बाजागाजाका साथ बडीमालिका लैजाने प्रचलन रहि आएको छ।बडीमालिका स्वर्ग भित्रकाे अर्काे नयाँ संसारकाे रुपमा समेत परिचित छ।

पहाडै पहाडको बुढिनन्दा ताल:

बाजुराकाे बुढिनन्दा नगरपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल बुढिनन्दा दिव्य भूमि हाे।प्रशिद्ध धार्मिक तथा ऐतिहासिक बुढीनन्दा तीर्थस्थल धार्मिक, पर्यटकीय, पौराणीक र ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ ।

बुढीनन्दत बुढी भनेको जेठो, नन्दा भनेको अविवाहित कन्या भन्ने अर्थ लाग्दछ । नौ माईदेवी भगवती मध्ये बुढीनन्दा माई भगवती जेठी हुन भन्ने भनाई रहेको छ । देवीको पनि देवी र अविवाहित भएकाले बुढीनन्दा माई भनिएको कहावत रहँदै आएको छ ।

सतीदेवीको खुट्टाको बुढीऔंला खसेकोले बुढीनन्दा माईको अवतार भएको भनाई छ ।यहाँ पनि हरेक बर्ष शाउन शुक्त चतुर्दशीका दिन पूजाआजा हुन्छ।बुढिनन्दा चट्टानै चट्टानको बिचमा ठुलो ताल छ । यस वरीपरी साना ठुला गरी अरु ९ ओटा तालहरु पनि छन ।

मुख्य तालको उचाइ ४ हजार ५ सय ८१ मिटर उचाइमा रहेको यो ताल तिलिचो पछी दोस्रो अग्लो स्थानमा रेहको ताल मानिदै आएको छ ।धार्मिक तथा जिल्लामा प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेका बुढिनन्दाको पनि कैलाश ताल,राक्षस ताल, त्रिबेणी ताल, दउने ताल लगाएतका तालहरु छन्।

१० महिना सेतो हिँउको घुम्टोमा बुढिनन्दा ढाकिन्छ।यसलाई पहाडै पहाडको शहर समेत भनेर चिनिन्छ।
यहाँका फरक तालहरूको विशेषता आ–आफ्नै छ। कोही दानवका लागि महत्वको बोकेका छन्। कोही भगवानका लागी।यहाँ पुगेर दर्शन गरेकाे खण्डमा मागेकाे वर प्राप्त हुने जनविश्वास छ।

रानिसैन संगकाे सामिप्यता:

बाजुरा जिल्लाको पर्यटकीय क्षेत्र रानिसैन एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हाे। रानिसैन बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ। रानीसैन पर्यटकीय विकासका हिसावले प्रचुर सम्भावना बाेकेकाे क्षेत्र हाे।

सुन्दरताले भरिएको यहाँ सुन्दर मनमोहक दृश्य देख्न सकिन्छ।बाजुराकाे हिमाली गाउँपालिकाको वडा नम्बर ३ मा रानिसैन पर्यटकीय क्षेत्र रहेकोे छ। स्वर्ग जस्तै सुन्दर हिमाल र हिमतालहरू भएका कारणले रानीसैन प्रख्यात छ।

रानिसैन समुद्री सतहबाट ३ हजार ५ सय ७८ मिटरको उचाइमा रहेको छ। हेर्दा चारैतिर प्रकृतिले टपक्कै फुर्सदमा कोरेको ठाउँ जस्तै देखिन्छ।रानीसैन पाटन र हिमताल साथै सानातिना देखि ठुलो खालका झरनाहरु अवलोकन सहित रमाउन सकिन्छ।

हिमाल र पहाडका बीचमा सम्म परेर वर्षा याममा हरियो र हिउँद याममा सेतो कार्पेट प्रकृतिले ओछ्याए जस्तो एक सुन्दर आनन्द रमाइलो अनुभुती हुने स्थानकाे रुपमा रानिसैनलाई लगिन्छ। रानिसैनकाे पश्चिममा अपि सैपाल हिमालको हिउँले ढाकेको छ।

फेदीमा ३ हजार ५ सय ७८ मिटरको उचाइमा हिमताल छ। जुन ठाउँबाट दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न सकिन्छ। पर्यटकीय क्षेत्र नजिकै जडिबुटीको भण्डार, बुकी, घाँस लगायतका चिजबिज पाइने गरेका छन्।

यहाँ जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँचऔँले, सेतो चिनी, विष, यार्सागुम्बा लगायतका सयौं जातिका जडीबुटी पाइन्छन्। रानिसैन पर्यटन,प्रबर्द्धन,संरक्षण र सम्बर्द्धनकाे पर्खाइमा छ।यहाँ घुम्न जाने पर्यटकले यसलाई पहाड भित्र लुकेकाे नयाँ संसार उपनाम दिने गरेका छन्।घुम्नकाे लागी महत्त्वपूर्ण स्थान मानिन्छ ।

खप्तड क्षेत्र:

याे एक प्रमुख धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्य हो। जुन बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यस क्षेत्रमा सुन्दर पाटन, झोती (थुम्का), दह, खप्तड राष्ट्रिय निकुञ्ज, र प्रसिद्ध त्रिवेणीधाम जस्ता पर्यटकीय आकर्षणहरू छन्,।

जहाँ खप्तड बाबाले ५० वर्षसम्म तपस्या गरेका थिए ।धार्मिक तथा प्राकृतिक दुबै दृष्टिकोणले खप्तड महत्वपूर्ण मानिन्छ।शान्त वातावरण,घाँसे मैदान र आध्यात्मिक अनुभवका लागी याे क्षेत्र प्रसिद्ध छ।

यहाँ गङ्गादशहरा, जनैपूर्णमा, भदौ शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) जस्ता धार्मिक पर्वमा मेला लाग्ने र पूजाआजा हुने गर्छ। यस क्षेत्रमा हजारौँको सङ्ख्यामा तीर्थयात्री भेला भएर मेला भर्ने गर्दछन् ।

खप्तड क्षेत्रमा २२ वटा पाटन रहेका छन् । बाघ बुट्टे निगांलो पाइने यो राष्ट्रिय निकुञ्ज समेत हो ।यस क्षेत्रकाे भ्रमणले मनाेकांक्षा पूरा हुने र आध्यात्मिक अनुभव प्राप्त हुने जनविश्वास छ।

नाटेश्वरी मन्दिर:

याे एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र हो । विशेष गरी जनैपूर्णिमा, चैत्र अष्टमी र बडादसैँमा देवीको पूजा गर्नका लागि हिन्दू धर्मावलम्बीहरूमा नाटेश्वरी मन्दिरको निकै महत्त्व छ ।

यस मन्दिरमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नाटेश्वरी देवीको पूजा गर्न र बली चढाउन आउने गर्दछन् । समुन्द्री सतहबाट एक हजार ४ सय फिट उचाइमा अवस्थित यो मन्दिर बाजुराको त्रिवेणी नगरपालिका-७ मा पर्छ ।

जनैपूर्णिमाको दिन अर्थात् आज नाटेश्वरी मन्दिरमा ठूलो पूजा लागेको छ बडीमालिकालाई बहिनी र नाटेश्वरीलाई दिदी भएको जनविश्वास रहिआएको छ । नाटेश्वरीलाई ‘नाचनथली’ पनि भन्ने गरिन्छ ।

भगवान शिव, पार्वती लगायत अन्य देवीदेवताको नाचगान गर्ने स्थल भएका कारण र नाटेश्वरी नामकरण भएको स्थानीयको भनाई रहेको छ । २०३४ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले हेलिकोप्टरबाट नाटेश्वरी मन्दिरको दर्शन गरेका थिए।याे विशेष गरी धार्मिक क्षेत्र संग सम्बन्धित छ।

छेडेदह ताल:

छेडेदह ताल प्राकृतकि हिसाबले मनमोहक,आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्ने एक तालको रुपमा परिचित छ ।जसलाई (प्रेम ताल) उपनामले चिनिन्छ । तालको आकार पानको पात जस्तै लभ आकारको छ जसले गर्दा उक्त ताललाई प्रेम ताल नामक उपनामले चिनिन्छ ।

वरिपरी डाडाँकाडाँ बिचमा गहिरो परेको ठाउँमा पानको पत्ता जस्तै छेडेदह ताल सजिएको छ । ताललाई टाढाबाट नियाल्दा ठ्याक्कै लभ आकारको देखिन्छ।छेडेदह अर्थात प्रेम तालको मुख्य गुण भनेको प्रेमको आभास गराउने बुझिन्छ ।

तालको नजिकै बसेर तालको पानीमाथी आएका पानीका फोका हेर्दै,तालमा ससाना ढुङगा फाल्दै प्रेमील जोडिहरु आफ्नो माया,सम्बन्धको बारेमा एक अर्काबिच कुराकानी साटासाट गर्दै रमाईरहेका हुन्छन्। तालको त्यो सामिप्य मायासंग ति प्रेमील जोडीहरु एक आपसमा रमाईरहेका हुन्छन् ।

खप्तड छेडेदह गाउँपालिका ४ र ७ को बीचमा यो पर्छ । संरक्षणको अभाववमा यो ताल संकटमा पर्दै गएको छ । संरक्षणको अभावमा छेडेदह तालको प्राकृतिक स्वरुप हराउँदै गएपछि चराचुरुङ्गीको बाँसस्थान पनि संकटमा परेको छ । संरक्षण,पर्यटन पर्वद्धन नहुँदा छेडेदह तालको पछिल्लो समय मोह घट्दै गएकाे छ।तर घुमफिरकाे प्रमुख गन्तव्य मध्ये याे पनि एक हाे।

टाईगर हिल कालाजग्रा:

समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाईमा रहेको बाजुराको कालाजग्रा प्राकृतिक तथा धार्मिक हिसाबमा निकै महत्त्वपूर्ण छ । टाईगर हिलका नामले चिनिने कालाजग्रा धार्मिक तथा प्राकृतिक हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ।

यहाँ प्रत्यके बर्ष साउन पुर्णिको बेला पुजा हुने गरेको छ। पुजाआजा गर्नको लागी आन्तरिक तथा बाह्य श्रदालु भक्तजन आउँने गर्छन्।यहाँबाट बाजुराका ठुला धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका,बुढिनन्दा,हुम्ला,जुम्ला लगायत ठाउँमा अग्ला सेताम्य हिमाल,अपी,शैपाल हिमाल लगायतका दृश्यहरु प्रष्ट देख्न सकिन्छ ।

साथै यहाँबाट बाजुराको सुन्दर क्षेत्र कोल्टी,पाण्डुसैन,
पोरखेगढीको पनि दृश्यावलोकन गर्न सकिन्छ।भिमकाय पहाडमाथि उभिएको कालाजग्राबाट सेताम्य हिउँका पहाड, वरपरको मनोरम दृश्य नियाल्दै पर्यटक रमाउने गरेका छन्।

वरपर जताततै अग्ला पहाड,टाढाटाढाका सुन्दर हिमाल, वनजंगल, चराचुरुंगी र वन्यजन्तुले मानिसलाई साच्चै स्वर्ग पुगेको आभास हुन्छ।धर्ती स्वर्ग छ भन्ने कुराको आभास यहाँबाट अनुभूती गर्न सकिन्छ। यहाँको भिन्न भूबनोट,फरक हावापानी र सुन्दर प्रकृतिले गर्दा यो क्षेत्र साच्चै पहाड भित्र लुकेको अर्को नयाँ संसार,विचीत्रताको खानी,उपनाम जस्तैः लाग्ने गर्छ ।

दुई पहाडको थुम्कोमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ । यस क्षेत्रबाट अद्भूत शक्ति र वरदान प्राप्त हुने जनविश्वास रहेको छ।यहाँ अनाैठाे गुफाताल समेत छ। देवीकाे वासस्थान रहेकाे हुँनाले यसलाई कालाजग्रा देवी भनिएकाे बुढापाखाकाे भनाइ छ।

सम्बन्धित पोस्ट
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
  • आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै
  • बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)
  • दुर्गमका नागरिककाे सपना साकार: बाजुराकाे काेल्टीमा ईलाका प्रशासन स्थापना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

    बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)

    समाचार

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

    आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

    बाजुरामा लहलहाउँदो गहुँबाली (तस्वीरसहित)

    दुर्गमका नागरिककाे सपना साकार: बाजुराकाे काेल्टीमा ईलाका प्रशासन स्थापना

    नयाँ बर्ष २०८३: घुम्न लायक बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑