• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कपिलवस्तुमा १५ शय्याको अस्पताल बन्दै

खप्तड मालिका न्युज April 9, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 चैत्र,२६-  कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताए ।महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमिक उपचार सेवा केन्द्रको उत्तरतर्फ एक बिघा बढी जग्गामा निर्माण थालिएको यस अस्पतालमा जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसी डेन्टल आँखालगायत आधारभूत सेवा उपलब्ध हुने नगरप्रमुख कलामले बताए । प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र चौधरीले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्न लागिएको तीमध्ये छ वडामा बर्थिङ सेन्टर सञ्चालन भइसकेको जानकारी दिनुभयो । प्राथमिक उपचार सेवा केन्द्रमा अहिले एक्स–रे सेवा, चार वटा ल्याबलगायत भौतिक पूर्वाधारसमेत विस्तार गरिएको छ । नगरकै गौरवको योजनाकारुपमा रहेको अस्पताल निर्माणको काम अघि बढेकाले आम नागरिक खुसी भएको स्थानीयवासी जगन्नाथ पुरीले बताए । नगरपालिकाले रु २८ करोडको लागतमा अस्पताल बनाउन टेण्डर आह्वान गरेकामा कुमाररोयल जेबीले रु १५ करोड ४६ लाखमा निर्माण गर्ने गरी ठेक्का हाल परेको छ । लिफ्ट सिस्टम, आपाङ्गतामैत्री वातावरणसहितको एक हजार २०० स्क्वायर फिटमा तीनतले र २९ कोठे अस्पताल निर्माण गरिने भएको छ । आगामी अप्रिल २०२४ मा भवन निर्माणको काम सकिने निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र स्वाँरले जानकारी दिए। भवन शिलान्यासका अवसरमा प्राथमिक सेवा उपचार केन्द्रलाई जग्गा दान दिने गङ्गोत्री चौधरी, शत्रुघनप्रसाद चौधरी, अंशु बर्मा, राधेकिशुन जैसवाल र शन्तराम बरइलाई सम्मान गरिएको थियो ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑