• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

खप्तड मालिका न्युज August 13, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा: बडीमालिका नगरपालिका वडा.नम्वर ७ स्तरिय युवा क्लवकाे आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ।

एक औंपचारिक कार्यक्रमका बिच ‘भिन्न परिवेश, साझा आकांक्षा’ युवा दिवसकाे नारा सहित युवा,महिला
समूह जनप्रतिनिधि,बालबालिका,सामाजिक अभियन्ता, शिक्षक,विद्यार्थी,लगायत पत्रकारकाे उपस्थितिमा ७ नम्वर वडा कार्यालयमा कार्यक्रमकाे आयोजना गरिएको हाे।

हरेक गतिविधिमा सक्रिय वडा स्तरिय युवा सञ्जालले
अन्तर्राष्ट्रिय युवा दिवस-२०२६ काे अवसरमा वातावरण संरक्षण गर्न वृक्षरोपण कार्यक्रम गरेकाे सञ्जालका सचिव लाेकेन्द्र तिमिल्सेनाले बताए।साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उदेश्यले बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गरिएको उनकाे भनाई छ।

कार्यक्रममा सम्मानजनक र सभ्य समाज निर्माणमा युवाकाे महत्त्वपूर्ण भूमिका रहने हुँदा जागरुक युवाहरुलाई नीति, निर्माणमा सक्रिय सहभागीता गराउन प्रमुख आवश्यकता रहेकाे औंल्याईएकाे थियाे।कार्यक्रममा वाेल्ने वक्ताहरुले युवा समाज परिवर्तनका संवाहक भएकोले उनीहरुले समाजमा रहेका विकृति,विसंगति,छुवाछूत,भेदभाव,बालविवाह,लैङ्गिक हिंसा जस्ता अपराधकाे न्युनिकरणमा एकजुट भएर लाग्नुपर्नेमा जाेड दिएका थिए।

वन संरक्षणकाे महत्त्वपूर्ण उपाय वृक्षरोपण भएकोले युवा सञ्जालकाे सक्रियतामा दिवसकाे सदुपयोग गर्दै वृक्षराेपण
गरिएको सञ्जालका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताए।उनले दिएकाे जानकारी अनुसार,माेरपङ्खी,बाँस,सिमल, बैँसका गरेर करिब ५० बढि बिरुवा वृक्षारोपण गरिएको जानकारी दिए।बिरुवा वृक्षरोपणले वातावरणीय संरक्षणमा प्रभाव पर्ने अपेक्षा लगिएकाे उनकाे भनाई छ।

चुथी स्थित १० शैया अस्पताल क्षेत्र,लक्ष्मी मावि र ज्ञानाेदय माविमा विरुवा वृक्षरोपण गरिएका हुन्।नीति,निर्माणमा युवाकाे सहभागीता,आजका युवा भाेलीका कर्णधार,
वृक्षरोपण गराै,वन जाेगाऔँ,बालविवाहकाे अन्त्य गराैँ,
जस्ता नारा सहित चुथी बजार परिक्रमा गरिएको थियाे।नारा जुलुसले युवा सहभागीता र सभ्य समाज निर्माणकाे गहिराे सन्देश दिएकाे हाे।

वडा स्तरिय युवा सञ्जालका अध्यक्ष गणेश राज तिमिल्सेनाकाे अध्यक्षतामा सञ्चालनमा भएको कार्यक्रममा एच.आरसी (HRC) बाजुराकी सामाजिक परिचालक शान्ति तिमिल्सेना,ज्ञानाेदय माध्यामिक विद्यालयका शिक्षक कुमार सिंह,लक्ष्मी माध्यामिक विद्यालयका शिक्षक नर बहादुर कार्की,वडा स्तरिय युवा सञ्जालका पदाधिकारी,पत्रकार लगायत लक्ष्मी र ज्ञानाेदय माविका गरेर ३० बढि विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे।

युवा समाज परिवर्तनका आधार भएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने,नीति,निर्माण तथा कार्यान्वयनमा युवा सहभागीता बढाउनु अन्तर्राष्ट्रिय युवा दिवसकाे मुख्य उदेश्य हाे।संयुक्त राष्ट्र संघकाे आह्वानमा सन्:२००० (अगस्ट १२) तारिखका दिन देखि याे दिवस मनाउने गरिएको हाे।

सम्बन्धित पोस्ट
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑