
चैत्र,२५- युक्रेनमा एक रेलवे स्टेशनमा भएको रुसी रकेट हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । युक्रेनको सरकारी रेल कम्पनीले यसको बारेमा जानकारी दिएको हो । रुसले यो हमला क्रामाटोस्र्क स्टेशनमा गरेको हो । रुसको हमलाकाबीच पनि क्रामाटोस्र्क काम गरिरहेको रेल स्टेशनको रुपमा थियो ।

युक्रेनका रेल प्रमुखले भनेका छन्, ‘स्टेशनमा दुुई रकेट हमला भएको थियो, जुन पूर्वी युक्रेनबाट बाहिर निक्लने एक ठूलो माध्यम थियो ।’ दोनेत्स्कको क्षेत्रिय गभर्नरका अनुसार प्रहरी र बचाउकर्मीले ठूलो संख्यामा मानिसको लास फेला पारेका थिए र कयौ घायते पनि फेला परेका थिए । जुन समयमा यो स्टेशनमा हमला भएको थियो, उक्त समयमा यहाँ हजारौ संख्यामा मानिस रहेको दावी उनले गरेका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर