
चैत्र,२४- आर्थिक संकटबाट गुुज्रिरहेको श्रीलंकालाई भारतले सहयोग गरेको छ । भारतले बुधबार श्रीलंकाका लागि पेट्रोल र डिजलको दुुई खेप पठाएको छ । श्रीलंकास्थित भारतीय दूतावासले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । दूतावासका अनुसार ३६ हजार मेट्रिकटन पेट्रोल र ४० हजार मेट्रिक टन डिजेल श्रीलंका पठाइएको छ ।

भारतले हालसम्म श्रीलंकालाई २,७०,००० मेट्रिकटन इन्धन पठाएको जानकारी दूतावासले दिएको छ । भारतले इन्धनका अलवा श्रीलंकालाई अन्य कयौ किसिमका सहायता पठाइरहेको छ । यसमा अन्न र औषधी प्रमुख छन् ।
श्रीलंकाको सरकारले कयौं पटक भारतको यो सहयोगप्रति आभार व्यक्त गरेको छ । श्रीलंकाका कयौ परिचित हस्तीले भारतका तर्फबाट श्रीलंकालाई भइरहेको सहयोगका लागि भारत सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर