
चैत्र,२४- विवाहको ४१ वर्षमा एक दम्पतीले एकअर्काविरुद्ध ६० वटा मुद्धा दर्ता गराएका छन् । घटना भारतको हो । रोचक यसखाले घटनाले मुख्य न्यायाधीशलाई पनि सोच्न बाध्य बनाएको छ । भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश एनवी रमानले वैवाहिक विवादको यो घटनालाई विशेष रुपमा हेरेका छन् ।

सम्बन्धविच्छेद भइसकेका ती दम्पतीले ४१ वर्षपछि एक अर्काको विरुद्धमा ६० मुद्धा दर्ता गराएका हुन् । बिहेको ४१ वर्षमा छुट्टिएका उनीहरु यसरी बस्न थालेको पनि ११ वर्ष भइसकेको छ ।
यो घटनामा सर्वोच्च अदालतका मुख्य न्यायाधीश एनवी रमनले केही मानिसको झगडाले आफूलाई रमाइलो लाग्ने गरेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,‘केही मानिस झगडा गरेको पनि रमाइलो लाग्छ ।’ मुख्य न्यायाधीशले दम्पतीको विवाद समाधान गर्न मध्यस्थता गर्न सुझाव दिएका छन् । दम्पतीको मुद्धा जिल्ला अदालत र उच्च अदालतमा पनि हेरिएको थियो र यसैबाट पति पत्नीको सम्बन्ध समाप्त भएको थियो ।
पत्नीले ससुरामाथि यौन शोषणको आरोप समेत लगाएकी थिइन् । अब भने मुद्दा सर्वोच्चसम्म आइसकेपछि दुवै पक्ष मध्यस्थताका लागि जान चाहन्छन् । सर्वोच्च अदालतले वकिलसँग के उनीहरु सम्झौता गर्नका लागि तयार छन् भनेर सोधेको थियो ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर