• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

यसकारण लाग्दैन रातमा निन्द्रा

खप्तड मालिका न्युज April 7, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

  चैत्र,२४- शरीर र मस्तिष्कको तन्दुरुस्तीका लागि निद्राको प्यार्टन सही हुन आवश्यक छ । निन्द्रा खराब हुँदा डिप्रेशन, बेचैनी, मोटोपना जस्ता समस्याहरुको सिकार हुने गरिन्छ । हालै भएको एक अध्ययनले निन्द्रा बिग्रिने कारणहरु पत्ता लगाएका छन् । जसमा तनाव, पैसाको चिन्ता र कोठाको तापक्रम सही नहुनु भएको खुलाएका छन् ।

लगभग २ हजार मानिसहरुमा गरिएको अध्ययनका अनुसार करिब ३८ प्रतिशत मानिसहरु असहज ओछ्यानका कारण पर्याप्त निन्द्रा पुर्याउन पाउँदैनन् । यसैगरी, ३६ प्रतिशत मानिसहरु सँगै सुत्ने व्यक्तिले घुर्ने समस्याका कारण निदाउन पाउँदैनन् । साथै, रातिमा आउने ठूला आवाजहरु, झ्यालबाट आउने उज्यालो, क्याफिन भएको पिउने पदार्थ जस्ता कुराले मानिसको निन्द्रा उडाउँछ ।

यसका साथै, फोनबाट आउने उज्यालोले पनि निन्द्राको अवस्थालाई डिस्टर्ब गर्छ । सुत्नुअघि फोनमा सामाजिक सञ्जाल चलाउने १४ प्रतिशत, गेम खेल्ने १२ प्रतिशत, पढ्ने १३ प्रतिशत व्यक्तिहरुमा अनिन्द्राको समस्या अत्यधिक पाइएको थियो । फर्निचर रिटेलर डीएफएसले गरेको अनुसन्धानका अनुसार निन्द्रा नपुगेका व्यक्तिहरुका लागि रातिमा करिब चार घण्टा अतिरिक्त निदाउन आवश्यक छ ।

‘स्लीप अनलिमिटेड’ का क्लिनिकल डाइरेक्टर ‘टिचिङ द वल्र्ड टू स्लीप’ का लेखक डा. डेभिड लिले भने, ‘हामीले महामारीको नतिजाको रुपमा मानिसहरुको रुटिन टाइममा धेरै परिवर्तन देखेका छौँ । त्यसैले धेरै व्यक्तिहरु बेडटाइम रुटिनलाई सन्तुलनमा राख्न संघर्ष गरिरहेका छन् ।

विशेषज्ञहरुले निन्द्राको कमिले चिन्तित व्यक्तिहरुले आफ्नो बेडरुमलाई फेरि व्यवस्थित गर्न आवश्यक भएको बताएका छन् । अफिसका लागि तयार हुने, पढाइ गर्ने वा इलेक्ट्रिकल डिभाइसको प्रयोगका लागि घरमा अर्को ठाउँ बनाउने, बेड रुम सुत्नका लागि मात्र प्रयोग गर्ने गर्दा यो समस्या कम हुँदै जाने विशेषज्ञहरु बताउँछन् । यसका साथै, हामी सुत्ने म्याट्रेस वा तकियाले पनि निन्द्राको क्वालिटीमा नराम्रो असर पार्छ । त्यति मात्र होइन घरको आसपास भावनात्मक र भौतिक अवस्थाले पनि निन्द्रालाई प्रभावित गर्छ । त्यसैले आरामदायी निन्द्राका लागि आरामदायी ओछ्यानको आवश्यकता पर्छ ।

अध्ययनका अनुसार तनाव, कोठाको तापक्रम, ओछ्यान, तकिया, पैसाको चिन्ता, धेरै उज्यालो, क्याफिनयुक्त पेयपदार्थ, गाडीको आवाज, कार्यालयको चिन्ता, मद्यपान, मोबाइलको प्रयोग आदिले निन्द्रालाई असर पार्ने गर्छ ।

 

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑