
चैत्र,२३- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर फतक्क झर्ने बताएका छन् । आफै ढल्ने सरकारमाथि एमालेलाई वर्तमान सरकार ढालेको वात नलागोस् भन्दै सरकार कुहिसकेको दावी गरे ।

‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ रु यो त कुहिसकेको छ । तर, कुहिएको फल पनि कुहिनेवित्तिकै खत्रक झर्दैन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । उनले कुनैपनि रुखको फल झर्नलाई मज्जाले कुहिसक्नुपर्ने पनि बताए ।
‘यो कुहिुदैछ । यो झर्नेवेलातिर जाँदैछ । यो झर्छ, झर्ने समय हामीले पर्खनुपर्छ’, ओलीले भने, ‘मर्नै लागेको मान्छे बाच्दै बाँच्दैन भनेपनि त्यतिबेला प्वाक्कै हिर्काएर त्यतिबेलै मर्यो भने ज्यान मुद्दा लाग्छ । त्यसैले यो सरकार ढाल्न हामी कोशिस नै गर्दैनौ । यो सरकार ढालेको वात पनि नलागोस्, आफै कुहिएर फतक्क झरोस् ।’
उनले एमालेले सरकारका बारेमा नभई चुनावमा ध्यान दिइरहेका बताए ।
यो समाचार आजको रातोपाटिमा छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर