• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

घिमिरेलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

खप्तड मालिका न्युज April 6, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चैत्र,२३-  नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले साहित्यिक पत्रकार रोचक घिमिरेलाई सम्मान गरेको छ । राजधानीको पेन्सन वासना होटल डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नगेन्द्रराज शर्माले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार राशिसहित घिमिरेलाई सम्मान गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यिक पत्रकारिता जगत्का रोचक घिमिरे र नगेन्द्रराज शर्मा आदरणीय र अनुकरणीय नाम हुन् भने । उनले भने, “हामीलाई चिनाउने कुनै प्रधानमन्त्री या मन्त्रीले होइन, हामीलाई चिनाउने भनेको ‘रचना’ र ‘अभिव्यक्ति’ले नै हो । २०२७ सालमा स्थापित भएको पत्रिका ‘अभिव्यक्ति’का सम्पादकको रहेका व्यक्तित्वको नाममा स्थापना भएको र २०१८ सालदेखि ‘रचना’ साहित्यिक पत्रिका प्रकाशन गर्दै आउने व्यक्तित्वलाई सम्मान गर्नु उहाँहरूले समाजमा देखाउनु भएको आदर्शको सम्मान हो ।”
यसैगरी सो पुरस्कार छनाेट समितिका अध्यक्ष रामप्रसाद पन्तले आम साहित्यिक पत्रकारहरूले उक्त पुरस्कार स्थापनाका लागि कोषको रमक प्रदान गरिरहनुभएको र यो पुरस्कार कोष स्थापनाका लागि कम्तीमा ५ लाख रुपियाँ आवश्यक पर्ने बताए ।
साहित्यिक पत्रकारिता पुरस्कार स्थापना भएकोमा खुसी व्यक्त गर्दै साहित्यकार विजय चालिसेले यो पुरस्कारको दीर्घकालीन स्थायित्वको कामना गरे । उनले भने, “कतिपय पुरस्कार स्थापना भएर २, ४ वर्षपछि बन्द भएका छन् । त्यस्तो अवस्था नहोस् ।”
साहित्यकार देविका तिमल्सिनाले आफूले लेख्नुभन्दा पनि अरूलाई लेख्न लगाएर अरूको साहित्यिक चिनारी बनाइदिने व्यक्तित्वको सम्मान हुनु हरेक साहित्यकारहरूको गर्वको कुरा रहेको बताए । सो कार्यक्रममा बोल्दै पुरष्कृत व्यक्तित्व रोचक घिमिरेले एक जना साहित्यिक पत्रकारिताका साधकका नाममा स्थापित यो पहिलो पुरस्कार प्रदान गरेकामा धन्यवाद व्यक्त गरेका थिए ।
नगेन्द्रराज शर्माको ८५औँ जन्मोत्सवको असरमा आयोजित उक्त सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्व रोचक घिमिरेले उक्त नगद पुरस्कारमा थप पाँच हजार थप गरी ३० हजार रुपियाँ नगद राशि नगेन्द्रराज शर्मा साहित्यकार पुरस्कार कोषका अध्यक्ष पवन आलोकलाई प्रदान गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु मोहन दुवाल, किशोर पहाडी, गोविन्द गिरी प्रेरणा, विनोद दीक्षित, त्रिभुवनचन्द्र वाग्ले, ध्रुव सापकोटा, राप्रउ पोखरेल, जयदेव भट्टराई, भाषाविद् चूडामणि गौतम लगायतको उपस्थिति थियो ।
स्मरण रहोस् यो पुरस्कार नेपाली साहित्यिक पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारहरूले नगेन्द्रराज शर्माको नाममा स्थापना गरेको पुरस्कार हो । पुरस्कार कोषको अध्यक्ष साहित्यकार पवन आलोक रहेको यो पुरस्कार प्रथम पटक रोचक घिमिरेलाई प्रदान गरिएको छ । यसका लागि सहयोग रकम सङ्कलन भइरहेको छ ।

यो समाचार आजको रातोपाटिमा छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑