
बाजुरा/ चैत्र,२३- स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यअवधि सकिन केही महिनामात्र बाँकी छ । स्थानीय तहको निर्वाचन नजिकिँदै छ । स्थानीय सरकारको प्रतिनिधि जेठ ६ गतेभित्र जिम्मेवारीमा आइसक्ने गरी भन्दै आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न सरकारले घोषणा गरिसकेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा बाजुरा बडिमालिका नगरपालिका–८ को वडाअध्यक्षमा निर्वाचित प्रकाश रावलले आफ्नो कार्यकाल पूर्वाधार विकासमा धेरै राम्रो काम भएको बताए । यो अवधिमा आफ्नो टिमले धेरै राम्रो काम गरेको र नगरबासीले दिएको धेरै जिम्मेवारी आफूले सफलताका साथ पूरा गरेको उनी दाबी गर्छन् । उनी युवाका मनमा सजिलै बस्न सक्ने युवका समेत चिनिएका छन् । पार्टी र नागरिकले विश्वास गरे आफू मेयरमा निर्वाचन लड्ने वडाअध्यक्ष रावलको तयारी छ । उनले आफूले त्यही अनुसार तयारी गरिरहेको बताए ।

हो, स्थानीय तहको निर्वाचन नजिकिँदैछ । त्यो सँगसँगै हामीले गत आर्थिक वर्ष २०७८÷७९ को योजना, नीति तथा कार्यक्रमहरूको निर्माण गरी सञ्चालन गरेका थियौं । ती योजनाहरूलाई सम्पन्न गर्नको निमित्त हामी लागेका छौं । जनताको आधारभूत आवश्यकता पूरा गर्ने र सञ्चालन भएका योजनाहरू पूरा गर्नका निमित्त लागि परेका छौं । चुनावी चहलपहल बढ्न थालेको छ, यहाँको चुनावी माहोल कस्तो छ ? यो नगरपालिका जिल्लाकै मुटुमा रहेको नगरपालिका हो । चुनावभन्दा अगाडि नै मुलुकको राजनीति तरङ्गित छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी चहलपहल बढ्नु स्वाभाविक नै हो । स्थानीय तहमा स्थानीय तहको उम्मेदवारहरू बन्नको लागि आ–आफ्नो ठाउँबाट सबै राजनीतिक दलहरू लागेका छन् । घरदैलो अभियान पनि जारी छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय छुट्याइए पनि हाम्रो पार्टीले बितेको पाँच वर्षमा हामीले गरेको कामहरू लिएर आम नागरिकहरूसँग जाने हो ।
हरेक मानिसले नेचुरल ग्रोथ खोज्छ । म ५ वर्ष बडिमालिका नगरपालिका–८ वडाध्यक्ष भएर काम गरेँ । मेरो अबको चुनावमा मेयरमा उम्मेद्धवारी रहेको बताएका छन् । हिजो पनि म स्वतन्त्र उम्मेदवार थिइनँ । म व्यक्तिगत उम्मेदवारको रूपमा उठ्दिनँ । पार्टीले अगाडि बढ् भन्यो भने पार्टीको तर्फबाट मेयरको उम्मेदवारको रूपमा उठ्ने हो । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो । अर्को भनेको नगरवासीको चाहना के छ ? मेरो व्यक्तिगत विचारभन्दा पनि पार्टीको निर्णय आधिकारिक हुन्छ । नगरपालिकालाई नजिकबाट नियालेको कारण नगरपालिकालाई हाँक्ने मेरा पनि सपना छन् ।
आउने दिनमा सबैको चाहना र इच्छालाई मध्यनजर गर्दै नगरपालिकाको मेयरमा उम्मेवारी दिने इच्छा छ । स्थानीय तहमा जनप्रतिनिधिको रूपमा काम गर्नुभयो । ५ वर्ष अगाडि चुनावी प्रतिबद्धता बोकेर हामी आम जनमासको घर दैलोमा पुगेको थियौं । आम नागरिकको घर आँगनका समस्यालाई समाधान गर्ने हेतुले चुनावी प्रतिबद्धता व्यक्त गरेका थियौं । त्यो समय आम नागरिकको चासो भनेको घर नजिकैको सडक, ढल, खानेपानीलगायत समस्याको रूपमा चासो राख्नु भएको थियो । यो बीचमा हामीले धेरै कामहरू सम्पन्न गरिसकेका छौं । हामीले शहरी पूर्वाधारको क्षेत्रमा ठूलो फड्को मारेका छौं । पूर्वाधार विकासको क्षेत्रमा ८० प्रतिशत काम प्रतिबद्धता अनुरूप गरिसकेका छौं ।

करिब दुई वर्ष कोभिड–१९ को कारण हाम्रो जनजीवन प्रभावित बन्न पुग्यो । कतिपय कामहरू हामीले घरबाट नै गर्नुपर्ने अवस्था थियो । लकडाउनका कारण लामो समयसम्म सरकारी निकायहरू खुल्न सकेनन् । त्यस कारणले दुई वर्षको हाम्रो समय कोभिडका कारण कार्य सम्पादन गर्नको लागि समस्या भयो । तथापि दुई वर्षको रिजल्टलाई हेर्ने हो भने पूर्वाधार विकासमा हामीले गरेका काममा सन्तुष्ट नै छौं । कोभिडका कारण नै हामीले २० प्रतिशत काम गर्न सकेनौं । कोभिड नआएको भए यो २० प्रतिशत काम पूरा गर्न सकस हुँदैनथ्यो ।
नगरपालिकामा हामी निर्वाचित भएर आउँदा वडा केहि बिकाश समेत भएको थिएन । यो बीचमा प्रायः सबै वडाका भवनहरूको व्यवस्थापन गरिसकेका छौं । हाल वडा नं. २ र ७ को वडा भवन र वडा नं. १ र ३ को वडा भवन भने टेन्डर भएर निर्माण हुने क्रममा छ । नगरपालिकाको आन्तरिक स्रोतबाट नै करिब ४५ किलोमिटर सडकको ढलान गर्न सफल भएको छौं । खानेपानी , विद्युत, शिक्षा , स्वास्थ्य लगाएतका क्षेत्रमा काम गरेको उहाँले बताउनुभयो ।यो पाँच बर्षको अवधी भित्र बडिमालिका नगरपालिकामा विकासको हिसावले सय प्रतिशत मध्य ८० प्रतिशत एक घर एक धारा बनेर स्थानियहरु स्वच्छ खानेपानी पिउनबाट लाभान्वित भएको उहाँको भनाई छ ।त्यसैगरी चाम्णसैन,बाघडाँडा , दुधिलसैन , अधारपादे, झाल्ले डुग्री , खर्सेखाडा ,लगाएतका क्षेत्रमा विद्युत विस्तार भईसकेको छ । बडिमालिका नगरपालिका नगरपालिका वडा नम्मर आठमा रहेको रतुडा मन्दिरमा जाने सडक समेत विस्तार गरिएको छ ।त्यस्तै बडिमालिका हुदै झाल्ले सम्मको रिङरोडको स्तरउन्नती , बाजुराको पर्यटकिय धार्मीक स्थल बडिमालिका जानको लागी मार्तडी देखी सडक निर्माणको स्तरउन्नती भएको छ । त्यस्तै यता मार्तडी,बुढाकोर्द हुदै फुलचडाउन सम्मको सडक निर्माणको स्थापना गरिएको वडा अध्यक्ष रावले बताए । उहाँले भन्नु भयो,आफु जनप्रनिधी भएर आइसके प्रश्चात मार्तडीको मुहार फेरिएको बताए । दलित , महिला, बरोजगारी युवाहरुलाई सिपमुलक तालिम प्रदान गरी व्यवसायमुखी बनाएको समेत वडा अध्यक्ष रावलले बताउनु भयो ।
सडकको निर्माण तथा स्तरोन्नति, कतिपय ठाउँमा खानेपानीलगायतका पूर्वाधारसँग सम्बन्धित काममा उल्लेखनीय सुधार गरिसकेका छौं । त्यति मात्र होइन सामाजिक विकासमा स्वास्थ्य, शिक्षा र आर्थिक विकास सँगसँगै हामीले सीप विकास, उद्यमशीलता विकासको क्षेत्रमा पनि काम गरेका छौं । युवा तथा महिलाको क्षमता, सीप र उद्यमशीलता विकासमा पनि डटेर नागरिकले अनुभव गर्ने गरी काम गरेको छौं । ८० प्रतिशत चुनावी प्रतिवद्धता पूरा गर्न सफल भए भन्नु भयो, २० प्रतिशत प्रतिवद्धता चाहिँ किन पूरा गर्न सक्नु भएन नि ? हो, हामीले ८० प्रतिशत चुनावी वाचा पूरा गर्न सफल भएका छौं । केही दिनपस्चात् नगरपालिकाभित्र भएका जनप्रतिनिधिले गरेका कामको विवरण पनि नागरिकसामु सार्वजनिक गर्दैछौं । गर्न सकेको काम र गर्न नसकेको कामको कारणसहित सबै नागरिकले बुझ्ने भाषामा सार्वजानिक गर्न लागेका हौं । यस वडाले पनि आम नागरिकसँग गरेको प्रतिवद्धता पत्रमा ८० प्रतिशत काम गरेको आकलन गरेका छौं । त्यो भन्दा बढी काम भएको पनि हुनसक्छ ।
५ वर्षको कार्यकाल निकै सकारात्मक रह्यो भन्ने मैले महशुस गरेको छु । निर्वाचित भएर आएपछि सुरुवाती दिनमा कानून, कार्यविधि, नीति नियम तथा निर्देशिकाको अभावका कारण केही समस्याहरू झेल्नुपर्यो । हामीमाथि जनताहरूका आशा र अपेक्षाहरू धेरै थिए । हामीले अधिकांश कामहरू गरिसकेका छौं । नगरले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारका क्षेत्रमा धेरै कामहरू गरेको छ । यस अवधिसम्म आइपुग्दा हामीले धेरै रचनात्मक कामहरू गर्न सफल भयौं । सामाजिक पूर्वाधारको विकासमा त्यति धेरै उल्लेखनीय काम गर्नको लागि सकेका छैनौं । सामाजिक र मानवीय, आर्थिक विकास र रोजगारीको विशेष फोकस गरी अबका योजनाहरू निर्माण गर्नुपर्छ । यो कुरामा लक्षित रहेर अबको नेतृत्वले काम गर्याे भने पक्कै पनि नगरपालिका हाम्रो नाराजस्तै समृद्ध हुन्छ भन्ने विश्वास लिएको छु ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर